दमकमा बन्दै CTEVT प्राविधिक शिक्षालयको भवन

0
97

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षा अध्ययनका लागि विदेश जानु पर्ने अवस्थाको अन्त्य हुने बताउनु भएको छ । झापाको दमक ४ मा शुक्रबार प्राविधिक तथा व्यवसायीक तालिम परिषदको आंगिक प्राविधिक शिक्षालय भवनको शिलान्यासका क्रममा उहाँले सो बताउनुभयो ।

अब जीवन र जिविकासँग जोडिएको शिक्षालाई सर्वसाधारणको पहुँचमा पुर्याउनु पर्नेमा जोड दिँदै उहाँले प्रमाण पत्र मात्र पाउने शिक्षाले जीवनलाई परिवर्तन गर्न नसक्ने पनि बताउनुभयो । आफ्नो गृहनगरमा निर्माण हुने सो भवनको शिलान्यास कार्यक्रममा अध्यक्ष ओलीले यहाँका सवै विकास, आवश्यकता र योजनाहरुका बारेमा आफु जानकार रहेको र बाँकि आवश्यकता पूर्तीमा पनि लागि रहेको उल्लेख गर्नु भयो । शिक्षालय भवन सम्म आउने सडक कालोपत्रे अब तुरुन्तै हुने भन्दै कसैले रोक्न चाहेर पनि त्यो योजना नरोकिने उहाँले बताउनुभयो । सो क्रममा ओलीले शिक्षालयको भवन तोकिएकै समयमा पूरा गर्न समेत निर्देशन दिनु भयो भने भवन निर्माणका लागि जग्गा दान गर्ने दाताहरुलाई सम्मान समेत गर्नु भएको थियो ।

कार्यक्रममा दमक नगरपालिकाका नगरप्रमुख राम थापाले केहि योजनाहरु निर्माण शुरु भएर पनि निर्माण व्यवसायीको ढिलासुस्तीले पूरा हुन नसकेको बताउनुभयो । उहाँले पूर्व प्रधानमन्त्री ओली समक्ष त्यस्ता योजनाहरुको निर्माणलाई तिव्रता दिने वातावरण बनाई दिन समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की, संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी, सिटीईभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, सदस्य सचिव जीवनारायण काफ्ले लगायतको उपस्थिती थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here