विद्योदयले स्वर्णमहोत्व मनाउने

0
85

दमक, विद्योदय आधारभूत विद्यालयले आफ्नो ५०औं वर्षगाठको अवसरमा स्वर्णमहोत्व मनाउने भएको छ । दमक–४ अडियामहलमा २०२९ सालमा स्थापना भएको विद्यालयले माघ १२ गते सरस्वती पूजाको दिन स्वर्णमहोत्सव मनाउने भएको हो ।

मंगलबार, विद्यालयले दमकमा पत्रकार भेटघाट गरेर स्वर्णमहोत्सव आयोजना सम्बन्धी जानकारी गराएको छ । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा दमकका व्यवसायी केन्द्र प्रसाईको संयोजकत्वमा स्वर्णमहोत्सव समारोह समिति गठन भएको छ । स्वर्णमहोत्वमा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यता रहने भएको छ ।

विद्यालयकी प्रधानध्यापक जयन्ती पौडेलले दमकको एउटा ग्रामिण क्षेत्रमा स्थापना भएर दमकमा शैक्षिक विकास र उन्नयनमा सामुदायीक विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताईन् । उनले समाज र राष्ट्र निर्माणमा र दमकको शैक्षिक जाँगरणमा समेत विद्योदय आधारभूत विद्यालयको योगदान र इतिहास बचाइ राख्न र आगामी समयमा विद्यालयलाई निरन्तर सञ्चालन गर्र्दै शैक्षिक विकासमा योजना निर्माणका लागि स्वर्णमहोत्सव विशेष कार्यक्रम भएको बताईन् ।

पत्रकार भेटघाटमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर खड्काले विद्यालयको ५०औं वर्षको अवसरमा विद्यालयका पूर्व प्रधानध्यापकहरु, पूर्र्व शिक्षकहरु, व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सदस्यहरु, विद्यालयलाई जग्गादाता, भवन निर्माणमा सहयोग गनर््ुहुने आर्थिक तथा भौतिक सामाग्रीहरु उपलब्ध गराउने दाताहरु लगायतका सामाजिक व्याक्तित्वहरुलाई स्वर्णमहोत्सवमा मान, सम्मान, पुरुस्कार र अभिनन्दन गरिने जानकारी दिए ।

यता, स्वर्णमहोत्सव तयारीका लागि विद्यालयका पूर्व अध्यक्ष तथा दमकका व्यवसायी केन्द्र प्रसाईको संयोजकत्वमा स्वर्णमहोत्सव मूल तयारी समिति गठन भएको छ । त्यस्तैं, प्रचार प्रसार उपसमिति विद्यालयकी प्रधानध्यापक भगवती पौडेल, अतिथी सत्कारतर्फ बलभद्र कोइराला, सिलालेखतर्फ बिमल निरौला, स्मारिका प्रकाशनतर्फ विद्यालयका पूर्व शिक्षक तथा साहित्यकार नरपति पाण्डे लगायत मञ्च व्यवस्थापन, स्वयसेवक, साँस्कृतिक कार्यक्रमको लागि उपसमितिहरु गठन गरिएको पत्रकार भेटघाटमा जानकारी गराइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काका अनुसार विद्यालयले कक्षा ८ देखि १० सम्म सञ्चालनका लागि योजनाहरु अघि बढाइएको छ । दाताहरुले विद्यालयमा फर्निचरका सामाग्रीहरु, कम्पुटर र प्रोजेक्ट्रर उपलब्ध गराएको र अक्षयकोष स्थापना गरिएको छ, विद्यालयका प्रधानध्यापक पौडेलले बताईन् । उनले विद्यालयको शैक्षिक सुधार र कक्षा थप बृद्धिविकासको क्रममा हामी वडा कार्यालय, नगरपालिका र अभिभावकहरुसँग छलफल गरिरहेका बताइन् ।

विद्योदय आधारभूत विद्यालय २०२९ सालमा स्थापना भएको हो । कक्षा १ देखि ५ सम्म अध्ययन गराइरहेको विद्यालयमा २०५८ देखि ५ देखि ८ सम्म सञ्चालन गरिएको छ ।

हाल, विद्यालयमा २०५ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा प्रायः धिमाल समुदायका बालबालिकासहित अध्ययनरत छन् । कक्षा १ अघि बाल कक्षाका शिक्षक–शिक्षिकासहित विद्यालयमा हाल १२ जना शिक्षक तथा शिक्षिकाहरु कार्यरत छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here