Thursday, November 28, 2024
Home Blog Page 16

विश्व क्यान्सर दिवसको अवसरमा दमकमा अन्तरकृया

विश्व क्यान्सर दिवसको अवसर पारेर दमक नगरपालीकामा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

नगर उप प्रमुख रेगिना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले समयमै पहिचान भए क्यान्सर निको हुने बताएका थिए । क्यान्सरबाट जोगिन खानपान र जिवनशैली सकारात्मक बनाउनु पर्नेमा सरोकार वालाले जोड दिएका थिए ।
कार्यक्रममा आम्दा अस्पताल दमकका डा. नविन ढकालले समय समयमा स्वास्थ्य परिक्षण गर्ने र सकारात्मक जिवनशैली अपनाउनाले क्यान्सरबाट जोगिन सकिने बताउनु भयो । त्यसै गरी दमक अस्पतालका महिला तथा प्रसुति रोग बिषेशज्ञ डा. दिप्ति कुवँरले दमक क्षेत्रका महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको जोखिम अधिक देखिएको बताउनु भयो ।

यसै आर्थिक बर्षको ६ महिना भित्रमा संकास्पद २ सय जनाको परिक्षण गर्दा २५ जनामा क्यान्सरको सुरुवाती अवस्था देखिएको भन्दै उहाँले २४ जनाको प्रारम्भिक उपचारबाटै निको भएको र एक जनामा भने क्यान्सर पोजिटिभ देखिएकोले उपचार गर्नु परेको जानकारी दिनुभयो ।

कार्यक्रममा सहजिकरण गर्दै दमक अस्पतालका जनश्वास्थ्य निरिक्षक बद्रि बरालले क्यान्सरलाई अत्यन्तै जटिल प्रकारको रोग भनेर प्रचार गरिँदा बिरामीको आत्मबल कमजोर भएर मृत्यु हुने गरेको बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएकी नगर उप प्रमुख रेगिना भट्टराईले आफु निर्वाचित भएर आए पछि सबै भन्दा पहिला महिलाको पाठेघरको मुखको क्यान्सरको सुरुवाती उपचारमा प्रयोग गरिने मेसिन थर्मोकोबिलेटर दमक अस्पताल र आम्दा अस्पतालमा उपलब्ध गराईएको बताउनु भयो । उहाँले क्यान्सर पनि अरु सामान्य रोग जस्तै समयमै उपचार गरे निकोहुने भन्दै बिरामीको मनोबल बढाउनु पर्ने बताउनु भयो ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमक उवासंघको १८औ पदहस्तान्तरण सम्पन्न

दमक/ दमक उद्योग बाणिज्य संघको १८औ पदहस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष्य चण्डिराज ढकालको प्रमुख अतिथ्यमा आयोजित समारोहकाबीच संघका निर्वाचन समिति संयोजक लिलानाथ गुरागाईले नव निर्वाचित अध्यक्ष्य देवीप्रसाद गुरागाई (गोपाल)लाइ सपथ खुवाएका छन् भने नव निर्वाचित अध्यक्ष्य गुरागाईले संघका निर्वाचित पदाधिकारी सदस्य तथा लेखा समिति संयोजक र सदस्य हरुलाई सपथ खुवाएका थिए संघ का अध्यक्ष्य गोकुल श्रेष्ठले तत्कालिन कार्यसमितिका पदाधिकारी सदस्यहरुलाई प्रसंसा पत्र प्रदान गरेका छन् ।

सो अवसरमा प्रदेश सभा सदस्य होम बहादुर थापा, दमक नगरप्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराइ प्रसाईको बिशिस्ट आतित्थ्य रहेको थियो कार्यक्रमा मा अध्यक्ष्य श्रेष्ठले बाणिज्य संघमा आफ्नो यात्रा र साथ निरन्तर रहने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष्यहरु प्रकाश प्रसाई, राजेन्द्र ढकाल, घनेन्द्र सुब्बा लगायत दमकका विभिन्न वडाका निर्वाचित वडादक्ष्यहरु, सामाजिक तथा राजनीतिक दलका प्रतिनिधिहरु उद्योगी व्यवसायका प्रमुख तथा प्रतिनिधि हरु लगायतको आतिथ्य रहेको थियो । संघकी तृतीय उपाध्याक्ष्य एवं कार्यक्रम संयोजक रमा लिम्बुले स्वागत गर्दै बाणिज्य संघमा यसघि आफुलाई नेतृत्वदायी भूमिकामा पुर्याउने व्यवसायीहरुलाई धन्यबाद ब्यक्त गरिन । कार्यक्रमको संचालन संघका प्रथम उपाध्याक्ष्य राजु खड्का ले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा बन्दै CTEVT प्राविधिक शिक्षालयको भवन

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षा अध्ययनका लागि विदेश जानु पर्ने अवस्थाको अन्त्य हुने बताउनु भएको छ । झापाको दमक ४ मा शुक्रबार प्राविधिक तथा व्यवसायीक तालिम परिषदको आंगिक प्राविधिक शिक्षालय भवनको शिलान्यासका क्रममा उहाँले सो बताउनुभयो ।

अब जीवन र जिविकासँग जोडिएको शिक्षालाई सर्वसाधारणको पहुँचमा पुर्याउनु पर्नेमा जोड दिँदै उहाँले प्रमाण पत्र मात्र पाउने शिक्षाले जीवनलाई परिवर्तन गर्न नसक्ने पनि बताउनुभयो । आफ्नो गृहनगरमा निर्माण हुने सो भवनको शिलान्यास कार्यक्रममा अध्यक्ष ओलीले यहाँका सवै विकास, आवश्यकता र योजनाहरुका बारेमा आफु जानकार रहेको र बाँकि आवश्यकता पूर्तीमा पनि लागि रहेको उल्लेख गर्नु भयो । शिक्षालय भवन सम्म आउने सडक कालोपत्रे अब तुरुन्तै हुने भन्दै कसैले रोक्न चाहेर पनि त्यो योजना नरोकिने उहाँले बताउनुभयो । सो क्रममा ओलीले शिक्षालयको भवन तोकिएकै समयमा पूरा गर्न समेत निर्देशन दिनु भयो भने भवन निर्माणका लागि जग्गा दान गर्ने दाताहरुलाई सम्मान समेत गर्नु भएको थियो ।

कार्यक्रममा दमक नगरपालिकाका नगरप्रमुख राम थापाले केहि योजनाहरु निर्माण शुरु भएर पनि निर्माण व्यवसायीको ढिलासुस्तीले पूरा हुन नसकेको बताउनुभयो । उहाँले पूर्व प्रधानमन्त्री ओली समक्ष त्यस्ता योजनाहरुको निर्माणलाई तिव्रता दिने वातावरण बनाई दिन समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की, संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी, सिटीईभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, सदस्य सचिव जीवनारायण काफ्ले लगायतको उपस्थिती थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

Clembuterol: Intoxicación alimentaria Salud Pública y algo más

0

En pacientes con asma, se suelen encontrar niveles elevados de acetilcolina liberada por estas terminaciones nerviosas, que habitualmente se encuentran más activas de lo normal. Esto deriva en un aumento de la dificultad respiratoria, tos y aumento de secreciones bronquiales. Además, si este estímulo se mantiene mucho tiempo pueden producirse cambios en el bronquio, en ocasiones irreversibles.

  • Los sitios receptores parecen no responder con fines anabólicos si se toman continuamente, pero la quema de grasa marrón continuará después del período de 18 días.
  • Por supuesto, debido a que, no es adictivo incluso puedes tomarlo junto con bebidas naturales y proteicas.
  • Aun habiendo una dosis a la que podría no haber dichos efectos adversos, no se recomienda su ingesta a no ser que esté pautado por un médico especialista para tratar alguna condición específica que requiera de su uso.
  • La necesidad que un paciente tiene de estos fármacos indica qué grado de control tiene del asma, orientando en ocasiones hacia la necesidad de ser valorado por un médico y modificar su tratamiento.
  • Solo se debe confiar en el Clenbuterol cuando se compra en papel de aluminio y tiras de plástico, preferiblemente con la caja y los documentos adjuntos.

La sospecha se dirigió hacia productos estimuladores de receptores ß de uso en animales. La yohimbina también es un afrodisíaco, eficaz para aumentar la libido y el rendimiento sexual de los usuarios. No, se trata del mismo medicamento simplemente varia en la forma de escribirlo, para el caso de la n en inglés y la m para el español. Si la dosis que consumes del producto no es adecuada podrás obtener resultados negativos, estos resultados pueden variar en cada individuo y tener una tolerancia diferente para los estimulantes.

Mecanismo de acciónClenbuterol

También puedes juntar clenbuterol y anavar para un período de reducción de peso femenino. Varias mujeres usan el Clen como suplemento de reducción de peso, independientemente de que no sean deportistas. Recientemente, las mujeres que no se ocupan de la halterofilia son también muy aficionadas a este suplemento, puesto que es más eficiente que la efedrina para la pérdida de grasa.

NEUROLOGÍA Y CLEMBUTEROL

Además, el Clembuteroles adictivo y ha sido prohibido para el consumo y restringido para los animales. Aunque, actualmente en muchos países sigue siendo una alternativa como descongestionante y broncodilatador. El fármaco Clembuterolo Clenbuterol http://www.ciptacna.org.pe/web/index.php/2023/01/30/usando-clembuterol-para-quemar-grasa-lo-que-debes/ es un estimulante del sistema nervioso central . Es un agonista (es decir, tiene la capacidad de unir un receptor celular y provoca una acción determinada en la célula similar a la producida, mediante una sustancia fisiológica).

Incluso suplementos como el mismo cafeina puede potenciar en gran medida sus efectos y dejar efecto colateral aún más evidente y también duradero, especialmente para los más sensibles o inexpertos. La ingesta de clembuterol tiene potentes efectos tanto a nivel de aumento de masa muscular como en la reducción de la grasa corporal. Los agonistas beta-adrenérgicos sintéticos tienen una gran aplicación biomédica pero según algunos autores , una mala comprensión de la biología limita el descubrimiento de fármacos para el sostenimiento de la masa muscular (estrés, caquexia, etc). Se necesitan más estudios en humanos, personalmente a mi me encantaría ver más literatura.

Asimismo se supone que no tienes que tomar clen durante más de 4 a 6 semanas al unísono por el hecho de que tu cuerpo lleva a cabo una tolerancia a él, disminuyendo su efectividad. Para remover grasa más rápido y al tiempo conservar o ganar masa muscular. Los efectos anabólicos del clenbuterol sobre la masa muscular y la grasa corporal han favorecido su uso ilegal en la alimentación animal.

Además no podría excederme en el tiempo de entrenar (3 días a la semana máximo y 90/120min por sesión). La testosterona fue sintetizada por vez primera en 1935, pero ahora en 1940 ahora se vio que ofrecía unos resultados sensacionales en el aumento, tanto de masa muscular como de resistencia en el trabajo, si bien su utilización no clínica se inició en la época de los años 50. Dados los efectos que presenta el clembuterol como aumentador de masa muscular y de reducción de la grasa corporal, ha sido y es utilizada por atletas y culturistas como sustancia anabólica a dosis de 60 a 160mg tanto en una como repartidas en diferentes ingestas. La dosis recomendada para una buena quema de grasa y una notable ganancia muscular es de mcg al día para los hombres, lo que equivale a 2-3 comprimidos diarios.

