सुन्दर समाज नेपालकाे स्थापनाकाे एक वर्ष पुरा, थप सामाजिक काममा लागि पर्ने

0
346

दमक, २६ पुष /झापाको दमकमा महिला अधिकार र समग्र समाज सेवा गर्ने उदेश्यले स्थापना भएको सुन्दर समाज नेपालले शुक्रबार पारिवारिक बनभोज कार्यक्रम गरेको छ । इलामको चुलाचुली गाउँपालिकाको पर्यटकीयस्थल चपेटीमा संस्थाले आफ्नो एक बर्षे कार्यवधी पुरा गरेको अवसरमा पारिवारिक बनभोज कार्यक्रम गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२० स्वागत गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनमाा जोड दिदैं बनभोज कार्यक्रम आयोजना गरिएको हाे ।  संस्था ले हाल सम्म बिभिन्न सेवा मुलक काम गरी सकेकाे र आगामी दिनमा पनि यस्ता काम गर्दै जाने  समाजकी अध्यक्ष रुपा सेलिङले बताईन् । अध्यक्ष सेलिङका अनुसार दैनिक व्यस्तताको समयलाई एक दिन मनोरञ्जन बनाउन पनि बनभोज कार्यक्रम गरिएको हो ।

सो अवसरमा सहभागिहरुले मनोरञ्जनात्मक गीत, संगीत, नृत्य प्रस्तुत गर्नुका साथै कविता, गजल, प्रहसन र रमाइला चुटकिलाहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा पत्रकार जीवन चुडाल, गोविन ल्वागुन, टीकाराम उपे्रती, कृष्णचन्द्र सेलिङ केसी, भूमिराज पराजुलीको उपस्थिति थियो । त्यस्तैं, दमकका युवा समाजसेवी अर्जुन राई, राज ताजपुरिया र मिलन जोशीको समेत सहभागिता थियो ।

संस्थाका अध्यक्ष रुपा सेलिङको अध्यक्षता र संस्थाकी उपाध्यक्ष बिन्दु (लक्की) सिटौलाले स्वागत मन्तव्य राखेकी कार्यक्रममा महासचिव गंगा ढकालले सञ्चालन गरेका थिइन् ।

कार्यक्रममाा संस्थाकी बरिष्ठ उपाध्यक्ष जमुना रार्य शेर्माको प्रतिनिधि भाई अर्जुन राई, संस्थाकी सचिव मनु साङपाङ राई, कोषाध्यक्ष झरना लक्सम, सदस्यहरु अनु ताजपुरिया, बिमु श्रेष्ठ जोशी, कुसुम खनाल ढुङ्गेलले सहभागिना जनाएकी थिइन ।

संस्थाले यसअघि, दमक लगायत झापा र मोरङको सामुदायीक बिद्यालय, बृद्ध आश्रम र बाल आश्रमहरुमा लत्ताकपडा, स्टेशनरी सामाग्रीहरु र उपभोग्य बस्तुहरु बितरण गरिसकेका छन् । त्यस्तै, दमकस्थित पब्लिक लाईब्रेरीमा पुस्तक तथा नगद सहयोग उपलब्ध गराईसकेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here