दमकमा महिला उद्यमीहरु विच अन्तरक्रिया तथा छलफल सम्पन्न

0
428

दमक / झापाकाे दमकमा  महिला उद्यमीहरु विच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।

दमक उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा महिला उद्यमी विकास सम्वन्धमा अन्तरक्रिया तथा छलफल कार्यालयम अाइतबार  दमक उद्योग वाणिज्य संघको सभाकक्षमा भएकाे थियाे ।

 संघका अध्यक्ष श्री गोकुल श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न  भएकाे उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यम विकास समिति की सभापति कमला श्रेष्ठकाे  प्रमुख आतिथ्यता रहेकाे थियो । उक्त कार्यक्रममा महिला उद्यम शिलता का विषयमा नेपाल सरकार तथा नेपाल उद्योग वाणिज्य महासंघ ले उपलव्ध गराउने सेवा सुविधा लगायत विषयमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।

उक्त कार्यक्रमकाे संचालन दमक उद्योग वाणिज्य संघ अन्तर्गत महिला उद्यमी विकास उपसमिति सदस्य गंगादेवी ढकाल ले गर्नु भएको थियो र  कार्यक्रममा उप समित सदस्य चादनी बस्नेत र मैना दहालले महिला उद्यमी विकास सम्वन्धमा आफ्नो धारण राखेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here