हाम्राे बाल आश्रम लाइ लायन्य क्लब अफ दमक युनाइटेडले गर्याे अहिले सम्मकै ठुलाे सहयाेग

0
918

दमक, पौष २० / लायन्य क्लब अफ दमक युनाइटेडको १ सय ३ दिनको खाधान्न बितरण समाप्त भएको छ ।

झापाको दमक २ मा संचालमा रहेकाे हाम्रो बाल आश्रममा क्लबले गत  भदाै २४ गते देखि खाधान्न उपलब्ध गराएकाे थियाे । क्लबले  बुधबार  आश्रममा एक कार्यक्रम गरी १ सय ३ दिन काे खाधान्न बितरण कार्यक्रमकाे समापन गरेकाे छ । लायन्स क्बल अफ दमक माउन्ट एभ्रेस्ट अध्यक्ष  मनोज अग्रवाल  काे प्रमुख आतिथ्यमा भएकाे उक्त कार्यक्रममा  लायन्स क्बल अफ दमक इस्टर्न लायन्सका अध्यक्ष तुलसीराम तिम्सिना लायन्स क्बल अफ माउन्ट एभ्रेस्टका उपाध्यक्ष दिनेस अग्रवाल लायन्स क्लब अफ युनाइटेडका  प्रकास गजमेर, गाेपाल गजमेर,बिबेक श्रेष्ठ, साजन श्रेष्ठ, सबिन बुढाथाेकी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

साेही कार्यक्रममा लायन्स क्लब अफ युनाइटेडका  पुर्व अध्यक्ष उतम थापाकाे पहलमा संकलन गरीएकाे  ( १५०० डलर)  नेपाली १ लाख ६६ हजार २० रूपैया काे चेक लायन्स क्लब अफ युनाइटेड अध्यक्ष सन्दिप बस्नेत र लायन्स क्बल अफ माउन्ट एभ्रेस्ट अध्यक्ष  मनोज अग्रवालले आश्रमका सस्थापक सदस्य तुलसीराम तिम्सिना र सचिव साजन श्रेष्ठ लाइ हस्तान्त्रण गरेका थिए ।

नेपालमा रहदा पनि आश्रमलाइ  बिभिन्न क्षेत्रमा  सहयाेग गर्दै आएका थापाले  बिदेशमा रहदा समेत रकम संकलन गरेर पठाएकाे मा सबै खुलेर प्रशंसा गरे दुवै कार्यक्रम लायन्स क्लब अफ युनाइटेडका अध्यक्ष सन्दिप बस्नेत काे अध्यक्षतामा भएकाे  थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here