दमकमा रू ५ मा पेट भर खाना, भोक मेटाउँदै सहयोग जुटाउँदै अभियान्ता

0
9481

दमक, पाैष १७/  महँगी उच्च रहेको यो समयमा ५  रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु  खाना  पेटभरि खान  पाइन्छ भन्दा तपाईंलाई अचम्म  लाग्न सक्छ । तर  यो वास्तविकता  हो झापाको दमकस्थित पश्चीम बस स्टेण्ड नजिकै रहेकाे गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा कपडाले बेरेकाे एउटा स्टल रहेकाे छ ।  अगाडी  पट्टी केही टेवल र कुर्सी पनि राखिएकाे छ । हाे यही स्थानमा ५  रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु  खाना खान पाइन्छ ।

   दमकका युवाहरुले बुधबारदेखि एउटा सकारात्मक अभियान सञ्चालन गरेका छन् । उनीहरुले भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका हुन् ।

इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा एक छाना भात खुवाउने अभियान चलाइएको हो । अभियानको  लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एवानको नेतृत्वमा समेत रहनु भएका लोकतान्त्रिक व्यवसायी संघ दमकका अध्यक्ष बबरजंग थापा किरणले थालनी  गरेका छन् । सो स्थानमा युवाहरुले उपलब्ध गराउने एक छाक भात काे मुल्य  ५ रुपैयाँ  तोकिएपनि सहयोगी मन भएका धेरैले तोकिएको मुल्यसंगै विरामी शुकराजको उपचारका लागि सहयोगी हात अघि बढाएमा यो अभियानको प्रभावकारिता बढ्ने थापाले बताए ।

गोरखा गहना भण्डारका सञ्चालक समेत रहेका भएका लायन्सकर्मी हेमसिंह अधिकारी समाजमा सहयोगी मनको खाँचो रहेनछ भन्ने उदाहरण आज अभियानको पहिलो दिनमै देखिएको सहभागिताले प्रष्ट्याएको बताए ।  खाना खाइ सके पछि खाना प्रतिकृया दिदै दमक उधाेग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले याे अभियान देख्दा एक उधेश्य भए यस बाट धेरैले लाभ लिन सक्ने र यसप्रकारकाे कार्यलाइ  सबै मिलि सहयाेग गर्नु पर्ने  बताए ।  सो अभियानमा दमक १ निवासी कुमार राईसंगै लक्ष्मण प्रधान, विवेक श्रेष्ठ, युवन गुरुङ, युवराज गजमेर, सत्यनारायण चौधरी, टोसी आनन्द र सोनि राई सक्रियतापूर्वक  जुटेका छन् ।

सहयोगी संस्था र दाताहरुले खानाका लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने र खाना खान आउने ग्राहकले दिएको सहयोग रकमले विरामीको उपचारमा धेर थोर भएपनि सहयोग पुग्ने अपेक्षा अभियानकर्ताहरुको छ । अभियानकर्ताहरुले  अभियानमा सहभागितालाई हेरेर निरन्तरता दिने सोच बनाएका छन् । उनीहरुले सके सम्म शनिबार सातामा एक पटक मासु खाना प्रति छाक रु १० मा उपलब्ध गराएर अभियानलाई थप रोचक बनाउने योजना रहेको बताए ।  पहिलो दिन सो अभियानमा  ६०० जना बढीले सहभागिता जनाएकाे उक्त अभियानका अभियान्ता विवेक श्रेष्ठ जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here