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ सुरु

विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने यी दुवै शोको संसारभरका लागि पहिलो अडिसनको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शनिबार राति अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा उद्घाटन गर्नुभएको हो ।

अमेरिका र क्यानडाका विभिन्न सहरबाट कोलम्बसमा भेला भएका प्रतिस्पर्धी, उनीहरुका आफन्त र स्थानीय नेपालीभाषी समुदायको उपस्थितिमा उद्घाटन भएका दुवै शोको पहिलो अडिसन आइतबार साँझ सम्पन्न भएको हो । अमेरिका र क्यानाडाका गरी गायनमा एक सय ८७ र नृत्यमा ७६ प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिएका थिए । नेपालको पहिलो अन्तर्राष्ट्रियस्तरको यो पहिलो अडिसनमध्ये गायन विधामा सर्वाधिक अङ्क ल्याउने १५ प्रतियोगी ‘साइट्लेस अडिसन’का लागि छनोट भएका छन् । उनीहरुबीच काठमाडौँमा प्रतिस्पर्धा हुनेछ । नृत्यका लागि भने अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा फेब्रुअरी ५ मा अर्काे अडिसन हुने तय भएको छ । सो अडिसनबाट टप १२ छनोट गरी नेपालको साइटलेस अडिसनका लागि पठाइने आयोजक संस्था फाउण्डेनका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

मेरो भ्वाइस युनिभर्समा अमेरिकाबाट छानिने १५ उत्कृष्ट प्रतियोगीमा ओहायो राज्यको सिनसिनाटी सहरका टेक दुधराज, टेक्सासबाट मोनरथ तिवारी, कोलम्बसबाट तारा तिवारी, ओहायो पटसकलाबाट सागर सुवेदी, क्लिभल्याण्डबाट मोनी दियाली, पेन्सिलभेनियाबाट जीवन गुरुङ, केन्टकीबाट मन्जु लामा, केन्टकीकै राजेश सुब्बा, न्यू ह्याम्सायरबाट मनिष हुमागाईं, केन्टकीबाट प्रनिम राई, आहायोबाट टेक ढुङ्गेल, एक्रोनबाट किस्सन भुजेल, इरी पेन्सिलभेनियाबाट नैन मगर, भर्मण्ट मोन मगर र योर्क सिटीबाट सिद्धान्त आले छानिएका छन् । अमेरिका र क्यानडाको लागि भ्वाइसमा सङ्गीतकार तथा गायक केशव पौडेल, गायिका नलिना चित्रकार र गायक अर्जुन रसाइली तथा नृत्यका लागि नायक दिलीप रायमाझी, नृत्य प्रशिक्षक शङ्कर विसी र नृत्य प्रशिक्षक नरमान राई निर्णायक मण्डलमा हुनुहुन्थ्यो । उद्घाटनका अवसरमा अध्यक्ष अधिकारीले विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभा पहिचान गर्नका लागि विश्वस्तरीय प्रथम अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सुरु गर्दा आफूलाई गर्व लागेको बताउनुभयो । नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेका भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वास राख्ने हरेक नेपालीले आफू रहेकै स्थानमा विश्वभर परिचय बनाउन यी शोहरुले उपयुक्त अवसर दिने उहाँले बतउनुभयो ।

अध्यक्ष अधिकारीका अनुसार, दुवै शोमा प्रथम हुनेलाई जनही रु एक करोड रकम पुरस्कार दिइने छ । उहाँले यति ठूलो धनराशि पुरस्कार भएको नेपाली रियालिटी शो यो नै पहिलो भएको पनि जानकारी दिनुभयो । छरिएर रहेका नेपाली मूलका अर्थात् नेपालीभाषीबीचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपालीभाषी प्रतिभालाई जहाँ रहेका भए पनि आफ्नो संस्कृतिमा गर्व गर्नसक्ने अवसर प्रदान गर्न सकियोस् भनेर यी शो आयोजना गरिएको उहाँको भनाइ थियो । अमेरिकामा गैरनाफामूलक समाजसेवी संस्थाका रुपमा दर्ता भएको यो फाउन्डेशनमा अधिकारीसहित नेपालीभाषी भुटानी युवा व्यवसायी सहभागी छन् । नेपाली भाषा, संस्कृति, चाडपर्व र रीतिरिवाजको अधिकार खोज्दा भुटानबाट लखेटिएर आफ्नौ पितृभूमि नेपालमा शरणार्थी जीवन बिताउनुपरेकाले संसारको जुनसुकै कुनामा जुनसुकैरुपमा पुगे पनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई पुस्तौँसम्म अघि बढाउन सो संस्था लागिपरेको अध्यक्ष अधिकारीले बताउनुभयो । कार्यक्रममा सेन्ट्रल ओहायो नेप्लिज एसोसिएसनका प्रमुख संरक्षक तथा ओहायोस्थित चिकित्सक डा दामोदर पौडेलले प्रवासमा नेपाली कला संस्कृतिको उत्थान र संसारभरका प्रतिभालाई एउटै थलोमा प्रतिस्पर्धाको मौका दिने फाउण्डेसनको कामको सराहना गर्नुभयो ।

सो फाउण्डेसनका प्रवक्ता केशव आचार्यका अनुसार, अमेरिका र क्यानडाबाहेक विश्वका अन्य मुलुकका लागि रजिष्ट्रेसनको अन्तिम मिति यही जनवरीको ३१ सम्म राखिएको छ भने युरोपको अडिसन बेल्जियममा फेब्रुअरी ११ र १२ मा हुनेछ । उहाँले सबै प्रतियोगी नेपाली मूलका हुनु अनिवार्य रहेको र प्रतियोगी नेपालीभाषी हुनुपर्ने पनि जानकारी दिनुभयो । फाउण्डेसनले दुवै प्रतियोगिताका लागि प्रतियोगीको उमेर १८ वर्ष पुगेको हुनुपर्ने, अडिसनको समयमा अडिसनस्थलमा नै प्रतियोगीको उमेर खुलेको आधिकारिक परिचयपत्र देखाउनु पर्ने, दुवै प्रतियोगिताका प्रत्येक इपिसोड नेपाली संस्कृति र राष्ट्रिय भावनाको प्रस्तुतिबाट सुरुआत गरिने र प्रत्येक इपिसोडमा नेपाली कला र सांस्कृतिक क्षेत्रका बरिष्ठ व्यक्तित्व एवं कलाकारको सम्मान गरिने पनि जानकारी दिनुभयो । अडिसनबाट छनोटमा परी अमेरिका, क्यानडा, युरोप, थाइल्याण्ड, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्सको दुबई र भारतबाट प्रस्तुतिका लागि नेपाल जान पाउने सबै प्रतियोगीको यात्रा खर्च फाउण्डेशनले नै भुक्तानी दिने र टप ४० भित्र पर्ने प्रतियोगीका लागि खाना र होटल खर्चको व्यवस्था गरिने र नेपाल र भारतबाहेकका अरु देशबाट प्रतियोगिताका लागि नेपाल जाने प्रतिस्पर्धीका लागि आवासको व्यवस्था पनि गरिने आयोजकले जनाएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मालपोत बाट चुस्त सेवा दिन नगर प्रमुख उप प्रमुखको निर्देशन

दमक/ मंगलबार मध्यान्ह दमक नगरपालिका कार्यालयको नगर प्रमुखको कक्षमा आवतजावत गर्ने सेवाग्राहीहरुको चाप निक्कै बाक्लो थियो । दिउँसोको १ बजेको हुँदो हो नगर प्रमुख रामकुमार थापाले मालपोत कार्यालय दमकमा सम्पर्क गरेर कार्यालय प्रमुखसंग भेटघाटका लागि समय मागे ।

संवादका क्रममा मालपोत प्रमुख हिमालय बरालसंग केही क्षणमै अर्थात डेढ बजे भेटघाटको समय तय भयो । देख्ने सुन्नेको अनुमान स्थानीय सरकार प्रमुखसंग मालपोत प्रमुखले भेट गर्ने तय भएको होला भन्ने थियो ।

सामान्यतया यो अनुमान ठिकै थियो तर नगर प्रमुख थापा आफैं आफनो नगरमा रहेको जनताको सबैभन्दा धेरै सरोकार राख्ने र चहलपहल हुने निकायको अड्डा प्रमुखसंग भेटन आफैं जाने तयारीले सबैलाई आश्चर्य बनाइरहेको थियो । निर्धारित समय भन्दा करिब १० मिनट ढिलो गरी नगर प्रमुख थापा मालपोत कार्यालय परिसरमा छिरे ।

सोही अवधिमा नगर उपप्रमुख रेगिना भट्टराईलाई पनि प्रमुख थापाले आकस्मिक कामका लागि भन्दै कार्यालयमा बोलाए । अर्को एक सार्वजनिक कार्यक्रममा रहेकी उपप्रमुख भट्टराई पनि लगत्तै मालपोत कार्यालय आइपुगिन । सेवाग्राही, नगरबासीहरुले मालपोत परिसरमा पुग्नासाथ नगर प्रमुख र उपप्रमुखसंग मालपोत , नापी कार्यालयको कामका सिलसिलामा भोग्नु परेको समस्याको बेलिबिस्तार लगाए ।

नगर प्रमुखले कार्यालयको मुलगेटमा उभिएर आफू त्यहाँ उपस्थित हुनाको उद्धेश्य पनि अथ्र्याए । उनले नगरबासी, सेवाग्राहीहरुका यस किसिमका गुनासाले आफनो टाउको भारी भइसकेको र मनमा खटपटि बढेको पनि सुनाएर भने– हो यसैका लागि आज हामी यहाँ आएका छौं, हिंडनुहोस तपाइँहरुको सामुन्ने मालपोत प्रमुखसंग तपाइँहरुका गुनासा लिखित रुपमा राख्ने दिन छ आज ।

नगरबासीहरुसहित लेखापढी व्यवसायी, सेवाग्राही, सञ्चारकर्मी र कार्यालय रहेको वडा दमक ४ का वडाध्यक्ष पुण्यप्रसाद दाहालसहितको १२÷१५ जनाको समुह समेत नगर प्रमुख थापा र उपप्रमुख भट्टराईसंगै कार्यालय प्रमुख बरालको कक्षमा प्रवेश गरे । बरालले आफू काममा व्यस्त रहेको भन्दै नगर प्रमुखलाई कुरा राख्न २ मिनट पर्खाए । नगर प्रमुख थापाले सरकारले ल्याएको भू उपयोग नीति भित्र रहेर नगरपालिकाले पारित गरेको भूउपयोग सम्बन्धि कार्यविधि अनुसार वडाबाट सिफारिस गरिएका जग्गाको कित्ताकाट, रजिष्ट्रेशन पास लगायतका काममा कार्यालयको तर्फबट भइरहेको ढिलासुस्ती र झन्झट अन्त्य हुन नसकेको भन्दै कडा आक्रोश पोखे ।

उनले त्यस क्रममा मालपोत कार्यालय दमकलाई यहाँको सेवा लिन आउने सेवाग्राहीसंग कार्यालय कर्मचारीहरुले घुमाउरो बाटोबाट आर्थिक लेनदेन समेत गरिरहेको जनगुनासो समेत राखे । नगर प्रमुख थापाले भने– स्थानीय सरकार , नगरपालिकाले जग्गाको वर्गीकरण गरेर सोको जानकारी कार्यालय र विभागमा पठाइसकेपछि पनि किन सेवा दिने कुरामा कञ्जुस्याइँ भइरहेको छ ? उनले जनताप्रति उत्तरदायीपूर्ण व्यवहार गर्न मालपोत कार्यालय र मातहतका कर्मचारीहरुलाई आवश्यक निर्देशन दिन पनि भनेका छन । नगर प्रमुख थापा र उपप्रमुख भट्टराईले लिखित रुपमै नगरपालिकाको तर्फबाट कार्यालय प्रमुखलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरे । नगर प्रमुख थापाले सो क्रममा कुनै कमि कम्जोरी वा कारणले कार्यालयको सेवा पारदर्शी हुन नसकेको भए त्यसको पहिचान गरि निराकरण गर्न अन्यथा के कति कारणले पारदर्शीता अपनाउन नसकिएको हो ? सोको जानकारी लिखित रुपमा गराउन चेतावनी समेत दिए ।

सो क्रममा मालपोत प्रमुख बरालले मालपोत कार्यालय परम्परावादी संगठन अर्थात कार्यालयका रुपमा रहेको र यसलाई परिवर्तन गर्न आफू लागिपरेको सुनाएका छन । सेवाग्राही तथा कतिपय लेखापढी व्यवसायीहरुले समेत मालपोत प्रमुख बरालले अनावश्यक झण्झट र दुख दिएर हैरान बनाउने गरेको गुनासो राखेका छन । उनीहरुले घुमाउरो शैलीमा कार्यालयमा आर्थिक चलखेलका भरमा मात्रै काम हुने गरेको बताएका छन ।

मालपोत दमकका प्रमुख सहित सरकारी कार्यालयमा प्रमुखहरुलाई स्थानीय सरकारले इलाका प्रसासन कार्यालय दमकका प्रमुख समेतको उपस्थितिमा यसघि पटक पटक सेवा छिटो छरितो र पारदर्शी बनाउन दिएको निर्देशन अवज्ञा गरेका कारण एक्सनमा उत्रिनु परेको नगरप्रमुख थापाले बताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सांसद भवन अगाडी आत्मदाह गर्नुको कारण यस्तो

काठमाण्डु/ नयाँ बानेश्वर मा आत्मदाह गर्न खोल्ने इलामका  प्रेम प्रसाद आचार्यले आफूले धेरै प्रयास गर्दा आफ्नो कुरा कसैले वास्ता नगरे पछि यस्तो गर्न लागेको कुरा  फेसबुकमा  लेखेका छन् ।

उनले लेखेको कुरा जस्ताको तस्तै

म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढिरहेको थिए। आज छत्तिसौ वसन्त पार गरि सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धी हासिल गर्न नसकेको तितो सत्यलाइ ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खादा, ब्यपार गर्दा, बैदेसिक रोजगारमा जादा एबम उद्योग चलाउदा भोग्नु परेका समस्या र ती समस्याहरुबाट पाएको शून्य उपलब्धी आज सरसरती यो सामाजिक सन्जालमा लेख्ने अनुमती चाहान्छु। यो एक आत्मबृतान्त पनि हो र मेरो असफलताको कथा पनि हो।

