सुरक्षाकाे लागि वडा कार्यलयले बाड्याे साइरन र टर्च लाईट

0
690

दमक, पौष २१ /  झापाकाे  दमक नगरपालिका वडा नम्बर १ मा वडा कार्यलयले टर्च लाईट र साइरन बितरण गरेको छ ।

वडा कार्यलय ले आज एक कार्यक्रम गरी वडा भित्रका ओम शान्ती टोल, लुङधुङ टोल, हिमालय टोल, सुन्दर नगरी टोल, श्रजंगा टाेल, बरगाछी टोल र बुद्ध टोल गरी ७ वटा टोल बिकास सस्थाका अध्यक्षलाइ  टाेलकाे लागी एक एक थान साइसन, र दुइ दुइ थान टर्च लाईट बितरण गरेको छ ।

केही समय यता दमक को उतरी क्षेत्रमा हातीले दुख दिइरहेको र हाती खोलाको बाटो हुदै बस्तीमा पस्ने भएकाले  सतर्क रहनका लागी साइरन र टर्च लाईट बितरण गरीएको  र वडाले एक थान  टर्च लाईट वडा भित्र रहेकाे प्रहरी बिट लाइ र वडामै रहेकाे दमक अस्पताललाइ पनि एक थान  टर्च लाईट र  एक थान साइरन बितरण गर्न भएकाे  वडा अध्यक्ष  तारा प्रसाद अधिकारीले बताए ।

कार्यक्रममा बोल्दै वडा बिपत ब्यवस्थापन समितिका संयोजक तथा वडा सदस्य गिरी भक्त राइले खोलाको नजिक भएकोले वडाको पुर्वि क्षेत्रका सात वटै टोलहरुमा लागु औषध दुब्र्यवसनी, हाती आतकं र बर्खाको बेला नदी कटान बाट हुन सक्ने जोखिम बाट बच्न सहयोग पुग्ने भएकाले यसप्रकारको साइरन बितरण गरीएको बताए ।

वडा सदस्य गिरी भक्त राइल को अध्यक्षतामा भएको  कार्यक्रममा वडा अध्यक्ष  तारा प्रसाद अधिकारीकाे प्रमुख अतिथ्यता रहेकाे  थियाे ।  कार्यक्रमा स्थानिय टोल बिकासका अध्यक्ष, स्थानिय बासी को उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन स्थानिय समाजसेवी इक्शा नाल्बाेले गरेकी  थिइन ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here