दमकमा नाप तौलका सामाग्री चेक जाँच गरीदै, पाैष १९ मा नाप तौलका सामाग्री चेकजाँच  सिबिर

0
929

दमक, पाैष १७ / झापाकाे दमकमा नाप तौलका सामाग्री चेक जाँच तथा अनुमित पत्र वितरण  सुरू भएकाे छ ।

दमक उद्योग वाणिज्य संघको पहलमा गुणस्तर तथा नापतौल कार्यालयबाट संघकाे कार्यलयमा नाप तौलका सामाग्री (ढक, काँटा, लिटर, मिटर लगायतका सामाग्री) चेक जाँच तथा अनुमित पत्र वितरण एवं नविकरण गर्ने कार्य सुरूभएकाे छ ।

चेक जाच कार्य शुक्रबार  सम्म संघकाे कार्यलयमा हुनेभएकाेले सम्पुर्ण ब्यपारी हरुले नापतौलका सामाग्री चेक जांच गराउनु हुन अनुराेध समेत गरेकाे छ । डिजिटल काटां प्रयाेगकर्ता हरूले अनिवार्य रूपमा प्रयाेग गरिएकाे काटाकाे  अधिकतम क्षमताकाे  १० प्रतिशत ढक र बिल सहित साथ लिइ उपस्थित हुनु पर्ने सूचनामा बताइएको छ।

साथै संघले ब्यवसायीहरूकाे ब्यस्ततालाइ ध्यान दिदै  पाैष १९ गते शनिवार नयाँ सव्जिबजारमा नाप तौलका सामाग्री चेकजाँच  सिबिरकाे अायाेजना समेत गरीएकाे  संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी  दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here