दमककाे पुर्वाञ्चल अग्रेजी बाेडिङ स्कुलमा, १२ हप्ते निशुल्क म्याथ ओलम्पियाड तालिम

0
420

दमक / दमक ४ स्थितपुर्वाञ्चल अग्रेजी बाेडिङ सेकेन्डरी स्कुलमा  अध्ययनरत विधार्थीक्लबहरूले निशुल्क रूपमा म्याथ ओलम्पियाडकाे ट्रेनिङ अायाेजना गरेका छन् ।

साे स्कुलका पुर्वाञ्चल बाल क्लब र सगरमाथा टिन्स क्लबले शनिवार देखि तालिम सुरू गरेका हुन् । तालिममा दमक क्षेत्रका एक सय बिध्यार्थी सहभागी गराइने  जनाइएकाे छ । तालिममा प्रविण पाठक, विवश थापा, घनश्याम थापाले सहजिकरण गरिरहेका छन् । शनिवार ३० जनाकाे सहभागी रहेकाे तालिममा इच्छुक विध्यार्थिले अझै तालिमकाे अवसर रहेकाे सगरमाथा टिन्स क्लबका अध्यक्ष अनुप खतिवडाले जानकारी दिए ।

विध्यालयले तालिम लगायत अतिरिक्त क्रियाकलापका लागि कुल ५० हजार छुट्याएकाे छ, म्याथ ओलम्पियाड तालिम १२ हप्ता सम्म चल्ने बिध्यलायका संचालक प्रविण पाठकले बताएका छन् ।तालिमकाे प्रायाेजन एभरेस्ट मल्टी टेक्निकल प्राली ले गरेकाे छ । तालिममा उत्कृष्ट तिन जना विध्यार्थिलाइ निशुल्क कम्युटर तालिम दिने जनाएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here