Tuesday, February 18, 2025
Home Blog Page 19

प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

प्रदेशको प्रथम अधिवेशन सुरु

प्रदेश नं १ को दोस्रो प्रदेशसभाको प्रथम अधिवेशन आजदेखि प्रारम्भ भएको छ । पहिलो बैठकमा बैठक सञ्चालन गर्न बनेको प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्न प्रदेशसभा सदस्य भीम पराजुलीले प्रस्ताव पेस गर्नुभएको थियो । सो प्रस्तावको समर्थक सदस्य लिलाबल्लभ अधिकारीले गर्नुभएको थियो ।

प्रदेश नं १ प्रदेश प्रमुखबाट जारी प्रदेश सरकारको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७९ सर्वसम्मतिले पारित भएको छ । सो प्रस्ताव आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पेस गर्नुभएको थियो ।

बैठकको प्रारम्भ ज्येष्ठ सदस्य एवं सभाध्यक्ष गयानन्द मण्डलले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्नुभएको थियो । बैठकमा प्रदेश सरकारका बहालमै रहेका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको गत कात्तिक २३ गते असामयिक निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरिनुका साथै शहीद र मन्त्रीको सम्मानमा एक मिनेट मौणधारण गरिएको थियो ।

प्रदेशसभाको अर्को बैठक यही पुस २५ गते दिनको १ बजे बस्ने ज्येष्ठ सदस्य मण्डलले जानकारी दिनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मदन भण्डारी स्पोर्टस एकेडेमीले बुझायाे नगर प्रमुखलाइ ज्ञापन पत्र

दमक, खेल र खेलाडीको विकास सम्वन्धिका विभिन्न मागहरु सहितको ९ बुद्धे ज्ञापन पत्र दमक नगरपालिकाका नगर प्रमुख राम थापालाई मदन भण्डारी स्पोर्टस एकेडेमी दमकले आज बुझाएको छ ।

झापाको दमक स्थित दमक नगर पालिकाको नगर प्रमुखको कार्यकक्षमा पुगेर एकेडेमीका नगर कमिटी अध्यक्ष लोकेश न्यौपाने नेतृत्वको टोलीले नगर प्रमुख थापालाई ज्ञापन पत्र बुझाएको हो ।

एकेडेमीका अध्यक्ष न्यौपानेले बुझाएको ज्ञापन पत्र बुझेपछि नगर प्रमुख थापाले खेलकुद मानिसको जीवनका लागि अपरिहार्य बिषय भएकोले यसको संस्थागत बिकासका लागि आफूले पहल गर्ने बताउनु भयो ।

प्रमुख थापाले भन्नु भयो–नगर पालिकाको लागि खेलकुद सम्वन्धि उचित सल्लाह सुझावको रुपमा यो पत्र आएको हुदा यस विषयमा मेरो गभ्भीर ध्यानकर्षण भएको छ ।

एकेडमीका अध्यक्ष न्यौपानेले नगरको समग्र खेल क्षेत्रको बिकासका लागि खबरदारी हातेपालो गर्न चाएको बताउनु भयो । एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा बुझाएको पत्रमा नगर भित्र ओझेलमा रहेका राष्ट्रिय ,अन्तराष्ट्रिय लगायतका खेलाडीको सुचिकृत गर्नु पर्ने छ ।

यसै गरी नगर खेलकुद कमिटी,वडा स्तरका खेलकुद कमिटी गठन गर्नुृ पर्ने ,खेलका विभिन्न विधाका खेल प्रशिक्षण गर्नु पर्ने ,नगर स्तरको खेलकुद प्रतियोगिता गर्नु पर्ने ,एक वडामा एक खेल मैदानको ब्यवस्था गर्नु पर्ने ,खेल सामाग्री वितरण गर्नु पर्ने ,आगामी वर्ष खेलकुदको बजेट बृद्धि गर्नु पर्ने र बिधालय साथै कलेजमा अध्ययन गरी रहेका बिधार्थीलाई खेल छात्रवृत्तिको ब्यवस्था गर्नु पर्ने लगायतका माग पेश गरेको स्पोटर्स एकेडेमी दमक नगर कोषध्यक्ष जमुना निरौला अधिकारीले जानकारी दिनु भयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा मनाइयाे टाेपी दिवस

