लायन्स क्लब अफ दमक युनाइटेडले उचाल्याे, दोस्रो दमक लायन्स फुटसलको उपाधि

0
753

दमक, पाैष १८ / लायन्स क्लब अफ दमक युनाइटेडले दोस्रो संस्करणको दमक लायन्स फुटसलको उपाधि जितेको छ ।
शुक्रबार भएको फाइनलमा आयोजक लायन्स क्लब अफ दमक इस्र्टन लाइन लाई ५ का बिरुद्ध ७ गोल गर्दै लायन्स क्लब अफ दमक युनाइटेड च्याम्पियन बनेको हो ।

दमक ९ स्थीत रणभुमी फुटसल खेलमैदानमा भएको खेलमा युनाइटेडले जित हसिल गरेको हो । युनाइटेड अघिल्लो संस्करणमा उपबिजेतामा सिमित रहेको थियो । बिजेता युनाइटेडले नगद ५१ हजार मेडल ,ट्रफी र प्रमाण पत्र हात पार्यो भने उपबिजेता आयोजक समेत रहेको लायन्स क्लब अफ दमक इस्र्टन लाइन्सले २५ हजार ,मेडल ,ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा म्यान अफ दी म्याच पराजित टिमका उत्सब प्रसाई घोषित भए ।

त्यसै गरि बिधा गत तर्फ उत्कृष्ट गोलकिपरमा पराजित टिमका बिनोद ढकाल घोषित हुदा हाइ स्कोरर बिजेता टिमका रोजन बस्नेत घोषित भए,उत्कृष्ट खेलाडी बिजेता टिमका नवराज घिमिरे, उत्कृष्ट टिम क्यपटेन बिजेता टिमका गाेपाल गजमेर घाेषित भए भने उत्कृष्ट कोचमा बिजेता टिमका जिवन चुडाल घोसित भए । प्रतियोगितामा लायन्स क्लब अफ दमक बिग बुद्ध ,लायन्स क्लब अफ दमक माउण्ट एभरेष्ट , लायन्स क्लब अफ दमक युनाइटेड, लायन्स क्लब अफ दमक इस्र्टन लाइन्स र मोरङ पथरीको लायन्स क्लब अफ योङ हार्टको  सहभागिता रहेको आयोजक लायन्स क्लब अफ दमक इस्र्टन लाइन्स अध्यक्ष तुलसीराम तिम्सिनाले जानकारी दिए । एरिया चिफ बबरजंग थापाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा एरिया कोडिनेटर अजय अग्रवालले पुरस्कार बितरण गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here