म विद्यार्थी कालमै रहदा २०६७ मा ब्रेन ट्युमर भएर बुवा बित्नुभयो। बुवा बिरामी हुँदै गरेको अवस्थामा नै मेरो बिबाह भयो र बुवाको मृत्यु पस्चात म काठमाडौमा श्रीमती सगै रहेर विभिन्न प्राइभेट स्कुल एबम ठमेलका ट्राभल एजेन्सिमा काम गरेर गुजारा गर्न थाले । त्यस बेला हाम्री ठुली छोरीको जन्म भैसकेको थियो। पैतृक सम्पती बाट पाएको इलाम फिक्कल बजारको घरलाइ बेचेर काठमाडौमा नै घर बनाउने प्रयत्न गरियो र त्यै अनुसार भयो। बुढानिलकण्ठमा घर बनाइयो र ठमेलमा ट्राभल एजेन्सी खोली काम गर्न थालियो। राम्रो चल्यो ट्राभल सुरुमा तर बिस्तारै उधारो बजारले गाज्न थाल्यो। चिनियाँ नागरिक, गोराहरु र काठमाडौकै +2 कलेज हरु हाम्रा ग्राहक भए। चिनियाँ पर्यटकहरुले कहिले कबोल गरेको पैसा नदिने, trekking लादा बिच बाटोमा पुगेपछी यहाँ यति उकालो छ भनेको थिइनस, यहाँ चिनियाँ खाना पाइन्दैन भनेको थिइनस आदि इत्यादी भन्दै निहु खोज्ने अनि पूरा पैसा कहिले नदिने। चिनियाँ पर्यटक छोडेर +2 का विद्यार्थीलाई आफ्नै जन्म जिल्ला इलाम लान थलियो Darjeeling र Sikkim समेत गरेर। इलाममा Tea Tourism को अवधारणा ल्याउने म र मेरा साथी युवराज गौतम हुन भन्दा फरक नपर्ला। तर काठमाडौका +2 कलेज कहिले पूरा पैसा नदिने। ४-५ लाखको व्यापार (tour package) लानुपर्ने हुदा ३ लाख जति advance दिने, तेत्रो advance पाएपछी व्यापार नगर्ने कुरै भएन, तत्पश्चात बाटो देखि नै निहु खोज्न थाल्ने, tour नै तिक्तता पुर्ण हुने। बाटोमा सबै भन्दा धेरै complain खानामा आउने। ए हजुर हाम्रो देशमा बाटोमा खाना खराब छ, यो देशका सरकारले त्यस्तै खा भन्छ, कहिले सुधार हुदैन म के गरौं । अनि काठमाडौं आएपछी को कथा उहि। कलेजमा बाकी पैसा लिन जादा अनेक बाहाना बनाउने, घरी exam time मा आउनुहोस fee उठछ अनि दिन्छौं, घरी admission time मा आउनुहोस दिन्छौं भन्ने तर पैसा नदिने। kathford college बालकुमारिले दादागिरि सैलिमै १,७५,०००/- दिएन, saan international college नक्सालले ९०,०००/- दिएन। यी त मुस्ठ हुन खुद्रा खुद्री कति दिएनन दिएनन। ठमेलमा office भाडा दिनुपरिहाल्यो, कर्मचारिलाइ तलब दिनुपरिहाल्यो अनि सुरु भयो ऋण को सिलसिला। यो देश उधारो बजारले सबैभन्दा धेरै बिग्रेको रहेछ भन्ने त्यहिबाट थाहा भयो। बजारमा जताततै लुटेरा मात्र रहेछन् । ट्राभल चलाउने क्रममा १-२ जना गोरा हरुलाइ pokhara, ghandruk, kathmandu valley, nagarkot आदि गन्तब्यमा लानु पर्ने हुदा भाडाका गाडी लानुपर्ने, महगो पर्ने भएकाले आफ्नै गाडी किनौ भन्ने लागेर suzuki ertiga गाडी लिने जमर्को गरियो। nic asia बैंक ले finance गर्दिने भयो। ६ लाख downpayment गरेर अरु किस्ता तिर्ने गरि गाडी निकालियो। downpayment मध्ये ४ लाख जम्मा गरियो २ लाख showroom ले भनेको समयमा दिन सकिएन, २ महिना समय मागे दिएन अनि गाडी फिर्ता लग्यो। suzuki showroom थापाथली ले मेरो ४ लाख खायो फिर्ता दिएन। यहाँ नहुनेलाइ र केही गर्न खोज्नेलाइ नै लुट्दा रहेछन् । हुदा हुदा ट्राभल्स बाट यति घाटा हुन थल्यो कि थाम्नै सकिएन। गोरा आउनै छाडे, चिनियाँ पर्यटक पैसै नदिने, +2 कलेजहरु पनि पैसै नदिने, भारतिय पर्यटक हरु खर्च नै नगर्ने फाइदै नहुने। ट्राभल बेचेर बिदेश जाने जमर्को गरियो। त्यस्बेलासम्म काठमाडौको घर, जग्गा सम्पती सबै सकियो र उल्टो ऋण लाग्यो।

बिदेश जाने भनी जमर्को गर्दा झण्डै १ बर्ष लाग्यो र त्यो समय पनि ऋण मै परिवार चलाइयो। जसोतसो बाहिर गैयो कतार। office assistant मा अन्तर्बार्ता पास गरेर गएको, आफ्नै दक्षता ले ६ महिनामै sales and marketing manager भैयो। ५,०००/- कतारी रियाल तलब थियो, खाने बस्ने गाडी ईन्टरनेट सबै कम्पनिले दिने के चाहियो अरु? 2014 देखि 2017 सम्म कतार बसि सबै ऋण तिरी थोरै पैसा बचाएर देश फर्किए।

श्रीमति र आफन्तको सल्लाह र आफ्नै इच्छा बमोजिम जन्म थलो इलाम घर गएर Suryodaya Agro Industries & Farm House Pvt. Ltd. – ilam agro mart नामक उद्योग खोलियो, सुर्योदय-११, केराबारी, इलाममा। गल्ती यहि गरिएछ। मैले सोचे पैसालाइ जग्गामा freeze गर्ने होइन चलायमान बनाउने, उद्योग खोल्ने, पैसा कमाउने र सबैको उदाहरण बन्ने। बचेको पैसाले जग्गा किनेको भए यतिखेर ५ डबल हुने थिएछ।

मैले कतार बस्दा इज्राएल, अस्ट्रेलिया, नर्वे, आदि देशबाट आएको ताजा फल्फुल, तरकारी, मासु, एबम विविध धेरै खाए देखे । हाम्रो देशमा पनि एस्तै गरि सुरक्षित packing गरेर मौलिक खानेकुराहरु बजारमा बेच्न सकिएला भन्ने आट आएर त्यही गर्न थालियो। इलाम घ्यु, इलाम गुन्द्रुक, इलाम अकबरे अचार, तामाको अचार आदि products बनाइ बेच्न थालियो। सुरुमा गाडी भाडामा लिएर झापाको बिर्तामोड, दमक, इटहरी, धरान, बिराट्नगर सम्म साना ठुला किराना पसल देखि गोरखा डिपार्टमेन्ट, बराहा डिपार्टमेन्ट, किनमेल डिपार्टमेन्ट, सतासी डिपार्टमेन्ट, NMC सहकारी पसल जस्ता ठुला मार्ट सबैलाइ सामान बेचियो। यति हत्तु भैयो कि पैसा कहिले समयमा पाइएन बजारबाट। सबैलाइ उधारोमा सामान बेच्नुपर्ने। र पनि हाम फाली हालियो फुत्कन सकिएन नाफा त के झन ऋण बड्न थाल्यो उधारो बजारले। कच्चा पदार्थ, factory operation cost, tax, labor/staff salary आदि सबै नगदमा किन्नुपर्ने/खर्च गर्नुपर्ने तर बजारलाइ उधारोमा सामान दिनुपर्ने त्यो पनि बाह्र बखडा लगाएर। जम्मै ३०-३५% नाफा देखिने कागजमा तर बजारमा सामान फस्ने हुदा, ६ महिनामा मात्र बल्ल तल्ल पैसा उठ्ने, केही % bad debts हुने। यता factory, raw materials, wages & salary नगदमा खर्च गर्नुपर्दा, र बैंकले पनि ऋण बन्द गरेको कारणले ब्यक्तिगत ऋण ३६% सम्म ब्याज तिरियो। अनि नाफा सक्किवरी उल्टो घाटा हुने। घाट पुर्ती गर्न लागेको ऋण र ब्याज तिर्दा तिर्दा डबल-तेब्बर घाटा हुने। एउटा ऋणको ब्याज तिर्न अर्को ऋण लाग्ने।अनि केही पसलहरुले सामान बेच्न नसक्ने अनि अन्त्यमा expire भयो सामान भन्दै फिर्ता दिने। पसलले/retailors हरुले केही risk नै नलिने। आफुले नगद लगानी गरेको products बजारमा उधारो बेच्दा त्यो लगानिको ब्याज, र त्यो ब्याज तिर्न नया ऋण, अनि नया पुरानो ऋण/ब्याज तिर्न फेरि नया ऋण। घर खर्च चलाउनै पर्यो, नानिहरुको शिक्षा र लालन पोसण गर्नै पर्यो। अनि सकिँदैन त सबै सम्पत्ति? त्यो काम फट्ट छोडौ के गर्नु अन्य? लगानी फसेको छ, नछोडै पार लाग्ने उपाय नै छैन। फेरि हाम्रो समाज यति अर्काको चासो गर्ने कि नयाँ काम थाल्दा उ फेरि गरिराखेको काम छोड्यो, यो मान्छे थिर छैन, काम फेरेको फेरै गर्छ यसले केही गर्दैन जिवनमा आदि इत्यादी भनी जता गये पनि लाल्छना र उपदेश सुनिरहनु पर्ने।

सयौं पटक आत्महत्या गर्ने प्रयास गरे सकिन। आफैले चलाएको गाडी दुर्घटना गराउने प्रयास गरे भएन। श्रीमती छोराछोरी को माया र कर्तब्य ले मर्न सकिन। फोन कल यति सामना गरेकि phonophobia नै भयो। कहिलेकाही फोन नेट्वोर्क नआउने ठाउँमा पुग्दा मन आनन्दित हुने। २-३ बर्ष देखि नै depression मा थिए कसैले बुझेन। म depression मा छु भन्दा उल्टै गाली खाइयो। लड्दै पड्दै बाचियो।

scattered retailing ले पार नलाग्ने देखिएर dealership मा जाने निर्णय गरियो। फेरि सरकारले यति सास्ती दिन थाल्यो कि, सामान लिएर धरान बिराट्नगर जान नपाइने भैयो। factory ले direct retailing गर्न नपाइने रे! अनि vcts system रे। अडिट वा कतैपनी record मा नाआउने vcts के लागू गरिराखेको? बाटोमा प्रहरिलाइ घुस उठाउने मेलो मात्र। यदि vcts छैन भने ५,०००/- सम्म तिरेको छु प्रहरिलाइ। इलामको सब्जी काठमाडौ बेच्न लिएर आउदा पनि vcts रे! अनि बाटोमा चेकिङ मा बसेका प्रहरिलाइ सब्जी बाड्दै आउनुपर्ने नदिए आफै गाडिमा चडेर झिक्ने। कति लुट्छौ हो?जता ततै लुट्ने मात्र। भाडाका गाडिले पनि लुट्ने, प्रहरिले पनि लुट्ने, सरकारले पनि करको नाममा लुट्ने, बजारका retailer ले पनि लुट्ने। अनि जग्गा जमिन नबेचेर के गर्नु त?

कृषि जन्य बस्तुको कारोबार गरेको हुनाले प्रदेश १ सरकार कृषि तथा भुमी ब्यवस्था मन्त्रालयले खुलाउने अनुदान कार्यक्रम ४ पटक अनुदान पाउ भनी निबेदन दिइयो, shortlist मा परिन्थियो नै। अनुगमन गर्न आउदा तपाइको सोच राम्रो रहेछ, काम पनि राम्रो रहेछ, यस्तो मौलिक बस्तुको बजारीकरण गरिरहनुभएको रहेछ, पक्का पाउनुहुन्छ अनुदान भन्ने अनि result आउने बेला कहिले मेरो कम्पनिको नाम नहुने। म इलाम सुर्योदय नगरपालिका -११ बासी मेरो factory पनि त्यहीँ । मेरा वडाका तत्कालिन वडा अध्यक्ष टेक बाहादुर राई ज्युको साङ्पाङ डेरि ले ३ लाख र १० लाख गरि दुई बर्ष लगातार अनुदान खाए र तेस्रो बर्ष उन्कै साङ्पाङ बङुर फार्म ले २५ लाख अनुदान खायो। मेरै आँखा अगाडी इलामकै मैनाली जि को साङृला टि स्टेट ले infrastructure development, अर्ग्यानिक प्रमाणीकरण र गाडी गरि एकै बर्ष एकै उद्योग एकै सरकारबाट २०-२५ लाख अनुदान खायो। हामी चिल्लै। अनि बल्ल थाहा भयो अनुदान लिनलाइ कि जनप्रतिनिधी, कि पार्टीको झोले कि त अनुदान दिने निकायका कर्मचारीलाई घुस दिनुपर्ने रहेछ। सच्चा कर्मनिण्ठ भएर नहुने रहेछ।

Dealer र ठुला mart मा समान दिनुपर्दा बार्शिक कारोबार ५० लाख नाघ्ने अनि उनिहरुले पनि vat bill नै खोज्ने भएकाले vat मा जानुपर्ने बाध्यता भयो र गैयो। अनि सुरु भयो अर्को दसा। फेरि हाम्रो देशको कर प्रणाली सारै अप्ठ्यारो । ब्यापार घाटामा छ, घाटा देखाउ बैंक ले loan नदिने, नाफा देखाउदा प्राली कम्पनिले बार्सिक नाफाको २५% कर तिर्नुपर्ने। खर्च देखाउन आफुले, श्रीमतिले तलब खाको देखाउदा १% TDS तिर्नुपर्ने फेरि बार्शिक ४ लाख ५० हजार नाघेमा करको दर बड्ने। महिनैपिच्छे १० लाख कारोबार भएमा १३% VAT अर्थात १ लाख ३० हजार महिनाकै सरकारलाइ बुझाउनु पर्ने, त्यो बिलम्ब भएमा २५% ब्याज तिर्नुपर्ने। बर्षमा एक पटक कम्पनी रजिस्ट्रार मा, घरेलुमा, नगरपालिकामा कम्पनी renew शुल्क बुझाउनु पर्ने, तेहेरो कर। अनि बार्शिक अडिट शुल्क आदि। कसरी थाम्छ एउटा गाउमा रहेको कम्पनिले यी सबै शुल्क र भार?

