प्रदेशको प्रथम अधिवेशन सुरु

0
73

प्रदेश नं १ को दोस्रो प्रदेशसभाको प्रथम अधिवेशन आजदेखि प्रारम्भ भएको छ । पहिलो बैठकमा बैठक सञ्चालन गर्न बनेको प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्न प्रदेशसभा सदस्य भीम पराजुलीले प्रस्ताव पेस गर्नुभएको थियो । सो प्रस्तावको समर्थक सदस्य लिलाबल्लभ अधिकारीले गर्नुभएको थियो ।

प्रदेश नं १ प्रदेश प्रमुखबाट जारी प्रदेश सरकारको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७९ सर्वसम्मतिले पारित भएको छ । सो प्रस्ताव आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पेस गर्नुभएको थियो ।

बैठकको प्रारम्भ ज्येष्ठ सदस्य एवं सभाध्यक्ष गयानन्द मण्डलले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्नुभएको थियो । बैठकमा प्रदेश सरकारका बहालमै रहेका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको गत कात्तिक २३ गते असामयिक निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरिनुका साथै शहीद र मन्त्रीको सम्मानमा एक मिनेट मौणधारण गरिएको थियो ।

प्रदेशसभाको अर्को बैठक यही पुस २५ गते दिनको १ बजे बस्ने ज्येष्ठ सदस्य मण्डलले जानकारी दिनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here