दमककाे एडभान्स हस्पिटल थप एडभान्स बन्दै, ल्यायाे थप यस्ता सुबिधा

0
2049

दमक  / दमक स्थित एडभान्स मल्टीस्पेशियालिटी हस्पिटलले आफ्ना सेवाहरु विस्तार गरेको जनाएको छ ।

आज हस्पिटलको सभाहलमा पत्रकार सम्मेलन गरि सेवा विस्तार बारे जानकारी गराएको हो । सो अवसरमा हस्पिटलमा नयाँ सेवाहरु कोनोस्कोपी, ल्याप्रोस्कोपी, इन्डोसकोपी ,फिजियोथेरापी, अर्थोसर्जरी ,खोप लगायत स्वस्थ्य बिमा कार्यक्रम सम्मेत संचालन भइरहेको सो पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

बिरामीहरु सिटी स्क्यान र एमआरआइको लागी अन्यत्र हस्पिटलमा जाने बाध्यतालाई केहि बर्ष पछि अनत्य गरिने योजना रहेको हस्पीटलका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद तिम्सिनाले बताउनुभयो । पत्रकार सम्मेलनमा मेडीकल सुपरीटेण्डेन्ट डाक्टर सन्तोष सुवेदीले स्थानीय स्तरमानै गुणस्तरीय सेवा दिन बिभिन्न सेवाहरु थप गरिएको बताउनुभयो ।

त्यसैगरि बालरोग बिशेषज्ञ डाक्टर अनिल थापाले बच्चाहरुको हात, खुट्टा नचल्ने मुख बाङगिएको जस्ता जटिल बिरामीलाई फिजियोथेरापी मार्फत उपचार गरिने जानकारी दिनुभयो । ५ वर्ष अघि स्थापित भएको यस हस्पिटलमा बिभिन्न विशेषज्ञहरु समेत थप हुने क्रममा रहेको र पछिल्लो समय एमएस सर्जन डाक्टर रविनरत्न रञ्जितकारले पनि सेवा दिई रहेको हस्पिटलसञ्चालक चैतन्य बरालले जानकारी दिनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here