दमक १ मा न्यानो कपडा सगै, सिरक र ब्लाङकेट बितरण

0
666

दमक,पौष १८। झापा दमक १ स्थीत भृकुटी माध्यमीक बिद्यालयका ८० जना बिद्यार्थीहरुलाई शुक्रबार न्यानो कपडा बितरण गरिएको छ ।

केही दिनयता तराईका जिल्लामा एक्कासी चिसो बडेका कारण दमक १ नम्बर वडा कार्यलयले न्यानो कपडा वितरण गरेको हो । आफ्नो वडाका बिपन्न समुदायका बालबालीका अध्यनरत भएकोले यस बिद्यालयमा न्यानो कपडा बितरण गरिएको जनाइएको छ । उक्त अवसरमा बाल कक्षा देखि कक्षा ५ सम्मका बिपन्न ८० जना बालबालीकाहरुलाई स्वीटर ,टोपी र ट्राउजर बितरण गरिएको वडा नम्बर १ का अध्यक्ष ताराप्रसाद अधिकारीले बताए ।

१ नम्बर वडा कार्यलयले सामाजिक उत्तर दायित्व बहन गर्दै यस अघि वडाका ७० जना बिपन्न परिवरलाई सिरक र ब्लाङकेट बितरण गरेको थियो भने किराँत राई यायोक्खा दमक नगर समितिलाई ५० थान कुर्सी प्रदान गरेको वाडा सचिब अन्जु पौडेलले जानकारी दिइन् । न्यानो कपडा वितरण कार्यक्रममा जनप्रतिनिधि संगै शिक्षा शाखा प्रमुख दिनेशकुमार न्योपाने , श्याम सापकाेटा, इन्द्र अर्याल लगायतको उपस्थिती रहेको थियो ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here