नेपाल चलचित्र संघको प्रदेश एक अध्यक्षमा चैतन्य बराल निर्वाचित

0
597

दमक, पाैष २६ / दमकका सफल व्यवसायी तथा पाथिभरा चलचित्र मन्दिर दमकमा व्यवस्थापक चैतन्य बराल नेपाल चलचित्र संघको प्रदेश नम्बर १ को अध्यक्ष चयन धएका छन् ।

शुक्रबार काठमाण्डौमा सम्पन्न संघको अधिवेसनले बराललाई प्रदेश सभापतीमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी समितिको उपाध्याक्षमा  म्याजिक सिनेमा झुम्का सुनसरीका सञ्चालक पर्शुराम चौधरी चयन भएका छन् । त्यस्तै सचिवमा गणेश टाकिज धरान सुनसरीका रंजिव श्रेष्ठ र कोषाध्यक्षमा झापा बुधबारेमा रहेको पुनम चित्र मन्दिरका केलव तामाङ्ग चयन भएका छन् ।

त्यस्तै समितिका सदस्यहरुमा गोरखा सिनेप्लेक्स धरानका हेमु थापा, सिटि सिनेमा मेचिनगर झापाका प्रज्वल घिमिरे र डि म्याक्स सिनेमा दमकका रेवत बस्नेत चयन  भए ।

उता  केन्द्रिय समितीमा  भने मधुसुधन प्रधान अध्यक्ष भएका छन्  र सदस्य हरूमा गाेपाल काजि कास्यब,मास्कर ठुङ्गाना, अर्जुन श्रेष्ठ, असाेक शर्मा, अाेम जैसी,कैलास ढकाल, गाबिन्द बहादुर साही, कपिल प्रसाद यु,कुबेर शर्मा, निरज कार्की,देबेन्द्र खड्गी,निरज गुप्ता,निरत्न मानन्धर,बिक्रम पराजुली रहेका छन्

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here