दमक / केहि दिन यता चिसो बढ्दै गएपछि झापाको दमक नगरपालिकाले चार दिनका लागि नगरपालिका अन्तर्गतका सबै विद्यालयहरु बन्द गर्न सुचना जारी गरेको छ ।
दमक नगरपालिका शिक्षा शाखा प्रमुख दिनेश कुमार न्याैपानेका अनुसार पुष ७ गतेदेखि १० गते सम्मका लागि नगरपालिका अन्तर्गतका सबै विद्यालयहरुमा विदा दिइने भएको हो । नगरपालिका भित्र २३ सामुदायिक विद्यालय, ६३ सस्थागत विद्यालय रहेका छन् । विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु अत्यधिक चिसोका कारण विद्यालय आउनै नसक्ने अवस्था सिर्जना भएकोले प्रतिकुल मौसमका कारण पछि अन्य बिदा लाइ मिलान गर्ने गरी विद्यालय बन्द गर्नुपरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश कुमार न्याैपाने ले जानकारी दिए ।