रसिया मा उद्योग/ब्यापार गरि अरबपती भएका डा. उपेन्द्र महतो एबम डा. समता प्रसादले नेपालमा चलाउनु भएको नेपाल ग्रामोध्योग भन्ने कम्पनिलाइ प्रकृति ब्राण्ड मा घ्यु बनाएर दिए। सुरु सुरुमा राम्रो payment गरे advance पनि दिए। हुँदै गएपछी पैसा नदिने, मेरो सिको गरेर आफै घ्यु बनाउने अनि बिगार्ने अनि तपाइको घ्यु expire भयो भन्दै फिर्ता लैजा भन्ने। बेच्नै सक्दैनौ भने ९ महिना सम्म तिम्रो गोदाममा राख्न एउटा निम्न स्तरको उद्यमिलाइ लुट्न किन कम्पनी खोलेको नेपाल आएर? नेपाल ग्रामोध्योग लाई म चुनौती दिन्छु। मेरो जति पैसा खाको छौ तुरुन्त फिर्ता गर अनि तिम्रो failure ले भयेको goods expire र damage को तिमी नै risk लेउ। अर्को चुनौती मलाइ सामान फिर्ता गरे भन्दै debit note काट्दै बस्छ तिम्रो ac department, पुष्टि गर मैले समान receive गरेको, मेरो company को छाप वा मेरो सहि देखाउ तिम्रो return bill मा। समान तिमिहरुको गोदाममै expire भयो भने वा बजारबाट फिर्ता आयो भने debit note काटिहाल्ने अनि मैले पाउने पैसा बाट त्यस्को value घटाउने? तिमिहरु सब लुटेरा हौ। आफ्नो factory काहीँ पनि छैन, बजारमा प्रकृति ब्राण्डका जतिपनी खाद्य बस्तु बेचिरहेका छौ, ती सबै अर्कैले बनाइदिएका हुन। म जस्तै साना साना कम्पनीबाट लुटेका हौ। margin पनि तिमिहरुले नै भनेको हुनुपर्ने, mrp पनि तिमिहरुले नै तोक्नुपर्ने, यो काहाको न्याय हो?

भाट्भटेनिका मीन बहादुर गुरुङ जि। तपाइलाइ ३०% margin दिनुपर्ने? अनि साना ठुला उत्पादक/supplier ले तिम्रो मार्ट भरिदिनुपर्ने उधारोमा? अनि contract मा १ महिना भित्र पैसा दिन्छौ भन्ने? ३ महिनामा पनि सामानको पैसा नदिने? मलाइ यति झुलायौ कि ३ महिना पछि नाम नमिलाइकन बिराटनगर चेक पठायौ, इलाम देखि बिराटनगर सम्म एउटा चेक लिन गए तर नाम नमिलेको अनि त्यो चेक सच्याउन काठमाडौ बोलायौ र एक हप्ता पर्खाएर बल्ल चेक सच्यायौ। म इलाम देखि बिराट्नगर, काठमाडौ कुद्दा कुद्दै तिमिलाइ दिएको सामानबाट हुने नाफा घाटामा परिणत भयो। त्यै भएर भाट्भटेनी लाई सामान दिन छोडे मैले। तिमिहरु लुट्ने मात्र हौ। तिमिलाइ थाहा छ सामान उत्पादन गर्न कति दु:ख छ।

Big Mart को ३२ वटा शाखा थियो काठमाडौमा मैले सामान बेच्दा। payment terms as per sales राखेउ, सामान दिन थालियो महिनामा ५-७ लाखको सामान order गर्थेउ पैसा दिने बेला ७५,०००/- डेड लाख मात्र दिन्थेउ। कुनै महिना billing भएन भने त्यो महिना payment नै दिन्थेनौ। यो कहाँको न्याय हो? मैले थाम्न नसकेर तिमिलाइ सामान दिन छाडे, सबै branch गएर सामान उठाउ भनेउ, सामान उठाए, आखिरमा मैले तिमिबाट पाउने पैसा भन्दा आधा कम मात्र सामान थियो तिम्रो branch हरुमा। as per sales payment terms राखेर किन पैसा दिएनौ समयमा? सामान त बेचिसकेका रहेछौ। सबै branch बाट सामान उठाएर फेरि factory मा लादा तिमिसग गरेको ब्यपार पनि घाटामा गयो। किन लुटेउ मलाइ यसरी? सामान त गुणस्तरीय थियो तिमी नै भन्थेउ। नेपाल सरकार खाद्य बिभाग सबैतिरबाट licensed थियो मेरो product.

पवन गोल्यानको गोल्यान एग्रो ले ११० कार्टुन घ्यु order गरेर, बनाउन लगाएर काठमाडौ ल्याएपछी order cancel गर्दियो अहिले हाम्रो मार्केट डिमाण्ड छैन भनेर। मार्केट को feasibility study नगरिकन किन सामान बनाउन लगायौ त? तिमिलाइ लाज लाग्दैन? तिमिले मलाइ अर्को पनि कुरा भनेउ कि तिम्रो माथिल्लो कर्मचारीले अन्त्यमा सामान लिन मानेन रे! तिम्रो chain of command मै त्रुटि थियो भने मलाइ किन सामान बनाउन लगाएर काठमाडौ मगायौ? मलाइ कति घाटा भयो होला इलाम देखि काठमाडौ अनि फेरि काठमाडौ देखि इलाम सामान ल्याउदा लैजादा? तिम्रो माटो ब्राण्ड पनि लुट्नैलाइ खोलेका हौ कति लुट्छौ लुट।

साथिमार्ट (sathimart) का सागर पोखरेल जि। तपाइले खुब प्रचार गर्नुभयो २ बर्ष भित्रै नेपालको सबैभन्दा ठूलो retail chain outlet बनाए भनेर। म बाट सामान टन्नै उठाउनु भयो तर १ बर्ष मा पनि बेच्न नसकेर फिर्ता दिनुभयो। किन मगाउनुभएको बेच्न नसकिने भए। मलाइ पाप लाग्छ ढिलै गरि भए पनि तपाइले चै सबै पैसा दिनुभयो। मैले फिर्ता सामान बराबरको return गर्न सकेको छैन तपाइलाइ।

अनिल बस्नेत जि ले चलाउनु भएको metrotarkari.com र NEP EXPRESS UAE भन्ने कम्पनीले म बाट गुन्द्रुक र तामा लानुभयो। दुबइ लगेर बेच्नुभयो। मैले कति नाक ठाडो पारे गुन्द्रुक र तामा दुबइ निर्यात गर्न थाले भनेर। google, facebook सबैतिर हल्ला गरे दुबइ बस्ने साथिहरुलाइ पनि भने, तपाइबाट किनेर पनि लगे। आत्मसन्तुष्टि मिल्यो। तर थाहा छ तपाइहरुलाइ? मैले दिएको सामानको पैसा अझै सम्म मैले पाएको छैन। सबै आत्मसन्तुष्टि र खुसी के रहयो र? तपाइहरु पनि लुट्नलाइ नै व्यापार गर्नुभएको रहेछ। लुट्नुहोस कति लुट्नुहुन्छ।

Dabur Nepal Pvt. Ltd. तपाइहरु पनि लुट्नलाइ नै कम्पनी खोल्नु भएको रहेछ। तपाइको factory बारा मा मैले घ्यु supply गरे तपाइका procurement का staff ले खुलेआम commission मागे शन्कर पन्त ले। र immediate cash after delivery भनेर LPO दिनुभयो र ३ महिना पछि अपुरो नगद भुक्तान गर्नुभयो। अझै मैले बाकी पैसा पाएको छैन। त्यै commission हत्याउन लाई राखेका होलाउ राख। लुटिराख कति सक्छौ!

इलामका डेरि ब्य्वसाइहरुलाई नियमन नगर्ने सरकार? २ महिनामा प्रती केजि १५०/- नौनिको दाम बढाउछन। हामिले कसरी थाम्ने? २०७९ तिज अगाडि सम्म नौनिको दाम ६००-६२५ थियो इलाम मा तर २०७९ को दशै सम्म आइपुग्दा ७००-७५० पुर्याए। अलि अलि नौनी बेच्छु भनेर advance लिएको ठाउमा पनि पठाउन सकिएन तेतै बदनाम भैयो। इलाम, पाँचथर, झापाका कुनै पनि डेरीमा पैसा दिन बाकी छैन। तपाइहरुसग किसान प्रत्यक्ष जोडिने हुनाले बरु आफू मरे तर तपाइहरुलाइ बचाए। तर एउटा आग्रह छ इलामका डेरि संचालक हरुलाइ। कानुनी मापदण्ड पूरा गर्नुहोस्, तपाइहरु खानेकुरा बनाइरख्नु भएको छ। सुङुर, कुखुरा, डेरि एकैठाउ नराख्नुहोस, hygine maintain गर्नुहोस् । खाद्य बिभाग बाट अनुज्ञापत्र लिनुहोस, स्वस्थकर घ्यु छुर्पी बनाउनुहोस। खाद्य बिभाग सग हार्दिक अपिल गर्दछु, अनुगमन गरियोस इलामका डेरिहरु, त्यहाँ खाद्य बस्तु उत्पादन गर्दा पालना गरिनुपर्ने न्युनतम मापदण्ड पनि पालना गरिएको छैन।

एउटा गाउमा बसेर, उद्योग चलाएर Bhatbhateni, Nepal Gramodhyog, Golyan Agro, Dabur Nepal, Big Mart, Sathimart जस्ता देशकै नाम चलेका औद्योगिक/ब्यपारिक घरानालाइ तथा मार्टहरुरुलाइ आफ्नो customer बनाइ सामान बेचियो, प्रदेश १ लगायत काठमाडौका अन्य मार्ट र ठुला पसल प्रायलाइ सामान बेचियो। बिर्तामोड, दुहबी, हेटौंडा, चितवन् , नवलपुर आदि ठाउँमा dabur, patanjali, uniliver आदि ठुला कम्पनीकै सामान बेच्ने dealer हरुलाइ आफ्नो पनि dealer बनाइयो। त्यहाँ भन्दा कुन level को marketing गर्नु? र पनि यो देशमा पैसा कमाइएन। मर्नेगरी घाटा खाइयो। प्रमुख कारण उधारो बजार र ठुला retailers हरुको हेपाहा प्रवृत्ति नै हो।

मलाइ लाग्छ मेरो जिन्दगिले नै मलाइ अब नबाच मर भनेको हो। भाग्य कर्मले बन्छ भन्थे होइन भाग्यमा लेखेको छैन भने जति कर्म गरे पनि फल नमिल्नेरहेछ। परिवार, घर, समाज, आफन्त मलाइ नै गाली बर्साउछन, हात तान्दिनुहोस भन्दा खुट्टा तान्छन, ओरालो लागेको मिर्गलाइ बाचो ले पनि खेद्छ भन्त्थए हो रहेेेछ। कोरोना समयमा इलामकै कन्याम मा kanyam inn नामक होटेल पनि चलाए lease मा लिएर। राम्रो चल्यो केही कमाइयो पनि। तर त्यसका owner झापाकै टीका ओडारी जि ले कमाएको देख्न सकेनन् र करार अवधी अगाडिनै होटेल नै बिक्री भयो भन्ने बाहाना बनाएर छोडाए।

नेपालका बिमा कम्पनिहरु कति लुटाहा? उद्यमी/ब्यपारी देख्नै नहुने। sun nepal life insurance company बिर्तामोड, झापा साखाका रुद्र निरौला, बिकाश श्रेष्ठ, राम प्रसाद घिमिरे, प्रकाश पौडेल ले जीवन बिमा गरौ भनेर म कहाँ धाइरहे, मैले पैसा छैन गर्दिन भन्दा उनिहरुले आफै लगानी गरेर मेरो १ करोड्को बिमा गर्दिये र पैसा किस्ता किस्ता गरेर ४-५ लाख असुलेरै छाडे। मेरि श्रीमतिको पनि त्यसै गरेका छन, उन्को पनि १ लाख लिसकेका छन मबाट। खबरदार sun nepal life insurance मेरो पैसा फिर्ता गर बिनासर्त। किन यति दु:ख दिन्छौ एउटा आम नागरिकलाइ?

