अब चिन्ता लिनु पर्दैन दमकमा हिमालयन टाइगर आइसक्याे, एक पक्षिअर्काे कार्यक्रम फटाफट

0
2136

दमक । मानवीय सेवालाई परम कर्तब्य ठानी जनसेवा एवं परोपकारी भावना लिई झापाको दमकमा स्थापना भएको क्लब हिमालयन टाइगर स्थापनाको छोटो समयमानै समाज सेवा र मानविय सेवामा सारथी बन्दै गएको छ ।

समाजमा ब्याप्त गरिवी, अशिक्षा, विकृति र विसंगतीलाई न्युनिकरण गर्दै विशुद्ध सामाजिक कार्यहरु गरी सुदृढ समुन्नत समाजको निर्माण गर्ने पवित्र उद्देश्य राखि जि.प्र.का. झापामा दर्ता भएको सेवामूखी गैह्र सरकारी सामाजिक यस संस्थाले समाजका हरेक गतिबिधिहरुमा यूवाहरुको सहभागिता महत्वपूर्ण हुने साथै सक्षम, सुदृढ र समतामूलक राज्य निर्माणका लागि यूवाहरुको अर्थपूर्ण उपस्थितिरहनु पर्ने आवश्यकतालाई हृदयङ्गम गर्दै समाज रुपान्तरणका लागि युवाहरुको अर्थपूर्ण सहभागिता जनाउन राज्यले के गर्नु पर्थ्यो‚ के गरेन भन्ने नकारात्मक टिप्पणी भन्दा पनि हामी समाजका लागि केही गर्न सक्छौं भन्ने मूल उदेश्यका साथ विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

यसै अन्तर्गत हिमालयन टाइगरले दमकमा आज बृहत् नगर सरसफाइ कार्यक्रमको आयोजना गरेको छ भने भ्रमण बर्ष २०२० लाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा स्थानिय जनप्रतिनिधि, ट्राफिक प्रहरी,पहिलो पाइला नेपाल दमक शाखा,लाइफलाइन अस्पताल लगायतको उपस्थिति रहेको थियो।

यस्तै सस्थाले भोली टोपी दिवसको अवसरमा बिहान ८ बजे देखि गणतन्त्र चाैकमा भेला भएर नगर परिक्रमा कार्यक्रम गर्ने तय गरेको छ भने आगामी १९ गते धार्मिक र पर्यटकिय स्थलहरुको अवलोकन साथै भ्रमण बर्षलाई सफल बनाउन, मोटरसाइकल र्यालीको कार्यक्रम तय गरिएको सस्थाका अध्यक्ष रेवत चन्द्र भण्डारीले जानकारी दिनु भएकोछ ।

भण्डारीले कार्यक्रमलाई सफल बनाउन दमक लयायत आसपासका क्षेत्रमा क्रियाशील सामाजिक ब्यक्तित्व, संघ संस्था, कलेज लगायत सम्पूर्णमा सक्रिय सहभागिताका लागि अनुरोध गरिएको कुरा ब्यक्त गर्नुभएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here