0

दमक/ आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन । आजको दिन नेपालीहरुले भने स्वतस्फूर्त रुपमा नेपाली टोपी दिवस मनाउने गरेका छन ।

नेपाली टोपीको प्रवद्र्धन र राष्ट्रियताको जगेर्ना गर्न भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविदहरुको भनाइ छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।

यसैअवसरमा दमकमा बर्षेनी जीवन चक्र समाज नामक संस्थाले सामुहिक रुपमा आयोजना गर्दै आएको टोपी दिवस विशेष कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएको छ । दमकको गणतन्त्र चोकमा सो संस्थाको मूल आयोजनामा भएको टोपी दिवस विशेष कार्यक्रममा दमकमा क्रियाशील सामाजिक संघ संस्थाहरुले संस्थागत रुपमै सहभागिता जनाएका आयोजक जीवन चक्र समाजका सचिव वेनुपराज प्रसाइँले बताए । सहभागीहरु राष्ट्रियता झल्किने आकर्षक पहिरनमा नाचगान गरेर सहभागी भएका छन ।

 

सो अवसरमा गायक सिताराम ताजपुरिया र दमक २ ज्येष्ठ नागरिक १०४ बर्षिय तिलचन दाहाललाई दौरा सुरुवाल र टोपीसहित सम्मान पत्रद्धारा सम्मान गरियो ।

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा दमक उद्योग वाणिज्य संघ, दमक जेसीज , साथीभाई समुह, लायन्स क्लब, पहिलो पाइला नेपाल, क्लब हिमालय टाइगर लगायत संघ संस्थाले समेत सामुहिक सहभागिता जनाएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

बेसहाराकाे सहारा बन्दै उप प्रमुख भट्टराई

दमक / केहिदिन देखी बेवारीसे अवस्थामा रहेका एक बृद्धको दमक नगर उप प्रमुख रेगिना भट्टराईले उद्धार गर्नु भएको छ ।

दमक ७ राधाकृष्ण मन्दिर नजिकै केहिदिन देखी बेवारीसे अवस्थामा बस्दै आएका अन्दाजी ७० बर्ष जतिको उमेरका बृद्धको आज उद्धार गरेर ईटहरीस्थित मावन सेवा आश्रम पठाईएको नगर उप प्रमुख भट्टराईले बताउनु भयो ।

बेवारीसे अवस्थामा एक बृद्ध केहिदिन देखी बस्दै आएको र चिसोले अझ समस्या भएको भन्दै स्थानियले खबर गरेपछि पुगेर उद्धार गरी ईटहरी मानव सेवा आश्रममा बुझाईएको उहाँले बताउनु भयो । बोली नआउने भएकोले बृद्धको परिवारको बारेमा थाहा नभएकोले तत्काललाई ईटहरी पठाईएको नगर उप प्रमुख भट्टराईले बताउनु भयो ।

भट्टराईले यस अघि पनि दमक -१० का पूर्ण अशक्त उदयमान कार्कीलाई एक थान इस्टेक्चर र दमक -७ का अशक्त बिक्रम बराललाई एक थान ह्विल चियर वितरण गर्नु भएकाे थियाे ।

 

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु

सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ । सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो हुनेबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सूचना प्रविधिमा ज्ञान भएका व्यक्तिको टोलीबाट सुझाव लिने काम भइरहेको छ ।

टोलीको सुझावका आधारमा समस्याको समाधानतर्फ लाग्ने प्रवक्ता पोखरेलको भनाइ छ । गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि राहदानी, राष्ट्रिय परिचयपत्रलगायतलाई सहज बनाउने र लाइन बस्नुपर्ने बाध्यता हटाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