दिन रात जतिखेरै पैसा तिर्नुपर्ने ठाउँको फोन, म्यासेज, धम्की कति सहनु? creditors को फोन, बैंक को फोन, कर कार्यलयको फोन, सामान माग्नेको फोन, salary माग्नेको फोन, raw materials वालाको फोन, सहकारिको फोन, साथिभाइको फोन, आफन्तको फोन कति सहनु, पैसा माग्नेकै मात्र फोन। कहिलेकाही त दिनेले पनि फोन गर्नु नि छैन। यति हुदाहुदै पनि बैंकको, किसानको, गरिबको कसैको पनि मैले पैसा तिर्न बाकी छैन। बैंकको मासिक किस्ता र ब्याज भविस्य मा तिर्पुपर्ने बाहेक हालसम्मको तिरेको छु। ब्यापारिक सम्बन्धका चितवन् मा ३ पार्टीलाई ८ लाख जति फर्काउनु छ। अरु ब्यक्तिगत ऋण र ब्याज अनि VAT तिर्न सकेको छैन। बैंकले त जग्गा लिलाम गरेर असुल गर्ला, अरुलाई कसरी फर्काउनु? उपाय लागेन। झापा धुलाबारी का अनिल भेट्वाल भन्ने ब्यक्तिले पास नै नहुने कवाडी गाडी मलाइ दिएर, यति सताए कि मैले थाम्नै सकिन उनलाइ, मैले उनलाइ ५ लाख ५० हजार दिनुपर्नेमा ४ लाख ५० हजार ऐले दिन्छु अरु गाडी पास गर्ने दिन दिन्छु भन्दा पनि मानेनन् मेरो चेक बाउन्स गर्दिन्छु पक्राउछु भने। सबै पैसा चुक्ता गरे। अनि फेरि गाडी पास गरौँ भन्दा, उनले प्रयोग गरेको अवधिको सवारी कर पनि मैले तिर्नुपर्ने? हुन्छ पक्राउनुहोस। मैले यो देशमा गरि खान सकिन। गर्न खोजे दिनरात मेहेनत गरे तर भएन।

मैले यस बिचमा ग्लोबल आइ एम इ ग्रुपका चन्द्र प्रसाद ढकाल, उद्योग बाणिज्य कि भवानी राणा, गोल्छा अर्गनाइजेसन आदिलाइ भेटी मेरो उद्योग को समस्या सुनाए, सुनुवाइ भएन। अरु कति high profile उद्यमी हरुलाई भेटे सहयोग को याचना सहित केही भएन। ५-६ बर्ष देखि बिबेकशिल साझा पार्टीमा आबद्ध थिए, इलाम जिल्ला सम्योजक नै हु। राजनीति मार्फत देशको यी र यस्तै समस्या वकालत गर्ने प्रण सहित लागेको थिए । तर चुनाब आउने बेला बिबेकशिल साझा पार्टी क्षत बिक्षद भयो। रास्टृय स्वतन्त्र पार्टीले offer नगरेको पनि होइन, इलाम क्षेत्र न १ बाट उम्मेद्बारी दिनुहोस भन्यो तर मेरो बिकल्प थिएन पैसा थिएन अनि श्रीमती परिवारले पनि उठ्ने सल्लाह दिएनन् । असफल बिगत भएकाले खासै बल पनि गरिएन। यो देशको system currupt छ, जताततै भ्रष्टाचार छ, प्रोत्साहन छैन, हर कोहिमा frustration छ, नितिगत त्रुटि छ।

जिन्दगीमा यी र यस्तै हण्डर खादा खादै मन सम्हाल्न नसकेर, आर्थिक भार थाम्न नसकेर, यहि बर्षको तिहार अघि suicide note लेखी भारतको गुहाटी ब्रम्हपुत्र नदिमा फाल हानेर मर्ने जमर्को गरे सकिन। कसैले बचायो र भागेर अरुणान्चल प्रदेश को तेजु हुँदै चाइना बोर्डर The last village of india – kohu village पुगे अनि चाइना छिर्ने प्रयास गरे सकिन। एउटा हिउँ पर्ने डाडोले छेक्यो, त्यस्लाइ पार लाउनै सकिन। चाइना छिरेर त्यतै केहि दु:ख गर्ने अनि अलिकती पैसा कमाएर केही बर्ष मा घर फर्कने योजना पनि बिफल भयो। त्यहाँबाट फर्किएर घर आए र परिवार एबम आफन्तको सहयोगमा/सल्लाहामा काठमाडौं आइ बाहिर जाने प्रयास गरे। saudi, dubai, qatar, maldives सबैतिर जाने प्रयास गरे भएन। नेपालका manpower पनि लुटाहा नै रहेछन् । माग अनुसार interview दिइयो पास भैयो तर राम्रो कमाइ हुने ठाउमा भिसा नै नदिने। manpower कै आफ्ना र पहुच्वाला घुसाइहाल्ने premedical, qr code भन्दै पैसा असुल्ने अनि passport कब्जा गर्ने। कतारमा मन्त्रालयमा driver job को लागि छानिएको थिए महिनाको १०,०००/- रियाल तलब थियो, तर manpower ले ८ लाख माग्यो लागत। काहाबाट ल्याउने त्यत्रो पैसा? अन्य select भएको ठाउँमा पनि आज भोलि भन्दै २ महिना सम्म visa नै नदिने। world cup मा कतार छिर्ने अनि पुरानो सम्पर्कमा रहेका कम्पनी मा काम पाउने भए, तर worldcup को ticket, round trip air fair र hotel booking गर्न पैसा नै पुगेन, त्यो सपना पनि तुहियो।

केही समय free बसेर एउटा vehicle rental कम्पनि काठमाडौमै काम गर्न थाले। जसोतसो आफ्नो ज्यान पाल्ने मेलो त बन्यो तर परिवार, छोराछोरी लाई खोइ? तेत्रो ऋण तिर्ने आधार खोइ? ६० लाख ऋण छ। श्रीमतिलाइ घरमा जतिखेरै torchure छ। हुदा हुदा श्रीमतिले पनि आत्महत्या गर्ने प्रयास गर्न थालिन, मलाइ त्यही आसयको मेसेज लेख्न थालिन, उनी पनि depressed भै सकिन। श्रीमती र म को पहिला suicide गर्ने भन्ने silent प्रतिस्पर्धा चलिरहेकै अवस्थामा मैले नै यो चोला बिसाउने निर्णय गरे। मलाइ बचाउने प्रयास कसैले नगर्नु होला। बाचिगए भने फेरि मर्ने नै छु। प्रहरिले पक्राउ गर्यो भने जेलमा नै आत्महत्या गर्नेछु। म क्रान्ती गर्दैछु। म जस्तै केही गर्छु भन्नेलाइ यो देशको सरकारले सहयोग गरोस । वातावरण बनाओस।

बाच्ने सबै उपाय लाउदा पनि केही भएन, आशा सबै मरिसकेको हुनाले मर्ने नै बाचा गरे। मलाइ माफ गर्नुहोला।

कोहि मनकारि/सहृदयी जन हरु हुनुहुन्छ भने मेरो ऋण तिर्न मेरि श्रीमतिलाइ सहयोग गर्दिनुहोला। उनले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा २ छोरिहरु टुहुरा हुने छन् ।

NANUKA ADHIKARI
SAVING AC 2907010001814
GLOBAL IME BANK, NEW BANESWOR BRANCH
Contact : 9849383133

मेरि नानुका, तिमिले सहयोग पाउने छौ, बिचलित नहुनु। मलाइ माफ गरिदेउ। मैले प्रगती गर्ने धेरै अस्त्र लाउदा पनि सकिन।छोरिहरुको अभिभारा तिम्रो काधमा छ। बुझ्ने भएपछी उनिहरुलाइ सम्झाउनु, तिमिहरुको पापुले यो देशमा सफलता हासिल गर्न सक्नुभएन, जताततै हण्डर र ठक्कर खानुभयो, जताततै लुटिनुभयो। यो देश गरि खानेलाइ होइन लुटि खानेलाइ मात्र सहज रहेछ। तिमिहरुले पनि त्यै अवस्था भोग्नुनपरोस भनेर क्रान्ति मा होमिनुभयो, आफ्नो भोगाइ र पीडा सरकारले सुन्ने गरि आफ्नो ज्यान आहुती दिनुभयो। यहि भन्देउ।

म धेरै आशावादी, धेरै नै सकारात्मक सोच राख्ने र अति महत्वाकांक्षी ब्यक्ती थिए। देखिएकै सपनाहरु पूरा गर्न तर्फ लागिन्छ, सपना नै नदेख्ने हो भने त्यो पाउने वा पूरा हुने सम्भवना नै हुँदैन। त्यसैले सपना देखियो, महत्वाकांक्षा राखियो। त्यस्लाइ पूरा गर्न हर दु:ख/कष्ट भोगियो, मेहेनत गरियो। म sales & marketing मा पोख्त थिए नै, leadership skill, motivational skill, business skill आदि प्राप्त गर्न तालिम र अनुभव सबै थियो, english language, computer skill, modern business techniques, legal formalities & environment of a business सबै ज्ञान हासिल गरिएको थियो र आफ्नो कार्य सम्पादन गर्न सवारी चालकको रुपमा पनि दक्ष थिए। motivation speakers Dr. Bibek Bindra, Shiva Kheda, बिनोद चौधरी, रतन टाटा, अमिताभ बच्चन, Osho, Swami Bibekananda, चाणक्य नीति, गिता, बेद आदि सबैलाइ सुन्थे, अध्यन गर्थे, केही idea र प्रेरणा लिन्थे। र पनि यो देशमा सफल हुन सकिएन। उधारणिय उद्योगि/ब्यवसाइ बन्न सकिएन, पैसा कमाउन सकिएन, सपना र महत्वाकांक्षा पूरा गर्न सकिएन। धेरै युवाहरूलाई बिदेश नजाउ देशमै केही गर भनी प्रोत्साहित गरे, गाउँ फर्कौ महाअभियान नै चलाए, तर अन्त्यमा किन यो देशमा काम गर्न छाडेर बिदेश नै ताक्छन युवाहरू भन्ने पाठ आफ्नै ब्यवसाइक असफल्ताबाट सिके, यो देशको भ्रष्ट नीति बाट सिके, दलालहरुले चलाएको देशको अर्थतन्त्र बाट सिके, monopoly market बाट सिके, nepotism, favoritism आदिबाट सिके तर यहाँसम्म आइपुग्दा आफ्नो सबै सके, उठ्नै नसक्ने गरि लडे। मैले जस जस्लाइ यो देशमै केही गर बिदेश नजाउ भनेको छु, म त्यो आग्रह फिर्ता लिन चाहान्छु, मलाई माफ गर्नुहोला। यो देशमा केही गर्न नसकिने रहेछ। यो देश भ्रष्ट रहेछ। पाइला पाइलामा अन्याय र विभेद रहेछ।

सपनाकै कुरा गर्दा pantanjali nepal का सहुजी युवराज जि ले इलाममै पतन्जली घ्यू को factory खोल्ने, तपाईं घ्यूमा नै काम गरिरहनुभएको रहेछ, सगै काम गरौं भनेर कति ठूलो सपना देखाउनु भयो। उत्साहित भए, सफलताको कल्पना गरे, तर अन्त्यमा त्यो सपना नै रहयो। एउटा प्रगतिशिल युवालाइ झुटो आश्वासन नदिनुहोला कृपया। उसको इच्छाशक्ति स्खलित हुन्छ। swiss embassy ले सन्चालन गरेको सहज नेपालले पटक पटक उसको अन्तर्कृयामा बोलाएर सहयोगको आश्वासन देखायो, तर उहीँ आश्वासन मात्र। आते जाते खर्च मात्र गराउनुभयो। उल्टै लुट्नुभयो। कति वटा संघ/सस्था मेरो factory हेर्न आउनुभयो, तारिफ गरेर जानुभयो, समस्या सोद्नुभयो, सहयोगको आश्वासन दिनुभयो तर फर्केर कहिले आउनुभएन, तपाइहरुको जागिरलाइ चाहिने डाटा लिन/सोधभर्ना गर्न फगत फोन मात्र गर्नुभयो। सपना देखाइरहनुभयो। सरकारी अनुदान खुलाउने, फारम भर्न दुनिया कागजपत्र, झन्झट, यातायात र कुदाइ खर्च फजुल गराइदिने गर्नुभयो तर केही दिनुभएन। तपाइलाइ घुस दिने वा जनप्रतिनिधि, साम्सद, मन्त्री का आसेपासेलाइ मात्र अनुदान बाड्नुभयो। राजनीति मार्फत सदन सरकारमा गएर यी र येस्तै देश दुखेको ठाउँमा मल्हम लगाउछु भन्ने सपना देखे राजनीति मा पनि लागे, तर रबिन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाल, केशब दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भिम प्रसाद अधिकरी, निर्देश सिलवाल, समिक्षा बान्स्कोटा, प्रकाश चन्द्र परियार जि तपाइहरुलाइ मेरो आत्माले छोड्ने छैन, किन यो देशको एउटा महत्वाकांक्षी युवाको भावना सग खेलबाड गर्नुभयो? तपाइहरु एकीकृत हुनै नसक्ने, पार्टी चलाउनै नसक्ने भए किन यो देशका म जस्ता सयौं युवालाइ राजनितिमा लगाउनुभयो? किन समय र पैसा बर्बाद गरिदिनुभयो? यो देशमा सपना बाड्ने, आश्वासन बाड्ने अनि त्यसैलाइ आफ्नो गरि खाने साधन बनाउनेको जमात ठूलो रहेछ।

