Sunday, February 23, 2025
Home Blog Page 24

“म भ्रष्टाचार गर्दिनँ भन्ने अठोट मन, वचन र कर्मले गर्नुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षभित्र दिगो विकासका लक्ष्य पूरा गरी नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने पार्टीको योजना रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक कार्यक्रममा ‘लाइभ डिबेट’ कार्यक्रममा एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ मूल सङ्कल्प लिएर अगाडि बढेको हुँदा पाँच वर्षभित्र मुलुकलाई समृद्ध मुलुक बनाउने बताउनुभयो ।

“दिगो विकासको लक्ष्यअनुसार अल्पविकास राष्ट्रबाट सन् २०३० सम्म विकासशील राष्ट्र बन्नुपर्ने अवस्था छ”, अध्यक्ष ओलीले भन्नुभयो, “एक ढङ्गले विकासको बाटोमा अल्पविकसितबाट विकासशीलमा प्रवेश गरिसकेका छाँै, केही काम गर्न बाँकी छन्, त्यो पाँच वर्षमा गर्ने एमालेको योजना छ ।” उहाँले कोभिड–१९ जस्ता महामारी नआएको भए धेरै काम आफूले नेतृत्व गरेको सरकारले गर्ने योजना भएको सुनाउनुभयो ।

दुई वर्षभित्र नेपाली जनतालाई साक्षर बनाउने पार्टीको योजना रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “रौतहट, महोत्तरीमा ३०÷३२ प्रतिशत मात्र साक्षरता छ, कतिपय समुदायमा बालबालिकालाई विद्यायमा पढाउन मुस्किल छ, त्यसका लागि निकै प्रयास जरुरी छ ।” उहाँले विगतमा आफ्नो नेतृत्वको सरकारले विद्यार्थी भर्ना गर्न साक्षरता अभियान सञ्चालन गरेर राम्रै प्रगति गरे पनि कोरोना महामारीका कारण सोचेअनुरूप हुन नसकेको सुनाउनुभयो ।

अध्यक्ष ओलीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्योग, व्यापार कृषिको विकास गरी गरिबी निवारण गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका मानिसको सङ्ख्या घटाउन प्रयास गर्ने बताउनुभयो ।

पूर्वाधार निर्माण र मुलुकले सोचेअनुरूप विकास गर्नका लागि मुलुकमा सुशासन कायम गरी भ्रष्टाचाररहित बनाउनुपर्ने र त्यसका लागि भएका कानूनको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्ने उहाँको भनाइ थियो ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा घोषणापत्रको डिजिटल अनावरण गरेपछि अध्यक्ष ओलीसँग नेबिल बैकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मध्यस्थकर्ताका रूपमा जनताको तर्फबाट प्रश्न सोध्नुभएको थियो । सोही प्रश्नको उत्तर दिने क्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा सुशासन कायम गर्नका लागि भ्रष्टाचार निर्मूल गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, “म भ्रष्टाचार गर्दिनँ भन्ने अठोट मन, वचन र कर्मले गर्नुपर्छ, सन्तानका लागि सम्पत्ति कमाइदिएर सन्तानलाई नालायक पात्र बनाउनु हुँदैन ।”

अध्यक्ष ओलीले घोषणापत्र कार्यान्वयन गर्नका लागि बनाएको स्पष्ट पार्दै भन्नुभयो, “यो घोषणापत्र मेटाएर, बरफको डल्लोजस्तो पग्लिएर, हराएर जाने होइन, ‘मङ्सिर ४ गते एमाले सरकार’ त्यो हाम्रो विश्वासका साथ बनाइएको हो ।” विगतमा पार्टीमा दुई तिहाइ बहुमत टिकाउन नसकेको भन्ने प्रश्नमा उहाँले एमालेकै स्पष्ट दुई तिहाइ नभएको प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ गरी १२१ सिट प्राप्त भएको तर बुहमतका लागि १३८ सिट चाहिने भएकाले निर्वाचन मिलेर लडेको स्मरण गर्नुभयो ।

