१२ सस्था एक साथमा, दमकमा यसरी मनाइयाे टाेपि दिवस (फाेटाे फिचर )

0
654

दमक,पौष १६/  झापा दमकको गणतन्त्र चौकमा बुधबार सातौ राष्ट्रिय टोपी दिवस र रक्तदान कार्यक्रम सम्पन्न भएकाे  छ ।

दमक उधाेग वाणिज्य संघकाे संयाेजन तथा क्लब हिमालयन टाइगरकाे आयोजनामा नयाँ बर्ष सन् २०२० को सुरुवात अर्थात टोपी दिवशको अवसर र भ्रमण बर्ष २०२० लाई सफल बनाउने उद्धेश्यले  उक्त कार्यक्रम गरिएको क्लवका अध्यक्ष रेवतराज भण्डारीले बताए ।

दमकमा रहेको विभिन्न सामाजिक संघ  दमक जेसज, राेटरी क्लब दमक,लायन्स क्लब दमक,  किवानिस क्लब,चेरी क्लब, दमक पब्लिक लाइब्रेरी,नेपाल रेडक्रस साेसाइटी उपसाखा दमक, पहिलाे पाइला नेपाल,सुन्दर समाज नेपाल, जिवन चक्र समाज,असाहाय मानव सेवा समाज लगायत सस्थाहरुको सहयोगमा र हिमालयन क्लबको आयोजनमा भएको सो कार्यक्रम दमक नगरपालिकाका मेयर रोमनाथ ओलिकाे प्रमुख अतिथ्यता रहेका थियाे, बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरु, स्थानिय जन प्रतिनिधीहरूकाे उपस्थिती रहेकाे थियो । कार्यक्रमकाेअध्यक्षता क्लबका अध्यक्ष रेबत चन्द्र भण्डारीले गरेका थिए ।

साेही कार्यक्रममा जिवन चक्र समाज ले फालिएका फ्याक्स( ब्यानर ) बाट बनाएकाे झाेला समेत सार्वजनिक गरेकाे थियाे । यस प्रकारकाे झेला निर्माण गर्दा ब्यानर बाट हुने फाेहाेर कम हुने र  उक्त झाेला लाइ थप अाकर्षक बनाउन भ्रमण वर्षकाे लाेगाे र संस्थाकाे लाैगाे छापिएकाे  जिवन चक्र समाजका अध्यक्ष गणेश गाैतमले बताए ।

सो कार्यक्रममा बोल्दै अतिथीहरुले नेपाली पंहिचानलाई जाेगाउन टोपिको महत्व र प्रयोगको बारेमा बोलेका थिए । साेही अवसरमा भएकाे रक्तदानमा ३१ जनाले रक्तदान गरेको अध्यक्ष भण्डारीले बताए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई क्लबको तर्फबाट मायाको चिनो समेत बितरण गरिएको थियो ।  कार्यक्रममा बिगतका वर्षमा भन्दा धेरैकाे उपस्थिती रहेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here