मेरा परिवार, आफन्त, साथिभाइ, इष्टमित्र, गाउलेजनहरु!! मलाइ माफ गर्नुहोला। घर तथा पैतृक सम्पत्तिमा मेरो हक खोसिएको छ, अहिले समस्यामा छु, ऋणमा छु, दिलाइद्नुहोस भन्दा हजुरहरुले सुन्नुभएन, कानुनी रुपमा म पैतृक सम्पतिको हकवाला रहिन, किनभने म ७ कक्षामा पड्दा खेरी, नाबालक अवस्थामै बुवाको धेरै जग्गा जमिन भएकाले हदबन्दी जोगाउन मलाइ छुट्टै परिवार कायम गरेर अंस भर्पाइ गराइ थोरै जग्गा अंसपास गरिदिनुभएको थियो। हाम्रो देशको कानुन अनुसार दुई पटक पैतृक सम्पतिमा अंस पाइन्दैन/हक लाग्दैन। मैले धेरैलाइ/आफन्तलाइ म समस्यामा छु, कानुनी रुपमा तल परेको छु, समाधान पनि छ, सहयोग गर्दिनुहोस, म बाच्न चाहान्छु भनी याचना गरे सहयोग गर्नुभएन। के मैले सामाजिक उत्तरदायीत्व बहन गरेको थिइन? बिबाह, कार्जे, ब्रतबन्ध, सान्चेप, भजन किर्तन आदिमा सारिरिक, आर्थिक उपस्थिति जनाएको थिइन? गाउँ बिकासका कार्यक्रममा, आर्थिक लागत साझेधारिमा योगदान गरेको थिइन? टोलबिकासमा, सामाजिक छलफल र न्यायमा, कानुनी अड्चन फुकाउने मा, महिला हिम्सा हुदा न्याय दिलाउने कार्य आदिमा मेरो योगदान थिएन? समाज तपाईं भन्दिनुहोस! के मैले नातिको रूपमा, छोराको रूपमा, श्रीमान र बाबुको रुपमा पारिवारिक र सामाजिक उत्तरदायित्व बहन गरेको थिइन? सबथोक गर्दा पनि म आफैले न्याय पाइन, म नै मरे। कहिले रक्सी खाएर लडेको देख्नुभयो मलाइ? केही कुकृत्य गरे मैले? के यो देशमा उद्योग/ब्यपार गर्नु, केही उधारणिय काम गर्न खोज्नु, आफ्नै गाउँ फर्किएर सामाजिक दायित्व निर्बाह गर्न खोज्नु अपराध हो? अब कहिल्यै यहाहरुलाइ याचना गर्ने छैन, म जाँदै छु, मलाइ माफ गर्नुहोला।

मेरो पैतृक सम्पती अझै छ। दाजुको पनि टन्नै जग्गा-जमिन, घर छ, आमाको पनि छ, हजुरबुबाको पनि छ, दिदिको पनि छ। सबै पैत्रिक सम्पती हो। म सकिए, उद्योग ब्यापार घाटामा गयो, केही बेचेर मेरो ऋण तिरिदिनुहोस, सम्पती भोलि पनि कमाइएला भनेर कति बिन्ती गरे सुन्नुभएन। आमा, हजुरबुवा, दाजु-भाउजु! एकपटक सोच्नुहोस इराक, अफ्गानस्तान, सिरिया, श्रीलंका आदिका नागरिकलाइ हेर्नुहोस, धन सम्पती, जग्गा जमिन भबिस्य होइन, मानिसको जिन्दगी भविस्य हो। जिन्दगी रहे त्यो सम्पती फेरि कमाउन सकिन्छ, जिन्दगी नै नरहे, केही राजनैतिक उथलपुथल, माहामारि, प्राकृतिक बिपद आदि आएमा चुट्किको भरमा सबै सम्पत्ति मुल्यहिन हुनेछ। तपाइहरुलाइ मेरो जिन्दगी भन्दा त्यही सम्पत्ति प्यारो लाग्यो। मेरा आफन्तलाइ पनि बिन्ती बिसाए तर वहाहरुले पनि म भन्दा त्यही सम्पतिमा भबिस्य देख्नुभयो। त्यही जग्गा जमिन नै भबिस्य हो तँ भबिस्य होइनस भन्नुभयो। दिदी र भान्जिलाइ तिमिहरुको divorce पश्चात् मैले कति सहयोग गरे, हेक्का होला! मैले बाच्ने धेरै प्रयत्न गरे, परिवार सग भिख मागे, कति अनुनय बिनय गरे? कसैले सुनेनन। मेरि श्रीमती नानुका तिमी कतिपनी बिचलित नहुनु। हाम्रा परिवारले हाम्रो चीत्कार सुनेनन, तर अवस्य कोहि त छ होला यो दुनियामा तिमिलाइ साहारा दिने र यो समस्याबाट मुक्ती गराउने।

मेरा आफन्त मलाइ सुन्न छाडे, मेरा साथिभाइ सबै टाढा भए, आफ्नै आमा, दाजुले पनि मलाइ सुन्न छाडे, मेरो पीडा बिसाउने ठाउँ नै रहेन अब। मनभरि गहरौ भारी बोकेर कति दिन बाच्ने?कहाँ बिसाउने त्यो भारी? तेत्रो आर्थिक भार सल्टाउने केही उपाय छैन मेरो अगाडि। २० लाख जतिले तत्कालको गाँठो फुक्ने वाला थियो, तेति जुटाउन गरेको प्रयास पनि सबै बिफल भए। आफ्नो उठ्नु पर्ने रकम उठाउन कति रोइ कराइ गरे, वास्ता गरिदिएनन सरोकार वालाले। नयाँ काम गरौ, लगानी छैन, पुरानो ब्यवसायलाइ नै थामौ उपाय छैन, हर तरहले अगाडि बढ्ने बिकल्प लगाइयो सबै बिफल भए। के गरौं? कसो गरौं ? केही बिकल्प नै रहेन। सिधार्थ बैंकको ऋण नबिकरण गर्ने र ब्याज तिर्न पैसा छैन, माछापुच्छ्रे बैंकको मासिक किस्ता तिर्ने पैसा छैन, सरकारलाइ VAT को पैसा तिरौ बजारमै छ पैसा उठाउनै सकिदैन, राजस्व कार्यालय ताकेता गरेको गर्यै गर्छ, सबै ब्यक्तिगत र सस्थागत खाता रोक्का गरिदिन्छु, कालो सुचिमा राखिदिन्छु भन्छ, origin VAT manufacturing company ले तिर्नुपर्ने भएकाले VAT return पनि हुदैन । म राजस्व कार्यालयलाइ बिन्ती गर्छु, ब्यवसाइक बक्यौता लाई ब्यक्तिगत नबनाइदिनुहोला, सहज हुदा कर तिरेकै थिए, ब्यापार घाटा हुदा सकिन। फेरि कच्चा पदार्थ वालाले pan मा सामान दिन्छन् । घर खर्च चलाउने पैसा छैन, छोरिहरुको लालनपोशण र शिक्षामा खर्च गर्ने पैसा छैन, कोहि बिरामी परियो भने उपचार गर्ने पैसा छैन, ब्यक्तिगत ऋण र ब्याज तिर्ने पैसा छैन, ब्यवसाइक कारोबारको return गर्ने पैसा छैन। सरकार तिमी सुनिदेउ मलाइ। मेरो दोस फगत यहि मातृभुमिमा केही गर्न खोज्नु मात्र रहयो। जतिसग कारोबार गरियो, सबैले लुटे। जिन्दगिको अन्तिम समयसम्म लुटिए, गत हप्ता दाङ बाट काठमाडौ को night bus मा टिकट काटेर हिडे, केही वर आएपछि थाहा भयो मैले लिएको seat अरु दुइजनालाइ पनि बेचेको रहेछ, महिलाहरु उभिने भए मनले मानेन छोडिदिए seat. जताततै लुट्छन हौ सरकार, कस्ले सुन्ने मलाइ? सरकार तिमि सुनिदेउ!!!!

बाच्ने रहर हुँदा हुँदै बाच्न सकिन। केही नयाँ गर्ने र उधारणिय बन्ने हुटहुटि हुँदा हुँदै बन्न सकिन। यो statement लेखिसकेपछी पनि २-४ जना सग share गरे, बाच्न चाहे। सहयोग को आश्वासन पाए तर फगत आश्वासन मात्र रहयो। कसलाइ share गरे गर्भमै रहोस! वहाहरुले सार्बजनिक गर्नुभयो भने वहाहरुकै कुरा। सबै उपाय लगाइसकेपछी पनि केही नभएपछी यो निर्णय लिएको हु। रोए धेरै रोए एकान्तमा। आँसु रितिए, आशा रितिए, सम्बन्ध रितिए। सबैभन्दा ठूलो पैसा रितियो, धन रितियो, र सायद अब मलामी पनि रितिए, मेरो लास उठाउने पनि कोहि हुदैनन होला, किनकी म कंगाल भए धन सबै सकियो। छोरिहरुसग रमाउने चाहाना थियो, उनिहरुलाइ असल नागरिक बनाउने चाहाना थियो, श्रीमतिलाइ सदा अगालोमा राख्ने चाहाना थियो सबै चाहानामै सिमित भयो। कहाँ जानू? कसलाइ भन्नू? अगाडि केही देखिन मर्नु सिबाय। मलाइ माफ गर्नुहोला!!!

मेरो सालो भाइ मनोज, भतिजा छोराहरु कृष्ण, किरण कपडाको ब्यपार गर्छन् । इटहरी र बिर्तामोड मा। उनिहरु पनि बारम्बार भन्ने गर्छन् बजारमा पैसा फस्छ, २-४ करोड retail पसलमै बाकी उठाउनु छ भन्छन् । तिमिहरुको पैसाले ती retail पसल खोल्दिनुपर्ने? जो कोहि उद्यमी/ब्यपारी तेसै भन्छन् । मेरा साडु दाजु ठेकेदार हुनुहुन्छ बिद्युतिय substation निर्माण र लाइन बिस्तारको ठेक्का लिनुहुन्छ। वहाँ पनि भन्ने गर्नुहुन्छ, ठेक्का त पाइन्छ तर बर्शौ आफ्नो पैसाले निर्माण धान्नु पर्छ। ए सरकार तिम्रो बिकासको काम पनि जनताले उधारोमा गर्दिनुपर्ने? किन पैसा दिदैनौ समयमा? किन आवाज उठ्दैन कोइबाट? कसै न कसैले initiate गरौं न। यो देशको उधारो बजारको जालो चिर्नै पर्छ। सरकारले त्यतिकै सुन्दैन। तिमी सुन सरकार, मेरो बलिरहेको शरीर हेर, केही त महसुस गर। सरकार यी र यस्तै जनजिबिकाका मुद्दा उठाउ, जनताको जीवन सरल र सहज बनाउ।

मेरो देश जहाँ, गरिब भनिएका जनताको पैसाबाट/निक्षेपबाट पैसाकै व्यापार गरेर बैंकहरु एकै बर्षमा १० अरब कमाउछन, मेरो देश जहाँ सरकारी मुफ्तको औसधि नस्ट गरेर निजि medical का महँगो औषधि जनतालाइ किनाउछन, मेरो देश जहाँ सरकारी शिक्षक/कर्मचारी हरु आफैले पढाउने गरेको/नियमन गर्ने गरेको बिद्यालय मा बिस्वास नलागेर निजि बिद्यालयमा छोराछोरी पढाउछन, मेरो देश जहाँ जनता जिउन चाहिने आधारभुत बस्तुहरुमा सरकारको पहुच नै छैन, ब्यपारी र बिचौलियाको लुट्तन्त्र छ, उनिहरुकै रजगज छ, मेरो देश जहाँ ठुलालाइ चैन र सानालाइ मात्र ऐन छ, मेरो देश जताततै दुखेको छ, मेरो देश गाउँ -गाउमा रोएको छ, हरेक किसानको घरमा रोएको छ, महत्वाकांक्षी युवाको मनमा रोएको छ, गरिबको दिलमा रोएको छ, बिरामिको दिमागमा रोएको छ, मेरो देश पिल्सिएको छ। केही गर सरकार, केही गर!!!!

