गौरीगञ्जलाई आधुनिक शहर बनाइने : अध्यक्ष ओली

0
119

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरीगञ्जलाई आधुनिक शहर र विकसित गरिने बताउनुभएको छ ।

नेकपा एमाले जनता भेटघाट तथा अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले व्यवस्थित शहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले रतुवा पुल, लेराकको पुल मंसीर ४ गते चुनावपछि बन्ने बताउनुभयो ।गौरीगञ्जको विकासका लागि बजेटको अभाव नहुने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

शिक्षाको गुणस्तर कायम राख्ने विद्यालयलाई आर्थिक स्रोतको अभाव नहुने र प्राविधिक शिक्षा थप्ने बताउनु भयो । उहाँले नागरिकताको सवालमा रहेका समस्या समाधान गर्ने पनि बताउनुभयो ।

यसै विच लोकतान्त्री समाजवादी पार्टी लोसपाका नेता पर्वतलाल राजवंशीसहित ११७ जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । झापाको गौरीगञ्जमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई पार्टीमा प्रवेश गराउनुभएको हो ।

यस्तै एमालेमा प्रवेश गर्नेमा स्वतन्त्र बुदकरण राजवंशीका साथै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता पनि रहनुभएको छ । उहाँहरू सबै जनालाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here