दमक ३ का दुइ सामुदायिक विद्यालयमा न्यानो कपडा वितरण

0
367

दमक, पाैष १८ / झापाको दमक –३ का दुइ सामुदायिक विद्यालयमा अध्ययनरत १ सय ८५ जना बालबालिकाहरुलाई नगरपालिका र वडा कार्यालयको सहयोगमा न्यानो कपडा वितरण गरिएको छ ।

दमक ३ का वडा अध्यक्ष नबिन बरालकाे प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा  वडा सदस्यहरू  झगेन्द्र धिमाल, शुकदेव लुइटेल, तनकुमारी दाहाल, टिका ठटाल र वडा सचिब सन्दिप सुबेदी लगायत सहभागिता रहेकाे थियाे ।

नगरपालिकाको शिक्षा शाखा र वडा कार्यालयको सहयोगमा  चुलाचुली अधारभुतका १ सय ३१ जना र  जनज्याेती प्राथमिक बिध्यालयका ५४  जना   बिपन्न  बालबालिकालाई एक/एक थान स्वीटर र टोपी प्रदान गरिएको  छ ।

वडा सचिव सन्दीप सुवेदीले जाडोका कारण विद्यालय जान नसक्ने अवस्थाका वडा भित्रका बालबालिकालाई  न्यानो कपडा वितरण गरिएकाे बताए । यस अघि नै वडाका  सामुदायिक विद्यालयमा अध्ययनरत २ सय १५ जना बालबालिकाहरुलाई नगरपालिका र वडा कार्यालयको सहयोगमा न्यानो कपडा वितरण गरी सकिएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here