प्रचण्ड तिमिले १७ हजार मार्ने गरि जनयुद्ध गरेउ। देशमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता ल्याएउ। संविधान सभा मार्फत देशमा नयाँ संविधान जारी गरेउ तर म जस्ता केही गर्छु भन्ने युवालाइ देशमा केही गर्नै नसक्ने बनायौ। तिमिलाइ थाहा छ? यदि युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान जस्ता देशहरुले सजिलै नेपालिलाइ भिसा दिने भए यो देशमा कोहि रहनेछैन। तिम्रो देश खाली हुनेछ। अनि रित्तो देशको प्रधानमन्त्री बन्नु। र ती १७ हजार सहिदलाई शासन गरेर बस्नु।

तिमिलाइ थाहा छ सरकार? अहिले उद्योगि /ब्यवसाइहरु बैंकबाट ८-९% मा लिएको ऋण को ब्याज बढेर १२-१५% सम्म तिरिरहेका छन् । अनि अर्को कुरो त्यही बढेको १२-१५% बैंक ब्याज तिर्न २४-३६% सम्म ब्यक्तिगत ऋण लिएर तिरिरहेका छन्। बैंकले छोड्दैन/सुन्दैन । अनि काहा पुग्यो देशको उद्योग ब्यपार? अनि अर्को लुप्त सत्य, सानो ब्यवसाय गर्न देशका कुनै पनि सहरमा खाली सटरको लाखौं deposit लिन्छन् घरधनिहरु, बिना ब्याज ब्य्वसाइको पैसा deposit राख्छन् । तर घर बाहाल कर पनि तिर्दैनन। ब्य्वसाइ कसरी बाच्छ? यस्तै अवस्था रहिरहने हो भने हाम्रो देश कंगाल हुँदै छ। कोहि त आवाज उठाउनु होस! देशमा जताततै आर्थिक मन्दिको हावा चलेको छ। म कसरी अछुतो रहुला र त्यस्बाट? यो सब उधारो बजार, अबैज्ञानिक कर नीति, पुजि पलायन, शून्य प्राय बिदेशी लगानी, पुजि घर जग्गा र शेयरमा freeze आदिले आएको समस्या हो। केही गर सरकार।

जादा जाँदै नेपाल सरकार सग निम्न मागहरु राख्दै, त्यो पूरा होस भन्ने अपिल सहित, यो शरिरलाइ अग्निकुण्डमा समाहित गर्दैछु। सबैमा अपिल! यो देश गरि खान लायक बनोस, बस्न लायक बनोस्, मेहेनत गर्नेको भलो होस, सबैको फलोस फुलोस। र अन्त्यमा मैले गरेको यो आग्रह सबैसामु पुगोस, बिस्वले पनि सुनोस। मेरो क्रान्ती हो यो। मैले माथी उल्लेख गरेका कुनैपनि भोगाइहरु, कारोबारहरु, हण्डरहरु गलत रहेछन भने त्यसलाइ प्रमाणित गर्न म चुनौती दिन्छु। माथी उल्लेखित कुनैपनी समस्याहरु ब्यक्तिगत होइनन् , सबैले भोग्दै आएका रास्टृय समस्या हुन, किन कोहि बोल्नुहुन्न? मेरो आवाज सुनिदिनुहोस। म आफैलाइ मात्र मार्दैछु। अरुलाइ नोक्सान पुर्याउने छैन। यो अपिल सरकारले महसुस गर्नेगरी सुनाउदैछु।

मेरो देश गर्व गर्न लायक बनोस, बिदेसिएका लाखौं युवाहरुले यहि देशमा केही गर्न सकुन भन्दै निम्न मागहरु नेपाल सरकारसामु राख्दै, यो शरीर सुन्दर देश नेपाल बनोस भन्ने कामना सहित बलिदान दिदैछु!!!!! अल बिदा!!!!!

१. रास्टृय उत्पादनमा vat शून्य गर। आयातित बस्तुमा बरु २०% लगाउ। उपभोग्य बस्तुमा मुल्यबृद्धिको प्रमुख कारण VAT हो।

२. Buyers Pay First जस्तो आकर्षक बजार क्रय बिक्रय नीति लागू गर सरकार। उधारो बजारको अन्त्य गर। यहाँ निमुखा उत्पादक/supplier ले भाटभटेनी, big mart, Dabur Nepal, जस्ता ब्यापारिक डनहरुलाइ पाल्नु परिरहेको छ। उधारोमा उनिहरुलाइ सामान दिइरहनुपरेको छ र त्यै सामान बेचेर पैसा अन्यतिरै (share, जग्गा) आदिमा घुमाएर बैंकमा मुद्दती खोली ब्याज खाइवरी अनि अन्य थप मुनाफा कमाइवरी मात्र उत्पादक/supplier लाई बल्लतल्ल दिन्छन् तबसम्म उत्पादक/supplier, ऋणले, ब्याजले, operating capital shortage ले मरिसकेका हुन्छन् । धनी पैसाले नै उक्लेको उक्लै, गरिब थिचिएको थिच्यै।

३. Higher the Profit – Lower the Tax Rate कर नीति लागू गर। धेरै नाफा गर्दा करको दर घट्ने हुनाले सबै उद्योगी/ब्यपारी धेरै नाफा गर्ने तर्फ लाग्नेछन।

४. Land Leasing प्रणाली लागू गर। जग्गा जमिन पुस्तौसम्म हस्तान्तरण गरिने हुँदा नेपाली जनताहरु अल्छे भएका हुन। एक जमिनको स्वामित्व एक ब्यक्तिलाइ ५० बर्ष सम्मलाइ मात्र देउ।

५. Banking Mortgage Valuation प्रणाली परिवर्तन गर। सहरका अनुत्पादक जग्गाले जति नै valuation गाउका उत्पादक जग्गाले पनि पावोस। शहरका ४ आना जग्गा बैंकमा राख्दा त्यो नबेची पैसा आउदैन। तर गाउका उत्पादनशिल जग्गाले आम्दानी दिइरहन्छ, फसल र उत्पादनले पैसा आइरहन्छ र बैंक ऋण तिर्ने आधार बढी हुन्छ।

६. सबै बाहालका घर लाई करको दायारामा ले। महिनाको १०,०००/- तलब खाने कर्मचारीले चाहिँ १% TDS तिर्नुपर्ने तर सहरका महिनाको लाखौं घर बाहाल उठाउने घरहरुले कर नतिर्दा हुने? तिमिलाइ थाहा छ सरकार? घरबाहाल तिरी हाले पनि भाडावालालाइ तिराउछन। तिम्रो धेरै राजस्व घर बहालमा चुहावट भैरहेको छ।

७. भाट्भटेनी, BIG MART, पतन्जली, डाबर नेपाल, युनिलिभर, जस्ता ठुला औद्योगिक तथा ब्यापारिक घरानाले नेपालको बजार कब्जा गरेका छन नियमन गर सरकार। उनिहरुले जसो भन्यो बजार तेतै जान्छ। तिमिलाइ थाहा छ सरकार? आफ्नो कम्पनी profile high बनाउनलाइ रास्टृय-अन्तर्राष्ट्रिय कम्पनी हरुले भाटभाटेनीमा आफ्नो सामानको उपस्थिती देखाउछन, उसलाइ उच्च margin दिएर, बरु घाटा नै सहेर। तर बाहिरी बजारमा त्यही सामान कम margin मा अझ भाटभटेनी लाई दिदाको घाटा पुर्ती हुनेगरी बेच्छन् र दैनिक उपभोग्य सामानको मुल्यबृद्धी भैरहेको छ।

८. दर्ता नगरी खुलेका online पसल हरु सब बन्द गर्दे सरकार। कि बैधानिक दर्ता भै कर तिरेको हुनुपर्यो।

९. वैदेशिक रोजगारमा official visa मा जान चाहाने लाई श्रम स्वीकृती को लफडा लनगा सरकार। तिमिलाइ थाहा छ? खाडिमा महिनाको लाखौं कमाउन सकिने visa मा त्यहाका कम्पनीहरुले demand र embassy attestation को लफडा गरि रहदैनन। जस्ले गर्दा पढेलेखेका skilled युबाहरु लाखौं कमाउन सकिने खाडिको जागिर बाट बन्चित भैरहेका छन। सरकार तिम्रो श्रम कागज नेपालको airport मा देखाउने एउटा खास्टो मात्र हो, अनि दलाल पोस्ने official घुस, त्यति हो श्रम document. अनि पत्र पत्रीका मा आउने डिमाण्ड फगत देखाउनलाइ मात्र हो manpower हरुको, राम्रो तलब र सुबिधा भएको माग मा manpower लाई सम्पर्क गर्यो भने, त्यो त देखाउनलाइ छापेको भन्छन सिधै, थाहा छ सरकार तिमिलाइ?

१०. अनुदान र subsidy प्रणाली को सबै पुरानो file निकाल सरकार, कति भ्रस्टाचार भएको रहेछ थाहा पाउछस। गर्नेलाइ हर तरहको प्रोत्साहन, अनुदान मिलोस। कागज पत्रमा सिमित कम्पनिहरुलाइ मात्र होइन। यहाँ अनुदानका लागि proposal लेखिदिने, कागजपत्र दरिलो बनाइदिने, केही दिनलाइ भाडामा अनुगमनका लागि फर्म देखाइदिनेको झुण्ड नै छ यो देशमा।

११. बिचौलियाको अन्त्य गर सरकार। देशका सबै पालिकाहरु लाई एकै ठाउमा भेट गराउने गरि पालिका बजार नामक online national web server को बिकास गर सरकार। जहाँ सम्बन्धित पालिकाको कृषि तथा औद्योगिक उत्पादनको बिबरण हुने छ मुल्यसहित। नेपाल भित्र कुन पालिकामा के उपलब्ध छ र कुन पालिकालाइ के चाइहेको छ, demand and supply command त्यहिबाट हुने गरि ब्यवस्था मिला सरकार। बिचौलिया सब चट हुनेछन् ।

१२. यहाँ अलैंची भारत बेचेर imported cardamom dust किनेर खान्छन नेपाली उपभोक्ता, अदुवा बोरामा भारत बेचेर imported ginger paste किनेर खान्छन, इलामको orthodox green tea, black tea बोरामा कलकत्ता बेचेर imported lipton चिया खान्छन् । यी सबै चिजहरु नेपाली ब्राण्डमै नेपाली बजारमा पाइयोस् । नेपाली ब्राण्डमै बिस्वमा निर्यात होस। बिस्वले हाम्रा उत्पादन चिनुन। त्यतातिर लाग सरकार।

१३. गाजा खेतिले बैधानिकता पाओस। गाजा र त्यसको बोटबाट बन्ने सामानको बिस्व बजारमा धेरै माग छ। देश २-४ बर्शमै समृद्ध हुनेछ।

१४. शिक्षा, स्वस्थ, सार्बजनिक यातायातमा निजिकरण दुरुत्साहित गर सरकार। यी राज्यले जनतालाइ दिनुपर्ने आधारभुत सेवा हुन। सबैको पहुचमा सरल र सहज तरिकाले यी बस्तु तथा सेवा उपलब्ध गरा सरकार। यो देशमा बिरामी परियो भने उपचार गर्ने पैसा नभएर मर्नु पर्छ सर्बसाधारण।

१५. सरकारी कर्मचारी, शिक्षक आदिलाइ घर पायक जागिर नभएमा अनिबार्य आवास सुबिधा उपलब्ध गरा सरकार। तिमिलाइ थाहा छ? एउटा सरकारी अधिकृतले सहरमा बसि जागिर खादा आवास, बच्चाको शिक्षा, औसधि उपचार आदि गर्न महिनाको ४०-४५ हजार तलबले पुग्दैन। अनि भ्रष्टाचार नगरेर के गरोस त?

