दमकमा डेङ्गु ‘लामखुट्टे’नष्ट गर्ने अभियान शुरु

0
140

दमक/ डेङ्गु नियन्त्रण एवं रोकथामका लागि दमक नगरपालिका स्वास्थ्य शाखाले जनचेतनामूलक रयाली निकालेको छ । डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्न र घर वरपर सरसफाई गरेर डेंगुको सम्भावित जोखिम न्युनिकरण गर्न सचेतना जगाउने उदश्यले लामखुट्टे नष्ट गर्ने अभियान शुरु गरिएको हो ।

अभियानको उदघाटन गर्दै नगरप्रमुख रामकुमार थापाले सबैको सक्रियतामा डेंगुको लार्भा नष्ट गर्न सकिने भएकाले सबै नगरवासीको साथ र सहयोग आवश्यक रहेको बताए । अभियानको उदेश्यबारे प्रष्ट पार्दै नगर स्वास्थ्य अधिकृत नगेन्द्र भट्टराईले डेंगु नियन्त्रणमा लार्भा नष्ट गर्नुको विकल्प अरु नभएकाले पानी जम्न नदिने र घर वरपर राखिएका टायर र पलाष्टिकका बट्टाहरु हटाउन अनुरोध गर्दै अभियान चलाउने योजना बनाइएको जानकारी दिए ।

सो क्रममा ग्यारेजमा राखिएका सवारीसाधनका थोत्रा टायरमा जमेको पानीमा सबैभन्दा बढी डेंगु फैलाउने लामखुट्टेको लार्भा भेटिने स्थान भएकाले डेंगु नियन्त्रण गर्न सो क्षेत्रमा सचेतना जगाउने र लार्भा नष्ट गरिने जनाइएको छ ।

कार्यक्रममा दमकस्थित विभिन्न सामाजिक संघ संस्थाहरु, बिद्यालयका बालबालिकाहरुको उल्लेखीय सहभागिता थियो । नेपाल स्काउट अन्तर्गत हिमालय रोभर रेन्जर कृयु, हिमालय स्काउट दल, अक्स्फोर्ड स्काउट दलका रोभर रेन्जर एवं स्काउटहरुको सहभागिता रहेको थियो । उपप्रमुख रेगिना भट्टराई प्रसाईंले यो अभियानलाई निरन्तरता दिइने जानकारी दिइन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here