विश्व क्यान्सर दिवसको अवसरमा दमकमा अन्तरकृया

0
135

विश्व क्यान्सर दिवसको अवसर पारेर दमक नगरपालीकामा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

नगर उप प्रमुख रेगिना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले समयमै पहिचान भए क्यान्सर निको हुने बताएका थिए । क्यान्सरबाट जोगिन खानपान र जिवनशैली सकारात्मक बनाउनु पर्नेमा सरोकार वालाले जोड दिएका थिए ।
कार्यक्रममा आम्दा अस्पताल दमकका डा. नविन ढकालले समय समयमा स्वास्थ्य परिक्षण गर्ने र सकारात्मक जिवनशैली अपनाउनाले क्यान्सरबाट जोगिन सकिने बताउनु भयो । त्यसै गरी दमक अस्पतालका महिला तथा प्रसुति रोग बिषेशज्ञ डा. दिप्ति कुवँरले दमक क्षेत्रका महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको जोखिम अधिक देखिएको बताउनु भयो ।

यसै आर्थिक बर्षको ६ महिना भित्रमा संकास्पद २ सय जनाको परिक्षण गर्दा २५ जनामा क्यान्सरको सुरुवाती अवस्था देखिएको भन्दै उहाँले २४ जनाको प्रारम्भिक उपचारबाटै निको भएको र एक जनामा भने क्यान्सर पोजिटिभ देखिएकोले उपचार गर्नु परेको जानकारी दिनुभयो ।

कार्यक्रममा सहजिकरण गर्दै दमक अस्पतालका जनश्वास्थ्य निरिक्षक बद्रि बरालले क्यान्सरलाई अत्यन्तै जटिल प्रकारको रोग भनेर प्रचार गरिँदा बिरामीको आत्मबल कमजोर भएर मृत्यु हुने गरेको बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएकी नगर उप प्रमुख रेगिना भट्टराईले आफु निर्वाचित भएर आए पछि सबै भन्दा पहिला महिलाको पाठेघरको मुखको क्यान्सरको सुरुवाती उपचारमा प्रयोग गरिने मेसिन थर्मोकोबिलेटर दमक अस्पताल र आम्दा अस्पतालमा उपलब्ध गराईएको बताउनु भयो । उहाँले क्यान्सर पनि अरु सामान्य रोग जस्तै समयमै उपचार गरे निकोहुने भन्दै बिरामीको मनोबल बढाउनु पर्ने बताउनु भयो ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here