सात साखा लाइ पछि पार्दै हाजिरीजबाफमा दमक जेसीज बिजयी

0
320

दमक / गौरादह जेसीजले आयोजना गरेको झापा जिल्ला स्तरीय अन्तर जेसीज हाजिरीजबाफ प्रतियोगितामा दमक जेसीज च्याम्पियन बनेको छ ।

गौरादह जेसीजको यस वर्षको जेसीज सप्ताह अन्तरगत समापन समारोहमा आयोजित हाजिरीजबाफ प्रतियोगितामा झापाका ७ वटा अन्य शाखालाई पछि पादै दमकले उपाधी माथि कब्जा जमाएको हो । प्रतियोगितामा बाहुण्डाँगी जेसीज दोस्रो र विरता जेसीज तेस्रो भएका थिए । प्रतियोगितामा धुलावारी जेसीज, भद्रपुर जेसीज, कमलनगर जेसीज, सताक्षीधाम जेसीज, मेचीनगर लेडी जेसीज गरी ८ वटा शाखाको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुने शाखालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाश प्रसाद अधिकारीले ट्रफी मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

शाखाका अध्यक्ष माधव कोइरालाको सभापतित्व तथा पूर्र्व राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाश प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटा विरता जेसीजका अध्यक्ष विशाल थापाले बोल्नु भएको थियो ।

कार्यक्रममा, शाखाका संस्थापक अध्यक्ष विजय सिटौला, पूर्व अध्यक्ष बद्री कार्की, हरिचन्द्र अधिकारी, कान्तीदिप काफ्ले, निवर्तमन अध्यक्ष राजु घिमिरे, दमक जेसीजका अध्यक्ष भीम चापागाई, धुलावारी जेसीजका अध्यक्ष, केशव पोखरेल, सताक्षीधाम जेसीजका अध्यक्ष दिनेश बाराकोटी, कमलनगर जेसीजका अध्यक्ष शेखर न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

सप्ताह अन्तरगत शाखाले शैक्षिक सामाग्री वितरण, तालिमहरुह सञ्चालन गरेको थियो । सप्ताहमा शैक्षिक सामाग्री वितरण कार्यक्रमको संयोजकहरु ओमकुमार राजवंशी, विद्यार्थी नेतृत्व विकास तालिमको ससंयोजक मनिका कार्की, प्राउड टु वि जेसीआईको संयोजक भेषकुमार भारती र समापन कायक्रमको संयोजक भानु आचार्य रहेका थिए । समापन समाराुेहका संयोजक भानु आचार्यले स्वागत गर्नु भएको कार्यक्रको सञ्चालन महासचिव विनिता कटुवालले गर्नु भएकोल थियो

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here