दमकमा नापतौल शिबिर संचालन तथा सचेतना कार्यक्रम हुदै, माैकाकाे फाइदा उठाउन दउबा संघकाे अनुराेध

0
297

दमक / दमक उद्योग बाणिज्य संघको पहलमा झापाको दमकमा नापतौल शिबिर संचालन तथा सचेतना कार्यक्रम हुने भएको छ ।

संघको पहलमा गुणस्तर तथा नापतौल बिभागको कार्यलयबाट यहि सोमबार र मंगलबार कार्यक्रम हुन लागेको हो । नापतौलका सामाग्री ढक काँटा, लिटर, मिटर लगायतका सामाग्री चेक जाँच तथा ईजाजत पत्र नविकरण सम्बन्धि भएको नयाँ ब्यवस्थाका बारेमा जानकारी गराईने संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए ।

संघले नापतौल प्रयोग गर्ने उद्यमी ब्यवसायीहरुलाई कार्यक्रममा उपस्थित भई लाभ लिन आग्रह समेत गरेको छ । ढक ,काँटा, लिटर, मिटर लगायतका सामाग्रीहरु चेक जाँच तथा नबिकरणका लागि डोर टोली समेत आउने भएको हुँदा नापतौलका सामाग्री चेकजाँच तथा ईजाजत पत्र नबिकरण गरि सम्बन्धित निकाय बाट हुने दण्ड तथा जरिवानाबाट बच्नका लागि संघले सबै ब्यवसायीहरुलाई अपिल गरेको छ । सचेतना कार्यक्रम पौष १४ गते सोमबार र नापतौल शिबिर पौष १५ गते मंगलबार बाणिज्य संघको सभाहलमा दश बजे बाट सुरू हुने  संघका प्रथप उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।

 

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here