“एमालेसँग दुई तिहाइ पहिला पनि थिएन, निर्वाचन मिलेर लडियो, पछि एकता भएर दुई तिहाइ भएको थियो”, उहाँले भन्नुभयो, “निर्वाचन एमालेसँग मिलेर लडे पनि सरकार अर्कैसँग मिलेर बनाउने षड्यन्त्र भयो, एमालेसँग बहुमत थिएन, त्यसकारण सरकार टिकाउन सकिएन, कसले टिकाउन दिएन भन्ने यहाँहरूलाई अवगत नै छ ।”

अध्यक्ष ओलीले एमालेसँग देश बनाउने नीति, कार्यक्रम, भिजन भएको र विकास निर्माणका कार्यक्रम योजनाबद्ध रूपमा अगाडि बढाएको विगतको अनुभवसमेत पार्टीमा भएको बताउनुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ नै मूल सङ्कल्प

एमालेले आज सार्वजतिक गरेको घोषणापत्रमा मुख्य सङ्कल्प ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको छ । घोषणापत्रमा सुशासन, विकास, समृद्धि र समानतासहित ‘पाँच वर्ष ः एमालले गर्छ !’ भन्ने मूल नारा रहेको छ ।

बीस हजार शब्दको घोषणापत्रको एमाले अध्यक्ष ओली डिजिटलरूपमा अनावरण गर्नुभएको थियो । घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम सञ्चालन पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले गर्नुभएको थियो भने लाइभ डिबेटको मध्यस्थता नबिल बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत शाहले गर्नुभएको थियो ।

एमालेले नयाँ तरिकाले चुनावी घोषणा सार्वजनिक गर्नुका साथै फरक क्षेत्रका व्यक्तिलाई कार्यक्रम सञ्चालन र कार्यक्रम सहजीकरण गर्ने नयाँ अभ्यास गरेको छ ।

महिलालाई गुणस्तरीय स्यानिटरी प्याड

एमालेले महिनावारी हुने उमेर समूहका महिलालाई गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि वार्षिकरूपमा रु एक हजार पाँच सय उपलब्ध गराउने भएको छ ।

आज सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख गरिएको २० ग्यारेन्टीमध्ये १७ नम्बरमा ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने उल्लेख छ । पार्टीले प्रसूति हुने सतप्रतिशत महिलाको गर्भावस्थाको नियमित स्वास्थ्य जाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट नियमित प्रसूति सेवा सुनिश्चित गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

ग्रामीण तथा दुर्गमका जोखिममा रहरेका सुत्केरी महिलाको निःशुल्क आपत्कालीन उद्धार सेवा गर्न हवाई एम्बुलेन्स र एम्बुलेन्स सेवा उपलब्ध गराइनेसमेत घोषणापत्रमा प्रतिबद्धता जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

लामिछानेको मुद्दामा सकियो बयान, बुधबार थुनछेक बहस

जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा बयान लिएको छ ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा आज लामिछाने विरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बयान लिइएको हो । अदालतले बयान लिने काम आज सकिएको र बुधबार थुनछेक बहस हुने जनाएको छ । लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो । प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् ।

लामिछानेविरुद्ध नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

बेलबारी गोल्डकपको पाँचौँ संस्करण कात्तिक १५ गते देखि

फुटबल खेलप्रतिको उच्च आकर्षणकै कारण मोरङको बेलबारी–११ लक्ष्मीमार्ग स्थित कात्तिक १५ गतेदेखि बेलबारी गोल्डकपको पाँचौँ संस्करण सुरु हुँदैछ । प्रथम पुरस्कार एक लाख एक हजारबाट सुरु भएको प्रतियोगिता पाँचौँ संस्करणसम्म आइपुग्दा प्रथम पुरस्कार आठ लाख एक हजार भइसकेको छ । कात्तिक २३ गतेसम्म हुने उक्त प्रतियोगितामा गत वर्षको विजेता टिम सशस्त्र प्रहरी बलसहित रोलिङ एफ सी झापा, पेम्बा युथ क्लब विराटनगर, डाँगी हाट यूथ क्लब आयोजक, सहारा क्लब पोखरा, भारतको वेस्ट बङ्गाल आमुक्त परिवार, सिराहाको सहलेस युथ क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, युनाइटेड ब्रदर्श कालिम्पोङ भारत र धनकुटाको राजारानी फुटबल क्लब गरी १० टिमको सहभागिता रहने आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ ।

