उराउ वस्तिका बासिन्दा भन्छन्–पहिला पनि एमालेले गर्यो, अब आश पनि एमालेकै छ

0
89

झापाको दमक ९ स्थित उराव वस्तिका बासिन्दाले नेकपा एमालेको अगुवा र पहलकै कारण विपन्न वस्तिमा पनि विकासका पूर्वाधार विस्तार भएको बताएका छन् ।

बुधबार प्रदेश सभाका उम्मेद्वार होमबहादुर थापासँगको भेटमा उनीहरुले एमालेकै पहलमा सो विपन्न वस्तिमा सडक कालोपत्रे भएको, विद्युत विस्तार भएको र मजदुरहरुको सेवा सुविधाका लागि पनि पहल गरिएको बताएका हुन् । सो वस्तिका ६५ वर्षिय सोमरा उराउले भन्नु भयो–‘हामी भनेको २०४६ साल देखि एमालेका मान्छे हौ, यहाँका मान्छेले एमाले बाहेक अरुलाई चिन्दा पनि चिन्दैनन् ।’ तर एमालेको पहल र अगुवाईमा भएका विकासका कामलाई केहि केहि व्यक्तिहरु आएर आफुले गरि दिएको भनेर भ्रम छर्न खोजे पनि यहाँका बासिन्दाले नपत्याउने उहाँको भनाई छ ।

सोहि वस्तिकी ४० वर्षिय मन्ती उराव पनि यहाँको सडक, विजुली, सडकबत्ती लगायतका विकास एमालेलेनै गरेको बताउनु हुन्छ । अब बाँकि रहेका समस्या पनि एमालेलेनै समाधान गर्ने आशामा रहेको उहाँले बताउनुभयो । यस वस्तिका सवै जसो बासिन्दा नजिकै रहेको चिया बगानमा मजदुरी गरेर जिविका चलाउने गरेका छन् । अन्य दलका उम्मेद्वार र नेताहरु चुनावको बेला मात्र आउने र एमालेका मान्छेहरुले आफुहरुका सवै समस्या समाधानमा साथ दिने गरेको सोहि वस्तिका मिन्जू उराउले बताउनुभयो ।

नागरिकता र धनिपूर्जाको आशा

यस वस्तिका बासिन्दाले अब बन्ने एमालेको सरकारले यहाँ नागरिकता पाउन बाँकि रहेकाहरुलाई नागरिकता दिलाउनु पर्ने र पुस्तौ देखि बसोबास गरि रहेकाहरुलाई जग्गाको धनीपूर्जा उपलव्ध गराउनु पर्ने अपेक्षा राखेका छन् । सोहि वस्तिकी मग्दली टोप्पोले भन्नु भयो–‘अहिले समन्न हाम्रा लागि गर्दै आएको पार्टी भनेको एमाले हो, एमालेकै वडाअध्यक्ष, सदस्य, मेयर उपमेयर हुँदा पनि धेरै काम गरि दिनु भएको छ र अब बाँकि काम पनि एमालेले मात्रै गरि देला भन्ने आशा छ ।’
उराव बस्तिका समस्या अरु कसैले समाधान गरि देला भन्ने आशा पनि नगरेको सोहि वस्तिका ६० वर्षिय विफाई उराउको भनाई छ । उहाँले भन्नु भयो–‘हामी अरुलाई भन्न पनि जाँदैनौ, कसैले गरि देला भन्ने आश पनि छैन, पिच थिएन पिचबाटो बन्यो । बिजुली थिएन, बिजुली आयो । अब एमालेले हामीलाई धनीपुर्जा र नागरिकता दिन्छ भन्ने आशा छ ।’
जन्मसिद्ध नागरिकता पाएका यस वस्तिका सन्तानहरु पनि नागरिकता लिने उमेरका भई सकेका छन् । तर उनीहरुले नागरिकता पाउन नसक्दा समस्या भएको उनीहरुको गुनासो छ ।

जनअपेक्षा जायज छ–थापा
स्थानीयबासीको धारणा सुने पछि नेकपा एमालेको तर्फबाट प्रदेश सभाको उम्मेद्वार बन्नु भएका होमबहादुर थापाले उराउ वस्तिका बासिन्दाको अपेक्षा जायज भएको बताउनुभयो । विगतमा पनि बगान तथा बस्तिमा भएका समस्या समाधानमा एमालेले अगुवाई गरेकाले बाँकि रहेका समस्या पनि एमालेबाटै सामधान हुनु पर्छ भन्ने स्थानीयको अपेक्षा स्वभाविक भएको उहाँको भनाई छ ।

एमालेको नेतृत्व भएको समयमा तीन ओटै तहका सरकार मार्फत बजेट बिनियोजन गराएका सडक, विजुली, आयमूलक कार्यक्रम जस्ता योजनाहरु यस वस्तिमा सञ्चालन गरिएको उहाँले बताउनुभयो । नागरिकता, धनीपूर्जा लगायतका समस्या पनि समाधानमा एमाले क्रियाशिल रहेको उहाँको भनाई छ । सुकुमबासी समस्या समाधान आयोग खारेज गरेर वर्तमान सरकारले पूर्वाग्रह साँधेका कारण यस्ता भुमिहिन विपन्न परिवारको समस्या समाधान हुन नसकेको भन्दै आगामी चुनाव पछि बन्ने सरकारको प्राथमिकतामा भुमि तथा नागरिकता सम्वन्धि समस्या समाधान गर्नु प्राथमिकतामा पर्ने थापाले बताउनुभयो ।
एमाले प्रदेश कमिटी सचिवालय सदस्य रहनु भएका थापाको समेत पहलमा यस वस्तिमा पूर्वाधार एवम् मानवीय संसाधन विकासको काम हुँदै आएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here