दमक वडा नम्बर ९ द्वारा बालबालिकालाई न्यानो कपडा वितरण

0
376

दमक, १४ पाैष, दमक नगरपालिका वडा नम्बर ९ ले बालबालिकालाई न्यानो कपडा वितरण गरिको छ ।

वडाका तिन वटा सामुदायीक बिध्यालय सरस्वति माबि, पाणेनि माबि  र महालक्ष्मि अाधार भुत बिध्यालयका १५० जना बिपन्न बालबालिकालाई प्रमुख अतिथि मेयर रोमनाथ ओलीकाे प्रमुख अातिथ्यमा वडाका तिन वटै बिध्यालयमा छुट्टा छुट्टै कार्यक्रम गरी शैक्षिक सामाग्री तथा न्यानो कपडा स्वेटर, जुत्ता,माेजा बितरण गरीएकाे हाे ।

 मौसम परिवर्तन भएसँगै  चिसो बढ्दै गएकोले चिसोबाट बच्नका लागि वडाले सामाजिक बिकास कार्यक्रम अन्तर्तग  न्यानो कपडा वितरण गरिएको वडाअध्यक्ष राम कुमार धिमालले बताए।

कार्यक्रम वडा कार्यलयकाे अायाेजना तथा नगर वाल संजालको सहयोग र संमन्यनमा सन्चालन गरीएकाे वडा सदस्य समिन रिजालले जानकारी दिनु भयाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here