समुदायमा नजिक इस्टर्न लायन्स, डिजी सर्भिस सप्ताहकाे अन्तिम दिन बृद्व आश्रममा खाना

0
700

दमक / लायन्स क्लब अफ दमक इस्टर्न लायन्स र लियो क्लब अफ दमक इस्टर्न लायन्सले डिस्टिक गभर्नर सप्ताहकाे अन्तिम दिन जेष्ठ नागरीकलाइ खाना खुवाइ समापन गरेकाे छ।

लायन्स क्लब इन्टरन्यासनल डिस्टिक 325 A1 को डिसेम्बर १ देखि सुरू भएकाे डिस्टिक गभर्नर सप्ताहकाे साताै दिनकाे  कार्यक्रम अन्तरर्गत दमक ४ मा रहेकाे रत्न बृद्व आश्रममा रहेका ९ जना बृद्व सहित १३ जनालाइ  खाना खुवाएकाे छ ।क्लबका सदस्य द्वय बुद्दिसागर बराल र पंकज शाहकाे सहयाेगमा खाना खुवाइकाे  थियाे ।

सप्ताहकै अर्काे कार्यक्रम अन्तरगत   दमक इस्टर्न लायन्स र लियो क्लब अफ दमक इस्टर्न लायन्स बिच मैत्रि पुर्ण फुटसल भएकाे थियाे । एरीया काेअर्डिनेटर प्रहर क्षेत्रीकाे प्रमुख अातिथ्यमा भएकाे फुटसल खेलमा  लियो क्लब अफ दमक इस्टर्न लायन्स बिजयी भएकाे थियाे । जित सगै लियो क्लब अफ दमक इस्टर्न लायन्सले नगद ५ हजार प्राप्त गरे ।  खेलकाे उत्कृष्ट खेलाडी दमक इस्टर्न लायन्स का उज्वल श्रेष्ठ घाेषित भए उनले नगद १ हजार प्राप्त गरेका गरे । प्रतियाेगितामा पुरस्कारकाे प्रायाेजन  प्रमुख अतिथि एरीया काेअर्डिनेटर प्रहर क्षेत्री  गरेकाे  थिए ।

आइतबार बाट सुरूभएकाे साप्ताहिक कार्यक्रम डिजी सर्भिस सप्ताह २०१९ अन्तर्गत पहिलाे दिन आइतबार डिसेम्बर १ का दिन विश्व एच आइ भी एड्स दिवसकाे अवसरमा डा.अमृत कुमार पाेख्रलका सहयाेगमा दमकका चालिस जना  बिध्यार्थीहरूलाइ एच आइ भी एड्सका जस्ताे प्राणघातक रोगका बारेका जनचेतना मुलक कार्यक्रम गरीएकाे थियाे भने दाेस्राे साेमबार दमक चाैकमा रक्तदानकाे कार्यक्रम गरीएकाे थियाे त्यसै गरी मंगलबार अपाङ्ग दिवसकाे अवसरमा निशुल्क पिउने पानि बितरण गरीएकाे थियाे । चाैथाे दिन कमल गाउपालिका ६ स्थित नुतन एग्राे इण्ड्रटिजका ६७ जना मजदुरहरूकाे निशुल्क मधुमेह परिक्षण शिबिर सम्पन्न गर्नुका साथै पाचाै दिन दमक २ मा रहकाे हाम्राे बाल आश्रममा रहेमा ७ जना बाल बालिका हरूलाइ करिब १५ हजार मुल्य बराबर काे न्यानाे कपडा निशुल्क बितरण गरेकाे थियाे भने छैठाै दिन ५ मा रहेकाे धनेश्वर मन्दिर परीसरकाे सरसफाइ गरिएकाे थियाे ।

समापन कार्यक्रममा बाेल्दै लायन्स क्लब अफ दमक इस्टर्न लायन्सका अध्यक्ष तुलसीराम तिम्सिनाले   डिजी सर्भिस सप्ताह २०१९ भरी सहयाेग गर्ने सहयाेगी, क्लबका सदस्यलाइ धन्यावाद  दिदै  सात दिनकाे कार्यक्रममा   कुल ४९ हजार ६ सय दश रूपैया खर्च भएकाे जनकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here