दमकमा मनाइयाे टाेपी दिवस

0
143

दमक/ आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन । आजको दिन नेपालीहरुले भने स्वतस्फूर्त रुपमा नेपाली टोपी दिवस मनाउने गरेका छन ।

नेपाली टोपीको प्रवद्र्धन र राष्ट्रियताको जगेर्ना गर्न भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविदहरुको भनाइ छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।

यसैअवसरमा दमकमा बर्षेनी जीवन चक्र समाज नामक संस्थाले सामुहिक रुपमा आयोजना गर्दै आएको टोपी दिवस विशेष कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएको छ । दमकको गणतन्त्र चोकमा सो संस्थाको मूल आयोजनामा भएको टोपी दिवस विशेष कार्यक्रममा दमकमा क्रियाशील सामाजिक संघ संस्थाहरुले संस्थागत रुपमै सहभागिता जनाएका आयोजक जीवन चक्र समाजका सचिव वेनुपराज प्रसाइँले बताए । सहभागीहरु राष्ट्रियता झल्किने आकर्षक पहिरनमा नाचगान गरेर सहभागी भएका छन ।

 

सो अवसरमा गायक सिताराम ताजपुरिया र दमक २ ज्येष्ठ नागरिक १०४ बर्षिय तिलचन दाहाललाई दौरा सुरुवाल र टोपीसहित सम्मान पत्रद्धारा सम्मान गरियो ।

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा दमक उद्योग वाणिज्य संघ, दमक जेसीज , साथीभाई समुह, लायन्स क्लब, पहिलो पाइला नेपाल, क्लब हिमालय टाइगर लगायत संघ संस्थाले समेत सामुहिक सहभागिता जनाएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here