चलचित्र संघको पुर्वाञ्चल कार्य समितिको बैठक दमकमा सम्पन्न

0
391

दमक पुष १५ / नेपाल चलचित्र संघको पुर्वाञ्चल कार्य समितिको बैठक आज दमकमा सम्पन्न भएको छ ।

संघका क्षेत्रीय अध्यक्ष चैतन्य बरालको अध्यक्षतामा बसेको बैठकले आगामी पुश २५ मा काठमाण्डौमा हुन लागीरहेको केन्द्रिय महाधिवेसनमा प्रदेश नम्बर १ को तर्फबाट सक्रिय सहभागीता जनाउने लगायतका बिभिन्न निर्णयहरु गरेको छ । संघका केन्द्रिय उप महासचिव मिजास पोखरेल, केन्द्रिय सदस्य बिक्रम पराजुली, बरिष्ठ चलचित्र निर्माता चिरञ्जिवि बस्नेत, बरिष्ठ चलचित्र व्यवसायी कुबेर शर्मा लगायतको उपस्थितिमा बसेको बैठकले संघको प्रदेश समितिलाई अझ ससक्त बनाउने, चलचित्र व्यवसायलाई अझ व्यवस्थित बनाउन बिभिन्न छलफलहरु सञ्चालन गर्ने, चलचित्र बजारको ठुलो हिस्सा ओगट्ने प्रदेश नम्बर १ बाट केन्द्रिय समितिमा सम्मान जनक प्रतिनिधित्वको लागी पहल गर्ने लगायतका निर्णयहरु गरेको संघका क्षेत्रीय सचिव पर्शुराम चौधरीले जानकारी दिनुभयो ।

बैठकमा मुलुक संघिय संरचना गए पछि पहिलो पटक हुन लागेको केन्द्रिय महाधिवसनका बारेमा छलफल साथै आनन्द बहादुर थापाको संझनामा श्रद्धाञ्जली अर्पण गर्नु का साथै एक मिनेट मौन धारण समेत गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here