दमकमा नगरस्तरिय भजन किर्तन प्रतियोगिता सम्पन्न

0
555

दमक,  पाैष २० /झापाको दमकमा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको दमक नगर समितिले नगरस्तरिय भजन किर्तन प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतिष्ठानको केन्द्रिय कार्यालय परिसर दमक ५ मा शनिवार आयोजना गरिएको प्रतियोगितामा नगरका १० वटै वडाबाट एक /एक वटा किर्तन टोलीले सहभागिता जनाएका प्रतिष्ठानकी नगर सहसचिव सजु बुढाथोकीले जानकारी दिइन ।


प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रदेश सांसद अर्जुन राईको प्रमुख आतिथ्य रहेको थियो भने ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका केन्द्रिय अध्यक्ष सिताराम खतिवडाको विशेष आतिथ्य रहेको थियो ।  प्रतियाेगितामा  पाथिभरा भजन मण्डली प्रथम, नवदुर्गा किर्तन मण्डली दृतिय, मञ्चमुखी भजन कृतन मण्डली तृतिय र जलपादेवि कृतम मण्डली सान्वतना भएकाे  छ ।   आयोजक समितिका अध्यक्ष अमृत विष्टको सभापतित्वमा सञ्चालन भईरहेको प्रतियोगिताको निर्णायकहरुमा कमला खनाल, राम विष्ट र शिव नेपाल रहेकाे अध्यक्ष अमृत विष्ट जानकारी दिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here