लिम्बु समुदायको महान चाड चासोक तङनाम दुधेमा भब्यताका साथ मनाइदै

0
424

शिबसताक्षी । नेपालीहरूको राष्ट्रिय पर्ब तथा लिम्बु समुदायको महान चाड चासोक तङनाम –नुवागी पुजा ) उधौली पर्ब २०७६ झापाको शिबसताक्षी ११ स्थीत दुधेमा पनि मनाइने भएको छ ।

आयोजक किराँत याक्थुम चुम्लुङ शिबसताक्षी नगर कमिटीले शनिबार झिलझिलेमा पत्रकार सम्मेलनको आयोजना गरि यहि मंशिर २५ र २६ गते धुमधामका साथ मनाइने कार्यक्रमको बारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलन गर्दै चासोक तङनाम २०७६का मुल आयोजक समितिका संयोजक नबिन इजमले चासोक तङनामलाई भब्य र सभ्य बनाउन सबैचरणको काम अन्तिम चरणमा समेत रहेको जनकारी गराएका छन । उनले बिगत बर्षह?मा याक्थुम नालिफङवा चुम्भो अन्तरगत बृहत चासोक तङनाम मनाइएको भएपनि हाल किराँत याक्थुम चुम्लुङ शिबसताक्षी नगरपालीकामा क्रियाशिल भएकोले नगर स्तरीय चासोक चाङनाम मनाइने भएको हो । उनले भने चासोक तङनामलाई बिस्तारै नगरिकरण गरिदै लगिने छ । पत्रकार सम्मेलनमा मुल आयोजक समितिका आर्थिक संयोजक शूर्यप्रसाद योङयाले यस बर्ष चासोक तङनामको लागी १२लाख ?पैया खर्चहूने बताएका छन । उक्त खर्च स्थानीय नगरबासी तथा देश बिदेशमा रहेका नेपालीह?बाट सहयोग आइरहेको जानकारी दिएका छन । हाल सम्म ५लाख ?पैया संकलन भइसकेको र अझै संकलनको क्रम जारी रहेको बताएका छन । त्यस्तै आयोजक संस्था किराँत याक्थुम चुम्लुङका अध्यक्ष बीरबल जबेगुले २१ वटा बिभिन्न उप समिति समेत गठन भएकोले कार्यक्रम भब्य ?पमासम्पन्न हुने बताएका छन ।

कार्यक्रम अन्तरगत मंसिर २५ गते बिहान ७ बजे देखि चासोक पुजा ,फेदङमा र सेवा साबाह?बाट सम्पन्न गरि शिबसताक्षीका नगरप्रमुख चन्द्रकुमार शेर्मा बाट कार्यक्रमको उद्याटन हने छ । त्यसैगरि लिम्बु जातीको मौलीक केलाङ नृत्य प्रतियोगिता हुने छ । जस्मा झापा ,मोरङ शुनसरी र इलामका बिभिन्न केलाङ टोलीह?ले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ । साथै उक्त दिनै मौलिक खाना ,मौलिक पोशाक , मौलिक सांस्कृतिक झल्किने भाँकीह? प्रस्तुत हुने बताइएको छ । भने २६ गतेका दिन संघिय सांसद एलपी साँवाको प्रमुख अतिथिमा कार्यक्रम समापन हुने अध्यक्ष जबेगु बताएका छन । कार्यक्रममा लिम्बु समुदायका बिशिष्ट ब्यत्तित्वह?, नगर उपप्रमुख , वडाध्यक्षह? बिभिन्न राजनितिक दलका नेतागण, बिभिन्न संघ संस्थाका प्रतितिनिधिह?को उपश्थिति रहने छ ।कार्यक्रमको आक्रषणको ?पमा राष्ट्रिय कलकारह? प्रमोद खरेल, गायक यादन शेर्मा र गंगा फ्याकले लिम्बुह?को मौलिक पालम गित प्रस्तुत गर्ने छन । कार्यक्रमको अन्तिम संघारमा लिम्बुजातीह?को मौलिक धाननाच, लिःतोङ धनुकाँड पःलुङ छेलो लगायतका खेलतमसा सहित मौलिक बाजागाजा र स्टलह? रहने चुम्लुङका सचिब प्रेम शेर्माले बताए छन । याक्थुम नालिफुङवा चुम्भोको सहकार्यमा शिबतिाक्षी ११ स्थीत दुधे रंगशालमो हुने कार्यक्रमको अवलोकन गर्न २० हजार दर्शकको सहभागिताहुने अनुमान गरेको आयोजकले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here