पाथीभरा एफ. प्रालि आजबाट १४ औं वर्षमा प्रवेश

0
274

दमक / भापाकाे दमक बाट  प्रसारण गरीरहेकाे पाथीभरा एफ. प्रालि आजबाट १४ औं वर्षमा प्रवेश गरेको छ ।

२०६३ साल पौष ५ गतेबाट नेपाल सरकारका तत्कालिन परराष्ट्र मन्त्री तथा हालका सम्मानीत प्रधानमन्त्री केपी शर्मा ओली ज्यू बाट शुभारम्भ गरी आफ्नो प्रशारण सुरु गरेको यस एफ एमले १३ औं वसन्त पार गर्दै आजबाट १४ औं वर्षमा प्रवेश गरेको हो ।

यस एफ एमले १४ औं बर्षमा प्रवेश गरेको सुखद अवसरमा अध्यक्ष बलराम पराजुलीले सम्पुर्ण शेयर सदस्य, कर्मचारी, विज्ञापनदाता, श्रोता, संचारकर्मी, मानव अधिकारवादी, शुभचिन्तक सबै राजनैतिक दल विभिन्न संघ संस्थालाई सहयोग तथा अटुट मायाका लागि धन्यबाद ज्ञापन गर्नुभयो । साथै आगामी दिनहरुमा पनि यस्तै माया साथ अनि सहयोगको अपेक्षा समेत पराजुलीले गर्नुभएको छ ।

त्यस्तै एफ एम का प्रबन्ध निर्देशक राजेन्द्र चौलागाईले स्रोताको चाहना लाई मध्यनजर गर्दै थप नयाँ कार्यक्रमहरु ल्याउने प्रतिबद्धता समेत जनाउनु भएको छ । पूर्वाञ्चलकै पहिलो १००० वाट क्षमताबाट प्रसारण विस्तार गरेको यस एफ.एममा बिहान ६ बजे देखि प्रत्येक २÷२ घण्टाको फरकमा बेलुका ८ बजे सम्म आफ्नै ८ वटा समाचार बुलेटिन प्रसारण गर्दै आइरहेको छ । साथै अन्य मनोरञ्जनात्मक , शिक्षामुलक र चेतनामुलक कार्यक्रमहरु समेत प्रसारण गर्दै आइरहेको छ । यस एफ एमले मुर्तीडाँडामा रिपिटर टावर राखेर आफ्नो प्रशारण क्षमतालाई प्रदेश नम्बर १ का सम्पुर्ण जिल्ला तथा भारतको दार्जिलिङ, सिक्किम तथा भुटानको थिम्पु आसपासका केही भु–भागमा समेत आफ्नो प्रशारण दिदै आईरहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here