दउवा संघ पूर्व अध्यक्षकाे शोक सभा सम्पन्न, मंगलबार संघले कार्यलय बन्द गर्ने

0
535

दमक, १४ पुष /  दमक उधाेग वाणिज्य संघले साेमबार संघकाे कार्यलयमा  शोक सभा सम्पन्न गरेकाे छ ।

दमक उध्योग वाणिज्य संघका पूर्व अध्यक्ष हाल काठमाडौं चाबहिल निवासी सफल व्यवसायी बशन्त दाहालको निधन भएकाे चाैथाे  दिनको स्मृतीमा चिर अात्माकाे कामना  गर्दै संघले साेक शोक सभा काे अायाेजना गरेकाे हाे । दाहालले २०५० देखी २०५२ साल सम्म संघकाे अध्यक्ष भएर काम गरेका  दाहालको गत पुष ११ गते काठमाडौंमा निधन भएको थियो ।

साेक सभामा  संघका पुर्व अध्यक्ष प्रकाश प्रसाइ, निवर्तमान अध्यक्ष राजेन्द्र ढकाल, अध्यक्ष गाेकुल श्रेष्ठले लगायतले दाहाले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।  साेक सभामा संघका पधादिकारी,कर्मचारी र स्थानिय ब्यापारीहरू लगायतकाे उपस्थिती रहेकाे थियाे ।

संघले पुर्वअध्यक्षकाे  निधन प्रति दुःख ब्यक्तगर्दै  मंगलबार संघकाे कार्यलय बन्द गर्ने  संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here