किन गर्दैछ वल्क नेपालले जनवरी ४ मा साइकल र्‍याली ?

0
252

दमक, १४ पुष / यहि पुस १९ गते शनिबार अर्थात जनवरी ४ मा झापाको दमक–कमलमा साइकल र्‍याली हुने भएको छ । सोमबार, दमकमा पत्रकार भेटघाट गरेर वल्क नेपालले पर्यटन व्यवसायलाई सघाउ पुर्याउन साइकल र्‍याली कार्यक्रम बारे जानकारी गराएको हो ।

वल्क नेपालका कार्यक्रम संयोजका मनिष आङबो लिम्बूले दमकदेखी कमल गाउँपालिकाको वडा नं ३ स्थित शहिद गेटसम्म साइकल र्‍याली गरिने कार्यक्रम रहेको बताए ।

पुस १९ गते शनिबार (जनवरी ४) मा साइकल र्‍याली हुन्छ, कार्यक्रम संयोजक लिम्बूले भने–नयाँ वर्षको दिन सरकारले आयोजना गरेको भ्रमण वर्ष कार्यक्रमलाई सहयोग गर्न साइकल र्‍यालीलाई ४ दिन पछि सारिएको हो ।

कार्यक्रम सयोजक लिम्बूले प्रदेश १ लाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्दै प्राकृतिक क्षेत्रहरुको प्रचार–प्रसार र प्रर्वद्धन गर्न वल्क नेपालको अभियान भएको बताए ।

त्यस्तैं, सोही संस्थाले पूर्वको प्रसिद्ध पर्यटकीयस्थल शिबसताक्षी–१० को दोमुखामा समेत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रम संयोजक लिम्बूका अनुसार प्रदेश १ को १४ वटा जिल्लाहरुको पर्यटकीय स्थलहरुको प्रचार प्रसार र प्रर्वद्धनको निम्ति कार्यक्रम सञ्चालन गरिने छ ।

पत्रकार सम्मेलनमा मेची करिडोरका अध्यक्ष तथा होटल व्यवसायी संघ माईपश्चिम दमकका अध्यक्ष राजन दंगालले समेत बोलेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here