१६. सार्बजनिक खरिद ऐन मा व्यापक सुधार गर सरकार। जस्ले थोरै कबोल गर्छ उस्लाइ ठेक्का होइन। जस्ले बैज्ञानिक र आधुनिक बिकास अवधारणा अनुसार आफै बजेटिङ गरेर ठेक्का प्रस्ताब गर्छ उसलाइ बिकास निर्माणको ठेक्का दिने गर सरकार।

१७. भ्रष्टाचार, जघन्य हत्या र बलात्कार आदिमा मृत्युदण्ड सम्मको सजाय हुने ब्य्वस्था लागू गर संसद।

१८. जातिय आरक्षणको अन्त्य गरि किसान र गरिबलाइ पहिचान परिचयपत्र मार्फत मात्र त्यस्ता आरक्षण प्रदान गर सरकार।

१९. भारतसगको खुल्ला सिमाना अन्त्य गर सरकार। कमसेकम भारतिय नागरिक नेपाल आउदा जहाँसुकैको boarder बाट on arrival visa निश्चित समयलाइ दिने गर र त्यस्को अभिलेख सधैं अद्यावधिक गर सरकार।

२०. आयात प्रतिस्थापन गरि सधै घरेलु उत्पादन र निर्यातलाइ प्रोत्साहान गर सरकार। उत्पादन वृद्धिमुखी कार्यक्रम आओस देशमा। उत्पादनमुलक उद्योगले हर तरहको प्रोत्साहन पाओस् सरकार।

२१. बचत तथा ऋण सहकारी तथा microfinance बन्द गर। तिमिलाइ थाहा छ सरकार? हाम्रो देशको ६०% पैसा बचत तथा ऋण सहकारी मार्फत परिचालित छ, ४०% मात्र निजि तथा सरकारि बैंक मार्फत परिचालित छ। सहकारिको अवधारणा कृषि सहकारी, उद्योग सहकारी, आदिमा मात्र लागू गर।

२२. बिकास खर्च जनताले राज्यलाइ दिएको करबाट गर्ने हो। बिकास साझेदारिको नाममा फेरि पुर्बाधार बिकास हुने ठाउको उपभोक्ताबाट २५% रकम उठाइने गरिएको छ, त्यो बन्द गर सरकार।

२३. कक्षा ६ देखि नै “उद्यमशिलता – entrepreneurship” बिसयलाइ बिद्यालय शिक्षामा अनिवार्य गर सरकार। जिवनयापन गर्न, पैसा कमाउन सीप र कला नै चाहिन्छ।

२४. सरकारी कर्मचारी/शिक्षक/सस्थानका कर्मचारी/जनप्रतिनिधि/साम्सद/मन्त्री/प्रधानमन्त्री सबैका छोराछोरी अनिबार्य सरकारी/सामुदायिक स्कुल/कलेजमा पढाउनुपर्ने नियम तत्काल लागू गर सरकार।

२५. बैंक ऋणको ब्याजदर ७% भन्दा कहिले माथी नउठ्ने गरि सिमित गर सरकार। तिमिलाइ थाहा छ? देशको पैसा जति सबै ठुला ब्यपारिको हातमा छ र देशका अधिकाम्स बैंकमा तिनै ठुला ब्यपारिको लगानी छ। मुद्दतीमा धेरै ब्याज लिन उनिहरुले नै रचेको बैंकको ब्याजदर वृद्धि हो ऐले।

ब्यवस्था परिवर्तन धेरै गर्यौ यो देशमा। धेरै क्रान्ती गर्यौ, जनयुद्ध लडेउ, जनआन्दोलन गर्यौ, जनता मार्यौ। अब जनताको अवस्था परिवर्तन गर। यी र यस्तै दैनिक जनजिबिकाका मुद्दा, राज्य संचालनका प्राबिधिक विषय मा केन्द्रित रहेर शासन गर सरकार। एउटा साधारण जनताले सहज तरिकाले उद्योग/ब्यपार गर्न सकोस, जागिर खान सकोस, खेतिकिसानी गर्न सकोस, सुखको श्वास फेर्न सकोस। देश बनाउनलाइ हावा गफले मात्र हुदैन, हेर्दा सानो/झिनोमसिनो देखिने सुक्ष्म कुराहरु तर जनताको जनजिबिकामा ठूलो असर गर्ने मुद्दाहरुमा ध्यान दे सरकर, हार्दिक अपिल!!!!

यदि कोही मेरो मागमा सहमत हुनुहुन्छ भने शान्तिपुर्ण ऐक्यबद्धता जनाइदिनु होला। आन्दोलन र हिम्सा मेरो देशले धेरै सह्यो, त्यता नलाग्नुहोला। सरकारलाइ झक्झकाइ रहनु होला। सम्झाइदिरहनुहोला। सुन्दर देशको कल्पना गर्दै मैले लिएको यो अभियान हो, यसलाइ मर्न नदिनुहोला। मलाइ राजनीतिमा लगाउने महानुभाबहरुलाइ आग्रह, मेरो अभियान लाई अगाडि बडाइदिनुहोला, सरकारलाइ झक्झकाइ रहनुहोला। यो देश दुखेको ठाउँमा मल्हम लगाइदिरहनुहोला।

नेपाल सरकार, देश चलाउने हुटहुटीमा सत्तामा पुग्नुभएका नयाँ पार्टी तथा नयाँ साम्साद, रबि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, सोबिता गौतम, गगन थापा, बिस्वप्रकास शर्मा, योगेश भट्टराई, तोसिमा कार्की, लगायत तमाम नयाँ अनुहार हरुलाइ बिन्ती, सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिस्पर्धा होइन, कसैले नदेखेको, तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुहोस, समाधान गर्नुहोस। यहाँहरु सबैलाई पुनः स्मरण गराउन चाहान्छु। निम्न बुदाहरु यहाँहरुको दिमागमा बसिरहोस!!!

१. BUYERS PAY FIRST
२. रास्टृय उत्पादनमा VAT शून्य।
३. LAND LEASING SYSTEM
४. HIGHER THE PROFIT, LOWER THE TAX RATE
५. शिक्षित MANPOWER वैदेशिक रोजगारमा जादा श्रम स्वीकृतिको झण्झट नगराइयोस। श्रम कागज भन्दा दरिलो foreign company ले दिएको offer letter र employment contract उनिहरुसग नै हुन्छ।
६. देशका सबै पालिकाहरु र उत्पादनहरु समेटिएको “पालिका बजार” नामक national web server को बिकास।
७. बाहालमा लाएका घरहरुलाइ अनिबार्य कर। घर बाहाल लिदा घरधनिले लिने deposit money गैरकानुनी हो, त्यसको अन्त्य।
८. स्वस्थ्य, शिक्षा र सार्बजनिक यातायात सहज र सरल।
९. BANKING MORTGAGE VALUATION नितिमा परिमार्जन।
१०. बचत तथा ऋण सहकारि, FINANCE CO. र MICRO FINANCE को खारेजी।
११. गाजा खेतिलाइ बैधानिकता।

स-धन्यबाद
यहि देशको एउटा सर्बसाधरण नागरिक।
प्रेम प्रसाद आचार्य सन्तोष
सुर्योदय-११, केराबारी, इलाम, प्रदेश १ नेपाल। हाल काठमाडौ ।

म मरे पनि मेरो देश बाचिरहोस!!!!
अल बिदा!!!

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

विद्योदयले स्वर्णमहोत्व मनाउने

दमक, विद्योदय आधारभूत विद्यालयले आफ्नो ५०औं वर्षगाठको अवसरमा स्वर्णमहोत्व मनाउने भएको छ । दमक–४ अडियामहलमा २०२९ सालमा स्थापना भएको विद्यालयले माघ १२ गते सरस्वती पूजाको दिन स्वर्णमहोत्सव मनाउने भएको हो ।

मंगलबार, विद्यालयले दमकमा पत्रकार भेटघाट गरेर स्वर्णमहोत्सव आयोजना सम्बन्धी जानकारी गराएको छ । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा दमकका व्यवसायी केन्द्र प्रसाईको संयोजकत्वमा स्वर्णमहोत्सव समारोह समिति गठन भएको छ । स्वर्णमहोत्वमा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यता रहने भएको छ ।

विद्यालयकी प्रधानध्यापक जयन्ती पौडेलले दमकको एउटा ग्रामिण क्षेत्रमा स्थापना भएर दमकमा शैक्षिक विकास र उन्नयनमा सामुदायीक विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताईन् । उनले समाज र राष्ट्र निर्माणमा र दमकको शैक्षिक जाँगरणमा समेत विद्योदय आधारभूत विद्यालयको योगदान र इतिहास बचाइ राख्न र आगामी समयमा विद्यालयलाई निरन्तर सञ्चालन गर्र्दै शैक्षिक विकासमा योजना निर्माणका लागि स्वर्णमहोत्सव विशेष कार्यक्रम भएको बताईन् ।

पत्रकार भेटघाटमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर खड्काले विद्यालयको ५०औं वर्षको अवसरमा विद्यालयका पूर्व प्रधानध्यापकहरु, पूर्र्व शिक्षकहरु, व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सदस्यहरु, विद्यालयलाई जग्गादाता, भवन निर्माणमा सहयोग गनर््ुहुने आर्थिक तथा भौतिक सामाग्रीहरु उपलब्ध गराउने दाताहरु लगायतका सामाजिक व्याक्तित्वहरुलाई स्वर्णमहोत्सवमा मान, सम्मान, पुरुस्कार र अभिनन्दन गरिने जानकारी दिए ।

यता, स्वर्णमहोत्सव तयारीका लागि विद्यालयका पूर्व अध्यक्ष तथा दमकका व्यवसायी केन्द्र प्रसाईको संयोजकत्वमा स्वर्णमहोत्सव मूल तयारी समिति गठन भएको छ । त्यस्तैं, प्रचार प्रसार उपसमिति विद्यालयकी प्रधानध्यापक भगवती पौडेल, अतिथी सत्कारतर्फ बलभद्र कोइराला, सिलालेखतर्फ बिमल निरौला, स्मारिका प्रकाशनतर्फ विद्यालयका पूर्व शिक्षक तथा साहित्यकार नरपति पाण्डे लगायत मञ्च व्यवस्थापन, स्वयसेवक, साँस्कृतिक कार्यक्रमको लागि उपसमितिहरु गठन गरिएको पत्रकार भेटघाटमा जानकारी गराइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काका अनुसार विद्यालयले कक्षा ८ देखि १० सम्म सञ्चालनका लागि योजनाहरु अघि बढाइएको छ । दाताहरुले विद्यालयमा फर्निचरका सामाग्रीहरु, कम्पुटर र प्रोजेक्ट्रर उपलब्ध गराएको र अक्षयकोष स्थापना गरिएको छ, विद्यालयका प्रधानध्यापक पौडेलले बताईन् । उनले विद्यालयको शैक्षिक सुधार र कक्षा थप बृद्धिविकासको क्रममा हामी वडा कार्यालय, नगरपालिका र अभिभावकहरुसँग छलफल गरिरहेका बताइन् ।

विद्योदय आधारभूत विद्यालय २०२९ सालमा स्थापना भएको हो । कक्षा १ देखि ५ सम्म अध्ययन गराइरहेको विद्यालयमा २०५८ देखि ५ देखि ८ सम्म सञ्चालन गरिएको छ ।

हाल, विद्यालयमा २०५ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा प्रायः धिमाल समुदायका बालबालिकासहित अध्ययनरत छन् । कक्षा १ अघि बाल कक्षाका शिक्षक–शिक्षिकासहित विद्यालयमा हाल १२ जना शिक्षक तथा शिक्षिकाहरु कार्यरत छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

निःशुल्क लोकसेवा तयारी कक्षा सम्बन्धी दमक नगरपालिकाकाे सूचना

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

‘सहकारी अभियान अनुशासनमा रहनुपर्छ ’

काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी अभियान र अभियन्ताले कठोर अनुशासनमा रहनुपर्ने भएकाले कानुनको परिपालनामा सदा सचेत रहन आग्रह गर्नुभएको छ ।

अर्थतन्त्रको एउटा भरोसायोग्य खम्बा सहकारी भए पनि अहिले धेरै समस्याबाट जकडिएको बताउँदै उहाँले केही सहकारीले बचतकर्ताहरूको बचत फिर्ता नगर्ने र अर्थतन्त्रका नियम पालना नगरेका गुनासा आउने गरेको उल्लेख गर्नुभयो ।

सचिव रेग्मीले भन्नुभयो, “बचतकर्ताको रकम असुरक्षा गर्ने सहकारी संस्था दण्डित गर्ने सिलसिलामा सहकारी सङ्घ र महासङ्घको सकारात्मक सहयोग हुनु आवश्यक छ ।”

 

एसियाली सहकारी ऋण महासङ्घकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोक्के र प्राविधक अधिकृत प्रमुख रञ्जित हित्तराचीसँगको भेटमा उहाँले बचतको सुरक्षा र अभियानले सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सकारात्मक रहनुपर्नेमा जोड दिनुभयो । एलिनिता र रञ्जितले नेपालको सहकारी अभियानलाई भरोसायोग्य बनाउन पछिल्लो समय भएको प्रयासको प्रशंसा गर्दै त्यसमा एसियाली सहकारी ऋण महासङ्घको सकारात्मक सहयोग रहने विश्वास दिलाउनुभयो ।

सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीलाई सम्पत्ति शुद्धीकरणमुक्त बनाउन र बचतकर्ताको बचत सुरक्षा गर्न मन्त्रालय र विभाग क्रियाशील रहेको बताउनुभयो ।

 

नेफ्स्कुनका अध्यक्ष पारितोष पौडेलले वित्तीय सहकारिताको आगामी कार्यदिशा सुरक्षित र शुद्ध सहकारी अभियान भएको धारणा राख्नुभयो । नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेलले बचतकर्ताको बचतको सुरक्षा र सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि नेफ्स्कुनले काम गरिरहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका महाप्रबन्धक चित्रा थाम्सुहाङ्गले बचतकर्ताको बचतको सुरक्षा नगर्ने सहकारीलाई कानुनी दायरामा ल्याउन महासङ्घले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्