यस क्षेत्रको ब्राण्डको रुपमा स्थापित भइसकेको बेलबारी गोल्डकपको पाँचौँ संस्करणसम्म आइपुग्दा पूर्वी नेपालको गौरव बेलबारी गोल्डकप बन्दै गएको फुटवल खेलाडी विक्रम लिम्बु बताउनुहुन्छ । गोल्डकप आयोजना हुँदा गोल्डकपको संस्करण मात्र थपिएको छैन । यस क्षेत्रको खेलकुदको विकास, नयाँ खेलाडीलाई अवसर, प्रोत्साहनलगायत यहि क्षेत्रमा लागेर पनि जीविकोपार्जन गर्न सकिन्छ । बलियो आधार निर्माण भएको मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी बताउनुहुन्छ ।

कोरोना माहामारीका कारण दुई वर्ष गोल्डकप आयोजना हुन सकेन अरु वर्ष नियमित गोल्डकप आयोजना हुँदै आएको छ । गोल्डकपलाई देश तथा विदेशमा रहनुभएका यस क्षेत्रका महानुभावहरुको अत्यन्तै ठूलो सहयोग रहेको क्लबका अध्यक्ष विक्रम राई बताउनुुभयो । मोरङबाट उत्पादन भएका फुटबल खेलाडी रजीन धिमाल, आशिष चौधरी र विकास खवास हाल राष्ट्रिय टोलीमा आबद्ध हुनुहुन्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

गौरीगञ्जलाई आधुनिक शहर बनाइने : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरीगञ्जलाई आधुनिक शहर र विकसित गरिने बताउनुभएको छ ।

नेकपा एमाले जनता भेटघाट तथा अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले व्यवस्थित शहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले रतुवा पुल, लेराकको पुल मंसीर ४ गते चुनावपछि बन्ने बताउनुभयो ।गौरीगञ्जको विकासका लागि बजेटको अभाव नहुने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

शिक्षाको गुणस्तर कायम राख्ने विद्यालयलाई आर्थिक स्रोतको अभाव नहुने र प्राविधिक शिक्षा थप्ने बताउनु भयो । उहाँले नागरिकताको सवालमा रहेका समस्या समाधान गर्ने पनि बताउनुभयो ।

यसै विच लोकतान्त्री समाजवादी पार्टी लोसपाका नेता पर्वतलाल राजवंशीसहित ११७ जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । झापाको गौरीगञ्जमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई पार्टीमा प्रवेश गराउनुभएको हो ।

यस्तै एमालेमा प्रवेश गर्नेमा स्वतन्त्र बुदकरण राजवंशीका साथै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता पनि रहनुभएको छ । उहाँहरू सबै जनालाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

निर्वाचनलाई निश्पक्ष बनाउन देशै भरि युवा तथा विद्यार्थीहरु परिचालित

अनेरास्ववियूकी केन्द्रिय अध्यक्ष सुनिता बरालले आगामी निर्वाचनलाई निश्पक्ष बनाउन देशै भरि युवा तथा विद्यार्थीहरु परिचालित भएको बताउनु भएको छ । झापाको दमकमा गरिएको कुराकानीका क्रममा उहाँले केहि दल र उम्मेद्वारले मतदाताहरुलाई भ्रम र प्रलोभनमा पार्ने विगतमा पनि देखिएको भन्दै अब त्यसो हुन नदिने पनि बताउनुभयो ।

