दमकमा ऐलानी जग्गा प्रकरणमा संलग्न दोषीलाई कडा कारवाही गर्नु पर्छ : संसद महेन्द्रकुमारी लिम्बु ( भिडियाे )

0
419

दमक, पुष १५  / दमक पुश १५ नेपाली कांग्रेसकी नेतृ तथा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले दमक ८ स्थित चर्चामा रहेको ऐलानी जग्गा प्रकरणमा संलग्न दोषीलाई कडा कारवाही गर्न माग गर्नु भएको छ ।

नेपाल प्रेस यूनियन माईपश्चिम क्षेत्रीय समिति दमकले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद लिम्बुले सुकुम्बासीहरुको जग्गालाई अनाधिकृत रुपले व्यक्तिले सत्ता र शक्तिको पहुँचका आधारमा कव्जा गरेकोमा आपत्ति जनाउदै त्यसमा संलग्नलाई छानवीन गरि कारवाही गर्न माग गर्नुभयो । रतुवा खोलाबाट विस्थापित भएका सुकुम्बासीहरुको फिल्डबुक समेत कायम भएका जग्गालाई संगठित गिरोहले आफ्नाे  नाममा बनाएको भन्दै सुकुम्बासी मार्ने काम कांग्रेसलाई स्वीकार नहुने उहाँले प्रष्ट पार्नुभयो ।

पत्रकार भेटघाटमा कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले दमक ८ स्थित वालुवाटार जग्गा प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग माग गर्नुभयो । दमकको विकास र समृद्धिमा नै जग्गा घोटला प्रकरणले सिंगो दमकलाई नै गंभीर असर पुरयाँएको भन्दै यस्ता घटना नियन्त्रण गर्न स्थानीय सरकार संवेदनशील नभएको उहाँको आरोप थियो । जग्गा प्रकरणमा कांग्रेसका स्थानीय नेताहरुको नाम जोडेर कुनै व्यक्तिले सामाजिक सञ्जालमा हालेको भएपनि त्यसमा संलग्नता नभएको उहाँको जिकीर गर्नु भयो ।

पार्टीले यसअघि नै जग्गा प्रकरणमा कांग्रेसका कुनै पनि नेता, कार्यकर्ताहरु संलग्न नभएको विज्ञप्तिमार्फत प्रष्टयाएकोले यसमा कुनै द्विविधा नभएको उहाँले प्रष्ट पार्नुभयो । यसै विच वालुवाटार जग्गा घोटला प्रकरणमा दमक ६ निवासी नेकपाका केन्द्रीय सदस्य रेवतराज पुरी ( गगन ) ले अनाधिकृत रुपले कराेडाै मूल्य पर्ने ५० विगाहा बढी जमिन आफनो नाममा कायम गरेको आरोप छ ।

फरार रहेका पुरी विरुद्ध जिल्ला अदालत झापाले यसअघि नै पक्राउ पूर्जी जारीगरिसकेको छ । पुरीले शक्तिको प्रभावमा वास्तविक सुकुम्बासीका जग्गाहरु आफनो नाममा बनाउन सफल भएको अभियोग लागेको छ । जग्गा प्रकरणमा मालपोत र नापीसहित पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिईसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

https://www.facebook.com/104898257619251/videos/605673420262971/

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here