वर्ल्डलिङ्कको फ्री वाईफाई, १ महिनामा १० हजार पुर्‍याउने लक्ष

0
553

काठमाण्डाै /  मुलुककै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले करिब सात हजार स्थानमा निःशुल्क वाईफाई दिन थालेको छ । देशभर दश हजार सार्वजनिक स्थानमा निःशुल्क वाईफाई उपलब्ध गराउने एक वर्ष अघिको योजना अनुसार ती स्थानमा फ्री वाईफाई विस्तार गरिएको हो ।

वर्ल्डलिङ्कका प्रबन्ध निर्देशक तथा अध्यक्ष दीलिप अग्रवालले फिक्स्ड लाइन इन्टरनेट सेवा नलिएका ग्राहकलाई कम्पनीको सेवा अनुभुत गराउन यो योजना अगाडि सारिएको बताए । टेकपानासँगको विशेष कुराकानीमा उनले यसलाई कम्पनीको ब्राण्डिङको रुपमा समेत हेरिएको उल्लेख समेत गरेका छन् ।

पब्लिक अर्थात सार्वजनिक वाईफाईबाट नाफा आर्जन गर्न सकिन्छ वा सकिँदैन भन्ने विषय विश्वमै एउटा बहशको रुपमा रहेको छ । नेपालमा यस्ता धेरै जनता छन्, जोसँग अहिले पनि तीब्र गतिको फिक्स्ड ब्रोडब्याण्ड खरीद गरेर प्रयोग गर्ने क्षमता छैन ।

नेपालमा इन्टरनेट प्रयोगकर्तामध्ये धेरैले मोबाइल डेटा प्रयोग गर्ने गरेका छन् । तर, डेटा महंगो भएकाले निश्चित काम सकेपछि डेटा अफ गर्नुपर्ने तथा फारुतिनो रुपमा प्रयोग गर्नुपर्ने बाध्यतामा उनीहरु हुन्छन् । जसले गर्दा ढुक्क भएर इन्टरनेटको आनन्द लिन पाउँदैनन् । खासगरी त्यस्तै किसिमका प्रयोगकर्तालाई लक्षित गरी कम्पनीले फ्री वाईफाई दिन थालेको हो ।

यो अनलिमिटेड फ्री भने नभएको अग्रवालले स्पष्ट पारे । उनी भन्छन्, ‘एक पटकमा आधा घण्टा वा एक घण्टासम्मको निश्चित समय फ्रीमा चलाउन पाउने भन्ने अवधारणा हो, यसबाट प्रयोगकर्ताले लाभ लिन सक्नुहुन्छ ।’

फ्री वाईफाईलाई कम्पनीले आफ्नो ब्राण्ड प्रवर्द्धनको रुपमा समेत उपयोग गरिरहेको छ । ‘सार्वजनिक स्थानमा हामीले दिएको फ्री वाईफाईको अनुभवकै आधारमा प्रयोगकर्ताले आफ्नो घरमा समेत वर्ल्डलिङ्ककै इन्टरनेट जोड्ने विषयमा सोचुन् भन्ने चाहना पनि हो । यस हिसावले यो पुर्ण रुपमा परोपकारी नभएर हाम्रो व्यवसाय प्रवर्द्धनको विषय पनि हो,’ उनी भन्छन् ।

फेसबुकको विपद सहायता फिचरमा अपडेट, अब ह्वाट्सएपले पनि प्रकोपमा साथ दिने
अबको एक महिनामा बाँकी करीब तीन हजार स्थानमा फ्री वाईफाई वस्तार गरिसक्ने लक्ष रहेको कम्पनीका निर्देशक लक्ष्मण यादवले जानकारी दिए । मन्दीर, अस्पताल, बसपार्क, क्याफे तथा रेष्टुरेन्ट लगायतका धेरै संख्यामा मानिसहरु जम्मा हुने स्थानमा कम्पनीले फ्री वाईफाई दिइरहेको छ । त्यसका लागि क्याफे तथा रेष्टुरेन्टबाट जडान वापतको न्यूनतम शूल्क लिने गरिएको छ  तर यसकाे प्रयोगका लागि भने कुनै शूल्क तिर्नु पर्दैन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here