नगरपालिकाको सहयोगमा दमक ३ मा विद्यार्थीलाई न्यानो कपडा बितरण

0
518

दमक, पाैष १६ / झापाको दमक –३ का सामुदायिक विद्यालयमा अध्ययनरत २ सय १५ जना बालबालिकाहरुलाई नगरपालिका र वडा कार्यालयको सहयोगमा न्यानो कपडा वितरण शुरु गरिएको छ ।

नगरपालिकाकी उपप्रमुख तथा शिक्षा समिति संयोजक गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सीना, शिक्षा शाखाका प्रमुख दिनेश न्यौपाने, वडाध्यक्ष नविन बराल, दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङ, नगरपालिकाका सामाजिक विकास शाखाका डम्बर बराल, अभिभावक तथा स्थानीय अगुवा महिला नेतृ लता चापागाइँ लगायत सहभागि रहेकाे थियाे ।

सो विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीले नगरपालिकाको शिक्षा शाखा र वडा कार्यालयले प्रदान गरेको सहयोग रकमबाट सो विद्यालयका १ सय ३० जना र सो विद्यालय मातहत समुदायमा रहेका दुई वटा बाल विकास केन्द्रका बालबालिकालाई एक/एक थान स्वीटर, ट्राउजर र टोपी प्रदान गरिएको बताए । ढुकुरपानी माविका विद्यार्थीका लागि भने वडा कार्यालयले जुत्ता प्रदान गरेको हो ।

वडा सचिव सन्दीप सुवेदीले जाडोका कारण विद्यालय जान नसक्ने अवस्थाका वडाका ३ विद्यालय र मातहतका बाल विकास केन्द्रका बालबालिकालाई त्यस किसिमको न्यानो कपडा वितरण गरिने बताउनु भयो । ढुकुरपानी माविबाट शुरु भएको यो कार्यक्रम चुलाचुली र जनज्योती मा यहि शुक्रबार गरिने  जानकारी दिए ।

यस अघि दमक ९ वडा कार्यलयले वडाका  तिन वटा बिध्यालयका १५० विद्यार्थीलाइ स्वीटर र जुत्ता तथा शैक्षिक सामाग्री बितरण गरीसकेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here