उपचारमा पनि एड्भान्स बन्दै दमकको एड्भान्स अस्पताल, आन्द्रा जोड्ने शल्यक्रिया सफल

0
1032

झापा । झापाको दमकमा रहेको ‘एड्भान्स मल्टिस्पेसलटी अस्पताल’ले जटिल प्रक्रियाको शल्यक्रिया गरि एक विरामीको सफल उपचार गरेको छ ।

अस्पतालले १० दिन अघि झापा गौरिगञ्ज ३ का ६७ बर्षिय सवारी शाहको पेटको जटिल शल्यक्रिया गरेको हो । शाहको पेटमा क्रोनिक अल्सरका कारण आमासयबाट आन्द्रामा जोडिने प्वाल बन्द भएको थियो । खाएको खानेकुराहरु पेटमा नपुग्दा वान्ता हुने र पेटमा घाउ भएका बिरामी शाहको पुरै पेटलाई चिरेर आमासयलाई सानो आन्द्रामा जोड्ने शल्यक्रिया सफल रुपमा गरिएको ईन्डोस्कोपि विषेशज्ञ तथा सर्जन डाक्टर रविनरत्न रञ्जितकारले बताए । शाहको पुरै पेटलाई चिरेर गरिएको यस प्रकारको शल्यक्रिया अत्यन्तै जोखिम पुर्ण भएको चिकित्सकहरुले बताएका छन ।

जेष्ठ नागरिकहरुलाई पुरै बेहोस बनाएर अप्रेसन गर्दा जोखिम धेरै हुने भए पनि सफलतापूर्वक अप्रेसन गरिएको डाक्टर रञ्जितकारले बताए । अस्पतालमा केहि समय अघि मात्रै ल्याईएको अत्याधुनिक मेसिनका कारण जोखिम पुर्ण अप्रेसन पनि सफलता पुर्वक गरिएको उनले बताए । यस्तो प्रकारको अप्रेशन दमकमा पहिलो पटक गरिएको अस्पतालको दाबी छ । बिरामीलाई ३ घण्टाको अप्रेसन पछि ७ दिन सम्म आईसियुमा राखेर घाँटीबाट पाईप छिराई नशाबाट खाना दिनु परेको बताइएको छ । यस प्रकारको सल्यक्रियामा खर्च धेरै हुने भए पनि स्वास्थ्य बिमा बाट सरल खर्चमा बिरामीको उपचार गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालको उपाचारबाट सन्तुष्ट भएका बिरामी शाह यस अघि नेपालका बिभिन्न अस्पतालका साथै भारतमा पनि उपचार गराएको तर  उपचार सम्भप नभएकाे बताए  । एड्भान्स अस्पतालले पछिल्लो समय अत्याधुनिक मेसिनहरु भित्राए संगै जटिल प्रकारका शल्यक्रियाहरु पनि सहज रुपमा गराउन सकिएको अस्पतालका सञ्चालक चैतन्य बरालले बताए । सबै प्रकारका बिरामीहरुको सहज उपचारको लागी अस्पतालले सेवामा आधुनिक प्रबिधिहरु ल्याइरहेकोले कुनै पनि बिरामीले उपचारको लागी अन्यत्र जानु नपर्ने गरी सेवा बिस्तार गरिएको पनि सञ्चालक बरालले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here