चितवनमा किसानहरुमाथि प्रहरीकाे दमन, प्रदेश १ अण्डा उत्पादक संघ द्वारा अबिलम्ब रिहाइकाे माग

0
497

दमक / चितवन जिल्लामा किसानहरुमाथि भएको प्रशासनिक दमनको विरुद्धमा नेपाल अण्डा उत्पादन संघ प्रदेश नं १ ले सञ्चारकर्मी भेटघाट तथा किसान भेलाको आयोजना सम्पन्न गरेको छ ।

आज झापाको दमक स्थित फाइन रेष्टुरेन्टमा उक्त भेला सम्पन्न गरिएको हो । भेलामा अण्डा व्यवसायमा रहेका विभिन्न विचौलियाहरुले नेपाल अण्डा उत्पादक संघले निर्धारण गरेको अण्डाको मूल्यलाई सधैं घटाएर किसान मार्ने कार्य गर्ने गरेकोमा सो कार्यको विरोध गर्दै किसानहरुले आक्रोश व्यक्त गरेका छन् । यहि विरोधका क्रममा ५ जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा प्रकाश अधिकारी,आनन्द मास्के,रामहरि केसी,दिपेशसिंह केसी र राजेन्द्र साखी रहेका छन् ।

उक्त विषयलाई आधार बनाएर प्रहरी प्रशासनको प्रयोग गरी यही मंसीर २९ गते चितवनमा भएको किसानहरुको धरपकडको घोर भत्र्सना गरिएको छ । आज दमकमा आयोजित सम्मेलनमा प्रदेश १ का अण्डा उत्पादक संघका संयोजक माधव पराजुलीले देशभरिका किसानहरुले उत्पादन गरेको अण्डामा मुठ्ठीभरका विचौलियाहरुले हालीमुहाली कायम गर्न खोज्नु नै उक्त दुर्घटनाको मूल कारण रहेको स्पष्ट पार्नुभएको छ । पक्राउ पर्ने सबै किसानहरुलाई बिना शर्त छाड्नुपर्ने प्रदेश १ केन्द्रिय सदस्य विनोद अभिकारीले बताउनुभयो । विचौलियालाई पोस्ने तथा आम किसानलाई यो पेशाबाट विस्थापित गर्ने गलत नियत जबसम्म समग्र पोल्ट्री क्षेत्रमा रहन्छ तब सम्म भविष्यमा थप दुर्घटनाहरु निम्त्याउने उहाको भनाई थियो । विदेशी लगानीबाट होस् वा अन्य कुनै प्रकारबाट साना किसानलाई पोल्ट्रीबाट विस्थापित गर्ने कार्यको संघले बिरोध गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here