आफ्नै ग्राहक ठग्दै एनआईसी एसिया बैंक, बैंक पनि साथि पनि नारामै सिमित

0
432

झापा, पाैष २१ /  एनआईसी एसिया बैंकको दमक शाखामा एक महिला ठगिएकी छिन् । दमक नगरपालिका वडा नम्बर ३ बस्ने जमुना देवी लिम्बूको उक्त बैंकमा रहेको खाता नम्बर ३४००२९८३६६५२४००१ बाट किर्ते गरि रकम झिकेर बैंककै कर्मचारीले ठगी गरेको रहस्य खुलेको छ ।

साधारण लेखपढ गर्न समेत नजान्ने लिम्बूले बैंकमा रकम झिक्न जादा बैंकको कहिला कर्मचारीसंग सहायता मागेकी थिइन् । आफ्नो नाममा ३०००० को चेक काट्न आग्रह गरेर लिम्बूले ती महिला कर्मचारीलाई चेकबुक दिएकी थिईन् ।काउन्टरबाट पनि ३०००० हजार नै लिएकी लिम्बूले ५,३०००० निकालिएको थाहा पाएपछि घटना सार्वजनिक भएको हो ।ती महिला कर्मचारीले बैंकको अन्य कर्मचारीसंगको मिलेमतोमा ३०००० को अगाडि ५ थपि पाँच लाख रुपैया ठगी गरेको लिम्बूले जानकारी गराइन् ।

यति गरेर मात्र बैंकको कर्मचारीको ठगी यात्रा रोकिएन ।लिम्बूको चेकबुकबाट एउटा चेक निकाली उक्त महिला कर्मचारीले लिम्बूको सहि किर्ते गरि फेरि नगद १००००० रुपैयाँ निकालेको छिन् ।मिति २०७५|११|७ मा चेक नम्बर ००२३३५१४८७२३०१ बाट ५ लाख ३० हजार रुपैयाँ र मिति २०७५|१२|२४ मा चेक नम्बर ००२३३५१४८८२३०१ बाट नगद रु १ लाख रुपैयाँ निकालेको निज लिम्बूको वैदेशिक रोजगारीमा रहेका श्रीमानले थाहा पाएपछि घटना बाहिर आएको हो ।

हाल पीडित महिला लिम्बूले न्यायको लागि ईलाका प्रहरी कार्यलय दमकमा निवेदन दिने तयारीमा रहेको जानकारी दिएकी छन् ।यसै सन्दर्भमा एनआईसी एशिया बैंकको दमक शाखाका म्यानेजर तिर्थ प्रधानसंग कुरा गर्न खोज्दा उनले कुनै प्रतिक्रिया दिन चाहेनन् । साभार http://www.omkartimes.com

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here