विद्युतीय राहदानी बनाउन धेरैजसो प्रक्रिया अनलाइनबाटै गर्नुपर्छ, तर अनलाइनबाट आवेदन दिएर तोकिएको मितिमा कार्यालयमा उपस्थित हुँदा पनि नागरिकलाई रातीको १२ बजेदेखि लाइन लाग्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

‘प्रदेशसभाका नवनिर्वाचित सदस्यका लागि अभिमुखीकरण’

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रवेश गर्नुभएका सांसदले सक्षम र राम्रो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेशसभा सचिवालय प्रदेश नं १ द्वारा शुक्रबार यहाँ आयोजित ‘प्रदेशसभाका नवनिर्वाचित सदस्यका लागि अभिमुखीकरण’ कार्यक्रममा उहाँले सांसदको भूमिका प्रदेशसभा र बाहिर पनि हुने भएकाले आफ्ना जिम्मेवारी र उत्तरदायीत्व इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रदेश संरचनासहितको सङ्घीयतालाई सदृढ एवं व्यवस्थित गर्न सांसदले आफ्नो कामबाट प्रमाणीत गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

उहाँले सङ्घीयतका विषयमा विभिन्न कोणबाट नकारात्मक टिप्पणी भइरहेको अवस्थामा यसलाई चिरफार गर्न प्रदेशसभा सदस्यको भूमिका अझ फराकिलो हुने भन्दै प्रदेश सरकारले हरेक वर्ष प्रत्येक जिल्लामा तीनदेखि चार सय योजना पठाइरहेको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले सङ्घीय सरकारले दोहोरो अधिकारका कानुन बनाइ नसेकाले प्रदेश निजामती सेवा ऐन र प्रदेश प्रहरी ऐन बन्न नसकेको बताउँदै प्रदेशसभा सदस्य र सरकार बलिया हुनुपर्ने धारणा राख्नुभयो । प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईंले जनप्रतिनिधिले आफ्नो औचित्य सावित गर्न जनताका चाहना र आवश्यकतामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले जनताले अहिले पनि नागरिकता र मल बीउबिजनको समस्या झेलिरहेकाले यसमा सरकार गम्भीर हुनुपर्ने धारणा राख्दै उत्पादन र उत्पादकत्व बढाउने किसानको समस्यामा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले तालिम र अनुभवबाट नै सांसद प्रदेशसभामा निखारिएर प्रस्तुत हुन सक्ने विचार राख्नुभयो । दुई दिने सो कार्यक्रममा संविधानविद् विपीन अधिकारीले संविधानको आलोकमा सङ्घीयता सवलीकरणमा प्रदेश तथा प्रदेश व्यवस्थापिकाको भूमिका, प्रदेश र प्रदेशसभा सदस्यको विधायिकी भूमिका विषयमा र सहजकर्ता मुकुन्द आचार्यले सभा सञ्चालन र व्यवस्थापन प्रक्रिया र सुरेश प्रधानले सार्वजनिक वित्त व्यवस्थापन, बजेट कार्यान्वयनको निगरानी र लेखापरीक्षणका विषयमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको प्रदेशसभा सचिव पराजुलीले जानकारी दिनुभयो

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताउनुभएको छ । नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले बाँकी जीवन विकास र सुशानका निम्ति समर्पित गर्ने भनेर भनेको छु ।” आफू अहिले धेरै भाषण गर्ने मनस्थितिमा नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो कार्यकालमा मैले भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु ।” अर्थतन्त्रमा देखिएको समस्यालाई पार लगाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सुशासन, भ्रष्टाचार नियन्त्रण र व्यथिति नियन्त्रण गर्नुपर्ने अवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताले विभिन्न क्षेत्रमा पाइराखेका सास्तीलाई नियन्त्रण गर्ने, त्यो सास्तीबाट मुक्त हुने आवश्यकतालाई इङ्गित गरेर मैले निर्णय गरेको छु ।” जनताका पिर मर्कालाई सम्बोधन गर्न कुनै पनि निर्णयमाथि कठोर कदम चलाएर राष्ट्रको पक्षमा नै जाने सङ्कल्प लिएको प्रधानमन्त्री दाहालको भनाइ थियो । राजधानीबाहिर पहिलो कार्यक्रम शिक्षा क्षेत्रको भएको जिकिर गर्दै उहाँले भन्नुभयो, “यस मञ्चबाट देशभरिका आम नेपाली जनतालाई सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्न हामी एक जुट होऔँ भनेर अपिल पनि गर्न चाहन्छु ।”

