दलित पत्रकार संघ झापाकाे अध्यक्षमा प्रदिप परियार

0
399

दमक /  राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश १ अन्तरगत प्रथम झापा जिल्ला भेला आज बिर्तामोडमा सम्पन्न भएको छ ।


उक्त  भेलाले प्रदिप परियारको अध्यक्षतामा ९ कार्यसमिति समेत चयन गरेकोे छ । सो समितिको उपाध्यक्षमा नरेश खाती,सचिब चिरञ्जिबी घिमिरे, सहसबचिब गोबिन ल्वागुन र कोषध्यक्षमा सुस्मा त्रिखत्रि सर्बसम्मत चयन भएका छन । त्यसै गरि सदस्यहरुमा किशोर उपारकोटी, रबिन बिसी ,सुस्मा नेपाली र प्रदिप दाश रहेका छन । बिभिन्न संचार गृहमा आबद्ध रहेका दलित पत्रकारहरुलाई संगठित गरि सत्य तथ्य समचार सम्प्रेशण गर्न थप प्रोहोत्सान पुगोस भन्ने उदेश्यले भेलाको आयोजना गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष गोपाल बराइलीले बताउनुभयो । गत जेष्ठ १८ गते गठित राष्ट्रिय दलित पत्रकार संघ नेपाल गत असोजमा दर्ता भई हाल ११ जिल्ला सहित ३ नम्बर प्रदेश र उपत्यका क्षेत्रको भेला सम्पन्न भइसकेको जनाइएको छ ।

प्रदेश १ भेला अगामी पुष ४ र ५गते धनकुटाको राजारानीमा हुने बताईएको छ । क्रियाशिल दलित पत्रकार देशभरमा हाल ११ सय बडि रहेको र झापा जिल्लामा १६ जना रहेको जनाइएको छ । सो अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले भेलाबाट गठित संघले दलित समुदायका समस्या र हक अधिकारलाई बुलन्द पार्न सहयोग पुग्ने बताउनुभयो ।

दलित जेष्ठ पत्रकार रञ्जित परियारको अध्यक्षतामा भएको सो भेलामा मेची भनसार कार्यलय काकडभिट्टाका प्रमुख धुर्बराज बिक, पत्रकार माहासंघ झापा शाखा सचिब सन्तोष आचार्य, मेची नगरपालीका सदस्य टिका मंग्राती , लगायतको आ आफ्नो धारणा राखनुभएको थियो । त्यसै गरि नबतिर्बचित कार्यसमितिको पहिलो बैठक बसि बिभिन्न निर्णय समेत पारित गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here