नुनसरी आधारभूत बिद्यालयमा न्यानो कपडा बितरण

0
442

माेरङ्ग /  अत्याधिक चिसोका कारण मोरंगको उर्लाबारी–१ स्थित नुनसरी आधारभूत बिद्यालयका बिद्यार्थीहरु प्रभावित भएपछि आज एक कार्यक्रमका बिच न्यानो कपडा बितरण गरिएको छ ।

स्थानीय गगनचुम्बी सेवा समाजको आयोजनामा सिद्धार्थ एग्रीगेट प्रा.लि.को सहयोगमा बिद्यालयका १२७ जना बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको हो । उर्लाबारी वार्ड नम्बर ६ का अध्यक्ष चिन्तामणी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न न्यानो कपडा बितरण कार्यक्रममा बिद्यार्थीहरुलाई सुईटर, पञ्जा, गलबन्दि र टोपी एक एक थान बितरण गरिएको आयोजक गगनचुम्बि सेवा समाजका अध्यक्ष छत्र कठायतले जानकारी दिनुभयो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ध्रुबचन्द्र पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिदार्थ एग्रीगेट प्रा.लि.का अध्यक्ष तथा वडा नम्बर ६ का वडा सदस्य सचिन शाक्यले एकसरो पातलो कपडाका भरमा बिद्यार्थीले अध्ययन गर्ने नसक्ने हुँदा उनीहरुलाई न्यानो कपडा बितरण गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष पौडेलले उद्योगी, ब्यवसायी तथा समाजसेवीलाई सेवाको भाव राखेर सहयोग गर्न अपिल समेत गर्नुभयो । उहाले नगरपालिकाको एक्लो प्रयासले मात्र कुनै कार्य संभव नहुने भएकोले सबै पक्ष मिलेर काम गर्नुपर्ने औल्याउनुभयो । साथै उहाले बिद्यालयमा शिक्षकको अभाव रहेको भन्दै त्यस कुरामा बिचार गर्न समेत सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । कार्यक्रममा भर्खरै निर्वाचित भिजन फाउण्डेशन नेपालका अध्यक्ष यादव भण्डारी , एग्रीगेटका पंकज शाक्य , ईलाका प्रशासन कार्यालय उर्लाबारीका प्रतिनिधी तथा बिद्यालय ब्यवस्थापन समितीका सदस्यहरुको उपस्थिती रहेको थियो । बिद्यालयका प्रधानाध्यापक भोलानाथ निरौलाले चिसोका कारण बिद्यार्थी मानसिक रुपमा प्रभावित भईरहेका बेला गरेको सहयोग प्रति धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here