लोकतन्त्रमा नागरिकले भयरहित ढंगबाट मतदान गर्न पाउने नैसर्गीक अधिकार भएकाले निर्वाचनको गरिमा उच्च बनाउन अनेरास्ववियूले अगुवाई गर्ने समेत उहाँको भनाई छ । चुनावी प्रचार प्रसार देखि मतदान र मतगणना सकिए सम्मनै अखिलले नागरिक स्वतन्त्रताका लागि पहरेदारी गर्ने बरालले बताउनुभयो ।

नेकपा एमालेकी केन्द्रिय सदस्य समेत रहनु भएकी बरालले यसवर्ष अखिल मार्फत मेरो पहिलो भोट नेकपा एमालेलाई भन्ने अभियान चलाईएको र अभियान मार्फत एमालेलाईनै भोट किन दिने भन्ने बारेमा पनि जानकारी गराउने गरिएको बताउनुभयो ।

गुणस्तरी र सुलभ शिक्षा, रोजगारी र आत्मनिर्भरता जस्ता विषय एमाले तथा अखिलको प्रमुख एजेण्डा रहँदै आएको बताउनु भएकी बरालले यि विषयहरु समेटेर केहि दिनमानै पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक हुने समेत बताउनु भयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

गोवर्द्धन, बलि, गोरु र हली पूजा

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

बलि, हली एवं गोरु पूजा

भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहनअर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।

यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

कार्तिक १८ देखि २५ गतेसम्म प्रथम अठासी गोल्डकप हुने

दमक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता २०७९ आयोजना हुने भएको छ ।१६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा माङसेबुङ ५ को नेनेदेन मझुवास्थित निङ्बोदेन खेलमैदानमा प्रतियोगिता आयोजना गरिने आयोजक लालीगुँरास युवा क्लवले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

पत्रकार मञ्च दमकको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष गजिन्द्र योङ्हाङले कार्तिक १८ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता बारे जानकारी गराएका हुन् ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १ सय १ रूपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ५० हजार १ सय १ मा चित्त बुझाउनु पर्नेछ ।

प्रतियोगिताअन्तर्गत सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट टिम कोचले समान नगद ३ हजार पुरस्कार पाउने छन् भने सबै खेलका मेन अफ द म्याच हुने खेलाडीलाई नगद पुरस्कार राखिएको आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘प्रचार प्रसारको अभावमा ओझेलमा परेको धार्मिकस्थल अठासी देवीको प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागेका हौं’, अध्यक्ष योङ्हाङले भने ।
अनुमानित ९ लाख खर्च हुने प्रतियोगतामा सहभागी हुने टोलीका लागि प्रवेश शुल्क ३ हजार ५ सय ५१ तोकिएको योङ्हाङले बताए । उनका अनुसार ९ साइड खेलाइने प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कार्तिक १६ गतेभित्र इन्ट्री गर्नुपर्ने छ ।

माङसेबुङ गाउँपालिका, वडा नम्बर ५ कार्यालय, विभिन्न संघसंस्था र खेलप्रेमी दाताहरु र शुभेच्छुक सहयोगीहरुबाट प्राप्त आर्थिक स्रोतबाट प्रतियोगिता सञ्चालन गरिने क्लबको भनाइ छ ।
प्रतियोगिता बारे हालसम्म पालिकामा आधिकारिक जानकारी प्राप्त नभएको भए तापनि खेलकुद क्षेत्रको विकासका लागि माङसेबुङ गाउँपालिका सदैव सकारात्मक रहेको पालिका सदस्य एवम् प्रवक्ता सुसन राईले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सर्वसाधारणसँग प्रत्यक्ष जोडिदै ओली,४ घण्टा फोनमा वार्ता

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गरेका छन् । ओलीले पार्टी मुख्यालय च्यासलबाट टेलिफोनमा जनतासँग संवाद गरेका हुन् ।

सर्वसाधारणसँग प्रत्यक्ष जोडिन ओलीले फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आव्हान गरेका थिए । उनले आसन्न निर्वाचनको सन्दर्भमा सर्वसाधारणसँग सुझाव लिएका छन् ।

ओलीसँग कुरा गर्न इच्छुकले मंगलबार साँझदेखि बिहीबार मध्यान्हसम्म नाम र नम्बर टिपाएका थिए ।

