दमकदेखि पञ्चमीसम्म पहिलोपटक ‘हाइकिङ्ग’, तयारी पुरा भएकाे जानकारी

0
491

दमक,२१ मंसीर / झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिकास्थित पञ्चमी, माङमालुङसम्म पहिलो पटक पदयात्रा हुने भएको छ ।

आन्तरिक तथा वाह्य पर्यटनको प्रवद्र्धनमा सघाँउ पुर्याउन उद्देश्यले होटल व्यवसायी संघ माईपश्चिम क्षेत्रीय समिति दमकले पदयात्राको आयोजना गर्न लागेको हो ।आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर पदयात्रा आयोजना गरिएको कार्यक्रम संयोजक दिपक फुयँलले जानकारी दिए । यहि मंसीर २५ र २६ गते हुने सो पदयात्रा २५ किलोमिटर लामो हुने छ ।

पदयात्राका बारेका जानकारी दिन शनिवार आयोजित पत्रकार भेटघाटमा उनले यात्रमा एक सय जना भन्दा बढि सहभागी अनुमान गरिएको बताए । पूर्वाधार विकासका दृष्टिकोणले दमकले गति लिए पनि पर्यटन प्रवद्र्धनका दृष्टिकोणले पछि परेकाले दमकलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पदयात्रा सफल हुने होटल व्यवसायी संघ दमकका अध्यक्ष राजन दंगालले बताए ।

पत्रकार भेटघाटमा होटल व्यवसायी संघ तथा पर्यटन वर्ष प्रदेश समितिका सदस्य रविन गौतमले पर्यटन वर्षका समयमा समेत दमकलाई लक्षित गरेर बिभिन्न कार्यक्रम गर्न सकिने बताए । सडक मार्गको विकास नभएका बेला मेची अञ्चलका पहाडी जिल्लालाई तराईसँग जोड्न उपयोग हुने बाटोलाई पदमार्गको रुपमा विकास गर्न गाउँपालिका समेत लागि परेको माङ्सेवुङ ६ का वडाध्यक्ष प्रदिप साम्पाङ्ले बताए ।

पद्यात्राको शुभारम्भ गर्न १ नम्बर प्रदेशका पर्यटन मन्त्री जगदीश प्रसाद कुसियत आउने कार्यक्रम रहेको जनाईएको छ

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here