दमकमा नयाँ कार्यक्रम श्रस्टा सङ सिर्जना

0
547

दमक /दमक पब्लिक लाइब्रेरीमा नियमित रचनावाचन कार्यक्रमको शृंखला सुरु हुने भएकाे छ ।

झापाकाे दमकमा बिगत ७ बर्षदेखि लगातार रुपमा पठन सस्कृतिको विकास संघै अन्य विविध कार्यक्रमहरू गर्दै आइरहेको दमक पब्लिक लाइब्रेरीमा  अब नियमित रचनावाचन कार्यक्रमको शृङ्खला सुरु गर्न लागिएको छ ।

यहि २०७६  पुष १२ गते शनिबार दिउँसो १ बजे देखि दमक पब्लिक लाइब्रेरीको सभाहलमा दमकमा रहेर निकै लामो समय देखि निरन्तर साहित्य साधनामा लागेका पाँचजना कबिहरु लाई लाइब्रेरीले एकै ठाउँमा उभ्याउन लागिएकाे लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिए ।

श्रस्टा सङ सिर्जना नामक कार्यक्रमको पहिलो शृङ्खलामा प्रकाश बुढाथोकी ,खेमलाल पोख्रेल ,भानु भण्डारी ,शिव रेग्मी प्रणत र धनकुटे कान्छालाई  एकै स्थानमा  उभ्याइने अध्यक्ष न्यौपानेले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here