‘तपाईँहरूसँग भएका कुराकानीले म उत्साहित छु । दुई लाख ९ हजार एक सय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ । म क्रमैसँग कुरा गर्दै जानेछु ‘, ओलीले फेसबुकमा लेखेका छन् ।

उनले करिब ४ घण्टा बसेर कुराकानी गरेको सचिवालयले जनाएको छ । कुराकानीका विषय फेसबुक पेजमा राखिने बताइएको छ । टेलिफोन नम्बर र नामहरू तयार पारेर छनौट गर्दै ओलीले फोन गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गर्दै दमक नगरपालिका

दमक नगरपालीकाले विपन्न सुत्केरी पोषण कार्यक्रम अन्तर्गत आज सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरेको छ । चालु आर्थिक बर्ष अन्तर्गतको बजेटबाट नगरमा स्थायी बसोबास भएका सुत्केरी महिलाहरुलाई दिईने पोषण युक्त खाना वितरण गरिएको नगर स्वास्थ्य अधिक्रित नगेन्द्र भट्टराईले जानकारी दिए ।

नगर प्रमुख राम थापा र उप प्रमुख रेगिना भट्टराईले आज २५ जना महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरेका छन् । सुत्केरी पोषण कार्यक्रम अन्तर्गत नगरका सुत्केरी महिलालाई खाद्यान्न वितरण गर्दै नगर प्रमुख थापाले महिलाहरुको स्वास्थ्य र सुरक्षाका लागी नगरपालीकाले बिभिन्न कार्यक्रम सञ्चलन गरेको बताए । प्रसुति गराउँदा दिईने रगत पनि नगरपालीकाले निशुल्क उपलब्ध गराईरहेको भन्दै उनले यस्ता कार्यक्रमबाट मात्री शिशु मृत्यु दरमा कम हुने विश्वास लिएको बताए ।

जिरा मसिनो चामल, घिउ, दाल, ज्वानो, मह, अण्डा लगायतका प्रति व्यक्ति करिब पाँच हजार रुपैयाँ बराबरका सामाग्रि उपलब्ध गराईएको नगर स्वास्थ्य शाखाका कर्मचारी देविका अर्यालले जानकारी दिइन्।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

उराउ वस्तिका बासिन्दा भन्छन्–पहिला पनि एमालेले गर्यो, अब आश पनि एमालेकै छ

झापाको दमक ९ स्थित उराव वस्तिका बासिन्दाले नेकपा एमालेको अगुवा र पहलकै कारण विपन्न वस्तिमा पनि विकासका पूर्वाधार विस्तार भएको बताएका छन् ।

बुधबार प्रदेश सभाका उम्मेद्वार होमबहादुर थापासँगको भेटमा उनीहरुले एमालेकै पहलमा सो विपन्न वस्तिमा सडक कालोपत्रे भएको, विद्युत विस्तार भएको र मजदुरहरुको सेवा सुविधाका लागि पनि पहल गरिएको बताएका हुन् । सो वस्तिका ६५ वर्षिय सोमरा उराउले भन्नु भयो–‘हामी भनेको २०४६ साल देखि एमालेका मान्छे हौ, यहाँका मान्छेले एमाले बाहेक अरुलाई चिन्दा पनि चिन्दैनन् ।’ तर एमालेको पहल र अगुवाईमा भएका विकासका कामलाई केहि केहि व्यक्तिहरु आएर आफुले गरि दिएको भनेर भ्रम छर्न खोजे पनि यहाँका बासिन्दाले नपत्याउने उहाँको भनाई छ ।