शिक्षाको गुणस्तरले नै राष्ट्र र समाजमा आम नागरिकको जीवन पद्धति निर्धारण गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । कुनै पनि राष्ट्रको सभ्यता र संस्कृतिको, अनुशासन र विकासको आधारशिला भनेको शिक्षा नै भएको भन्दै उहाँले थप्नुभयो, “शिक्षाको गुणस्तरद्वारा नै एउटा अनुशासित र सत्य समाजको निर्माण गर्न सकिन्छ र विकासलाई पनि दिगो रुपमा अघि बढाउन सकिन्छ ।” युगको आवश्यकताअनुसार हामीले रुपान्तरित गर्दै लानुपर्ने उहाँको भनाइ थियो ।
स्वर्ण वर्षको कार्यक्रममा आफू उपस्थित भएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले विद्यालयका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार लगायतका कुरामा आफ्नो ठाउँबाट सहयोग पु¥याउने बताउनुभयो । कार्यक्रममा उहाँले विद्यालयमा विशिष्ट योगदान पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान गर्नुभएको थियो । सोही अवसरमा हीरकद्वार, हीरक स्तम्भको अनावरण, निर्माण गर्न लागिएको भवनको शिलान्यास, हीरक स्मारिकाको विमोचनसमेत उहाँले गर्नुभयो ।

कार्यक्रममा प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विसं २०२० जेठ ६ गते चार विद्यार्थी लिएर रात्रिकालीन रुपमा पठनपाठन सुरु गरिएको यस विद्यालयमा हाल तीन हजार पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । हाल यहाँ कक्षा १ देखि १२ सम्म पढाइ हुँदै आएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

पोखरा महानगरमा भोलि बिदा, साँझ दीपावली गरिने

पोखरामा नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरपालिकामा बिदा दिइएको छ । महानगरले आज एक सूचना जारी गरी महानगरपालिका कार्यालय महाशाखा, शाखा ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक सङ्घ संस्था बन्द हुने जनाएको छ ।

विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन र व्यापक जनसहभागिता गराउन बिदा दिइएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच दशक लामो प्रतिक्षापछि विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन हुनु पोखराका लागि उत्सव हो । पोखरेलीको साथ र सहयोगबाट निर्माण भएको विमानस्थलको उद्घाटन समारोहलाई भव्य बनाउन बिदा दिएका हौँ ।”

महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ । विमानस्थल समुद्घाटन अघि महानगरले बिहान अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक वेषभूषासहितको ¥यालीको आयोजना गरिने जनाएको छ । पोखरा विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भव्य समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

खबरदारी चाहिँ दिल खोलेर गरिदिनु होला’ : गृह मन्त्री रवि लामिछाने

जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो जस्तो लाग्छ र बाल्यकाल देखि आजसम्म मैले आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतीज्ञा गरेको एउटै चिज इमानदारी हो। सम्पुर्ण माध्यमबाट प्राप्त बधाई शुभकामनाहरुका लागि यहिँ बाट धन्यवाद ट्क्र्याएको छु। अब भेटघाट, फुलमाला, खादा,गम्छाको शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नु पर्ने बेला आएको छ। हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन। हाम्रा कर्मचारी साथीहरु तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिवद्द छन्। हामी, हुने कामलाई यति समय भित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा छौं। हाम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ तर खबरदारी चाहिँ दिल खोलेर गरिदिनु होला। जीवनमा आलोचक साथीहरू छन् र त सुखद यात्राहरु सम्भव भए। अबको यात्रामा पनि यसैगरी सघाउनु होला।

 

 

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्