प्रथम दमक–चुलाचुली फुटबल प्रतियोगिताकाे आय व्यय सार्वजनिक ( बिवरण सहित )

0
587

दमक, पाैष २१ / झापा दमक ३ मा गत असोजमा सञ्चालित प्रथम दमक–चुलाचुली कप नकआउट फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ ।

प्रतियोगिता आयोजक समितिले आज दमक ३ को वडा कार्यालयमा पत्रकार सम्मेलन गरि प्रतियोगिताबाट २ लाख ७० हजार ४ सय १६ रुपैयाँ बचत गर्न सफल भएको जनाएको हो । फुटबल प्रतियोगिता लागि विभिन्न सहयोगी दाताहरुबाट 11 लाख   ३२ हजार ९ सय २६ रुपैयाँ संकलन भएको र सोहि रकमबाट खैलमैदान व्यवस्थापन, पुरस्कार तथा अन्य विभिन्न शीर्षकमा  ८ लाख ६२ हजार ५ सय १०  रूपैयाँ खर्च भई बचत भएको २ लाख ७० हजार ४ सय १६ रुपैयाँ  बचत भएकाे  आय ब्याय सार्वजिनक कार्यक्रममा  जानकारी गराइयाे । उक्त रकममा थप गरि आगामी बर्ष समेत सो प्रतियोगितालाई थप स्तरिय बनाउँदै निरन्तरता  दिने आयोजक समितिका संयोजक कुमार गिरीले  बताए ।

दमक ३ का वडाध्यक्ष नविन बरालले प्रतियोगिता सञ्चालन गरिएको स्थल चुलाचुली आधारभूत बिद्यालयको चुलाचुली खेलमैदानलाई नगरस्तरीय खेलमैदान बनाउने योजना रहेको  जानकारी दिनु भयाे   उनले प्रतियोगिता सञ्चालनपछि बचत भएको सो रकम भने प्रतियोगिताको निरन्तरताका लागि खर्चिने र स्थानीय युवा तथा खेल प्रेमीहरुको चाहना भएकाले वडाको मातहतमा रहने वडास्तरीय खेलकुद समितिले आगामी बर्षपनि दमक चुलाचुली कप फुटबल प्रतियोगितालाई निरन्तरता दिन सहयोग गरिने  जानकारी दिए ।

प्रथम दमक–चुलाचुली कप नकआउट फुटबल प्रतियोगिताका पुरा आय व्यय हेर्न तालकाे काे लिकंमा हेर्नुहाेला 

दमक चुलाचुली कप काे अाय ब्याय बिवरण

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here