पर्यटन वर्ष २०२० काे भब्य स्वागत, १९ किमि काे यात्रा २६१ पदल यात्री पुरानाे बाटाे

0
1055

दमक / पर्यटन वर्ष २०२० को स्वागत गर्दै झापा र इलाम जोड्ने वैकल्पिक मार्ग पहिचानका लागि पदयात्रा सम्पन्न भएको छ।

मंसिर २५ र २६ को पदयात्रा होटल व्यवसायी संघ दमकले आयोजना गरेको थियाे । झापाको दमकदेखि इलाम र पाँचथर जोड्ने नयाँ मार्ग पहिचानका लागि पदयात्राको अयोाजना गरिएको  थियाे । दमकदेखि पेरुङ्गे, टोड्के, कुसुन्डे हुँदै पञ्जमी बजार सम्मको पदयात्रा सडक मार्गको विकास हुनु अघि पहाडी जिल्लाका बासिन्दाका लागि दैनिक उपभोग्य सामग्री आपूर्ति का लागि यो मार्ग उपयोगमा रहेको थियो।

सडक सञ्जालको विकाससँगै उपयोगविहीन रहेको मार्गमा पर्यटन वर्षको सन्दर्भ पारी पदयात्राको आयोजना गरिएको कार्यक्रम संयोजक दिपक फुँयालले जानकारी दिए। पदयात्राको शुभारम्भ प्रदेश १ का वन तथा पर्यटनमन्त्री जगदिश कुशियत तथा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरेका थिए।

पदयात्राकाे टाेलीकाे लागि फुइकेमा खाजा नास्ताकाे व्यवस्था गरेकाे थियाे । जहाँ स्थानियहरूले फुलमाला सहित स्वागत कार्यक्रम समेत राखिएका थिए । टाेलि बिहान ७ :३० बजे खाजा नास्ता गरेर  २६१ जना  पद यात्री मावा खाेलाकाे बाटाे पेरूङ्गे तिर लागे । पेरूङ्गे कछेर केहीमाथि  पदयात्राकाे टाेलिकाे लागि माङसेबुङ गाउँपालिका वडा नं. ६ स्थित कुसुन्डेमा खानाकाे व्यवस्था गरिएकाे थियाे । जहाँ पदयात्रामा सहभागीहरूलाइ फुलमालाले गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बा सहितकाे टाेलिले स्वागत गरेकाे थियाे ।

पेरुङ्गे

सडक बाटाे नभएकाे बेला प्रयाेग गरीने याे एतिहासिक पैदल बाटाे लाइ  होटल व्यवसायी संघ दमकले पदयात्राको आयोजना गरेर  याे क्षेत्रलाइ उजागर गरेकाेमा धन्यवाद ब्यक्त गर्दै माङ्सेबुङ गापा अध्यक्ष डिकेन्द्र इधिङ्गोले याे पेरुङ्गे, टोड्के, कुसुन्डे हुदै पंचमी सम्मकाे पैदल बाटाे लाइ  पर्यटकिय रूट बनाउन पहल  भइरहेकाे जानकारी दिए।

कुसुन्डे

बिहानकाे ११ : ३० मा  खाना पश्चात पदयात्राकाे टाेली तारेभीर हुदै टाेड्के उकालाे लाग्याे । बाँझाेगाउँमा छुट्टै खाजाकाे व्यवस्था त्यहाकाे खाजाका रूपमा पहिचान बाेकेकाे दही चिउराकाे ब्यवस्था गरीएकाे थियाे । त्यहा पनि पदयात्रामा सहभागी सबैलाइ फुलमाला लगाएर स्वागत गरियाे ।

बाँझाेगाउँ

दिनकाे ३ बजे तिर खाजा खाएर टाेलि गैरिटाेल हुदै  उकालाे लाग्याे । साझकाे  ५ बजे तिर हस्टे  पुग्याे १९ किलाे मिटरकाे यात्रा करिब ९ घण्टा लागाएर  सबैले सकुसल रूपमा यात्रा पुरा गरे यात्रामा पैदल यात्री झापा,इलाम,माेरङ्ग लागयत स्थान बाट सहभागि भएका थिए । बेलुकाकाे खाना बस्नका लागि स्थानीय संस्था नमूना टाेल विकास संस्थाकाे सभाहल, हाेम स्टेकाे  व्यवस्थापन गरिएकाे थियाे ।

पर्यटन प्रवर्द्धनका दृष्टिकोणले पछि परेकाे दमक र इलामकाे पश्चिमी क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आयोजना गरिएको पद यात्रा सफल भएकाे र चाडै  दमकबाट याे रूट लाइ  ब्यवसायीक ट्रेकिङ्ग प्याकेजका रूपमा ग्राहक लाइ उपलब्ध गराउन सक्ने  होटल व्यवसायी संघ दमकका अध्यक्ष राजन दंगालले बताए।

पञ्जमी

 अाफ्नाे जिवनकै अविस्मरणिय यात्रा भएकाे भन्दै पैलद यात्रामा सहभागि भएका  दमक  ५ का वडा अध्यक्ष इन्द्र गुरूङले यात्रा कठिन भए पनि रमाइलाे भएकाे र दुई शताव्दी भन्दा पुरानो बाटो यो रुटलाई पर्यटकीय पदमार्गको रुपमा विकास गर्न सके पहाड र तराई दुवै क्षेत्रले फाइदा लिन सक्ने  बताए ।

२६ गते बिहान माङमालुङ चियाबगान हस्टेमा खाजा खाएर टाेलि पञ्चमी बजार तिर लाग्याे । नाैमति बाजा सहित स्वागतमा रहेकाे पञ्चमी बासीकाे व्यवस्थापनमा बिहानकाे खानाकाे व्यवस्था रहेकाे थियाे । खाना पछि टाेलि धार्मिक तथा पर्यटकीय स्थल माङमालुङ तिर माेडियाे ।

माङमालुङ धार्मिक तथा पर्यटकीय क्षेत्रमा  विशेष गरी किरात धर्मावलम्बीहरुको उपस्थिती रहने गरेको भएपनि यस क्षेत्रमा सबै प्रकारका धर्मावलम्बीहरु आउने गरेकाे र  याे क्षेत्र नेपालकै सबै भन्दा बढी जैबिक बिभिधताले भरीएकाे क्षेत्र भएकाेले यस क्षेत्रमा सबै प्रकारका धर्मावलम्बीहरुका लागि माङमालुङ आस्थाको केन्द्र बन्न पुगेको माङमालुङ पर्यटकीय  बिकास केन्द्रका सचिब कमल कार्कीले बताए ।

पदयात्राकाे टाेलि माङमालुङ धार्मिक तथा पर्यटकीय क्षेत्रकाे अवलाेकन पछि  दमक फर्केकाे थियाे । सडक मार्गको विकास नभएका बेला मेची अञ्चलका पहाडी जिल्लालाई तराईसँग जोड्न उपयोग हुने बाटोलाई पदमार्गको रुपमा विकास गर्न माङ्सेवुङ गाउँपालिकाले पनि प्राथमिकता दिएको छ। पदयात्राका लागि दमक नगरपालिका, माङ्सेवुङ् गाउँपालिका चुलाचुलि गाउँपालिका तथा अन्य बिभिन्न संघ संस्थाहरूले सहयोग गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here