यसकारण भए माधव पराजुली एड्भान्स अस्पताल दमकको अध्यक्ष

0
1648

दमक,पौष १६/ झापाको दमकमा रहेको एड्भान्स अस्पतालको अध्यक्षमा माधव पराजुली चयन भएका छन् ।

सामाजिक अगुवा तथा व्यवसायी पराजुलीलाई अस्पतालकोे सञ्चालक समितिले अध्यक्षमा चयन गरेको हो । अस्पतालको सञ्चालक समितिको उपाध्यक्षमा कृष्ण तिम्सिना र सचिवमा पर्शुराम खरेल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा डाक्टर विकाश सुवेदी, डाक्टर केपि सुवेदी, दिपक खरेल र नारायण केशी चयन भएका अस्पताल सञ्चालक चैतन्य बरालले जानकारी दिए । अब सबै जसो रोगका बिरामीहरुले उपचारको लागी अन्यत्र धाउनुनपर्ने गरी अस्पतालको सेवा बढाउने नव अध्यक्ष पराजुलीले बताए ।

उनले यस क्षेत्रका नागरिकहरुलाई उपचार नपाएर मर्न नदिने बताउँदै उनले ग्रामिण भेगका नागरिकलाई स्वास्थय संस्थामा पहुँच पुर्याउन गाउँ गाउँ सम्म पुगेर स्वास्थ्य शिबिर पनि सञ्चालन गरिरहेको बतए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here