सोहि वस्तिकी ४० वर्षिय मन्ती उराव पनि यहाँको सडक, विजुली, सडकबत्ती लगायतका विकास एमालेलेनै गरेको बताउनु हुन्छ । अब बाँकि रहेका समस्या पनि एमालेलेनै समाधान गर्ने आशामा रहेको उहाँले बताउनुभयो । यस वस्तिका सवै जसो बासिन्दा नजिकै रहेको चिया बगानमा मजदुरी गरेर जिविका चलाउने गरेका छन् । अन्य दलका उम्मेद्वार र नेताहरु चुनावको बेला मात्र आउने र एमालेका मान्छेहरुले आफुहरुका सवै समस्या समाधानमा साथ दिने गरेको सोहि वस्तिका मिन्जू उराउले बताउनुभयो ।

नागरिकता र धनिपूर्जाको आशा

यस वस्तिका बासिन्दाले अब बन्ने एमालेको सरकारले यहाँ नागरिकता पाउन बाँकि रहेकाहरुलाई नागरिकता दिलाउनु पर्ने र पुस्तौ देखि बसोबास गरि रहेकाहरुलाई जग्गाको धनीपूर्जा उपलव्ध गराउनु पर्ने अपेक्षा राखेका छन् । सोहि वस्तिकी मग्दली टोप्पोले भन्नु भयो–‘अहिले समन्न हाम्रा लागि गर्दै आएको पार्टी भनेको एमाले हो, एमालेकै वडाअध्यक्ष, सदस्य, मेयर उपमेयर हुँदा पनि धेरै काम गरि दिनु भएको छ र अब बाँकि काम पनि एमालेले मात्रै गरि देला भन्ने आशा छ ।’
उराव बस्तिका समस्या अरु कसैले समाधान गरि देला भन्ने आशा पनि नगरेको सोहि वस्तिका ६० वर्षिय विफाई उराउको भनाई छ । उहाँले भन्नु भयो–‘हामी अरुलाई भन्न पनि जाँदैनौ, कसैले गरि देला भन्ने आश पनि छैन, पिच थिएन पिचबाटो बन्यो । बिजुली थिएन, बिजुली आयो । अब एमालेले हामीलाई धनीपुर्जा र नागरिकता दिन्छ भन्ने आशा छ ।’
जन्मसिद्ध नागरिकता पाएका यस वस्तिका सन्तानहरु पनि नागरिकता लिने उमेरका भई सकेका छन् । तर उनीहरुले नागरिकता पाउन नसक्दा समस्या भएको उनीहरुको गुनासो छ ।

जनअपेक्षा जायज छ–थापा
स्थानीयबासीको धारणा सुने पछि नेकपा एमालेको तर्फबाट प्रदेश सभाको उम्मेद्वार बन्नु भएका होमबहादुर थापाले उराउ वस्तिका बासिन्दाको अपेक्षा जायज भएको बताउनुभयो । विगतमा पनि बगान तथा बस्तिमा भएका समस्या समाधानमा एमालेले अगुवाई गरेकाले बाँकि रहेका समस्या पनि एमालेबाटै सामधान हुनु पर्छ भन्ने स्थानीयको अपेक्षा स्वभाविक भएको उहाँको भनाई छ ।

एमालेको नेतृत्व भएको समयमा तीन ओटै तहका सरकार मार्फत बजेट बिनियोजन गराएका सडक, विजुली, आयमूलक कार्यक्रम जस्ता योजनाहरु यस वस्तिमा सञ्चालन गरिएको उहाँले बताउनुभयो । नागरिकता, धनीपूर्जा लगायतका समस्या पनि समाधानमा एमाले क्रियाशिल रहेको उहाँको भनाई छ । सुकुमबासी समस्या समाधान आयोग खारेज गरेर वर्तमान सरकारले पूर्वाग्रह साँधेका कारण यस्ता भुमिहिन विपन्न परिवारको समस्या समाधान हुन नसकेको भन्दै आगामी चुनाव पछि बन्ने सरकारको प्राथमिकतामा भुमि तथा नागरिकता सम्वन्धि समस्या समाधान गर्नु प्राथमिकतामा पर्ने थापाले बताउनुभयो ।
एमाले प्रदेश कमिटी सचिवालय सदस्य रहनु भएका थापाको समेत पहलमा यस वस्तिमा पूर्वाधार एवम् मानवीय संसाधन विकासको काम हुँदै आएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्
test