चासोक तङनाम २०७६ धरमपुरमा पनि मनाइदै

0
325

दमक । लिम्बु जाती हरुको महान चाड उधौली पर्ब (चासोक तङनाम) २०७६ झापाको शिबसताक्षी १ स्थीत धरमपुरमा मनाइने भएको छ ।

यस अघि नगरको दधे स्थीत रंगशालामा समुहिक रुपमा मनाउदै आएको चासोक तङनाम यो बर्ष धरमपुरमा पनि छुटै मनाउन लागीएको आयोजकले शुक्रबार धरमपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । चासोक तङनाममा लिम्बु समुदायले बर्षभरी उब्जाएको अन्नबालीलाई घरमा भित्राएर उपभोग गर्नु पुर्ब न्वागी गर्ने प्रचलन रहि आएको छ । छुटा छुटै रहेको लिम्बु समुदायलाई एकिक्रित गरि आफ्नो संस्कार संस्कृति नयाँ पिडिलाई अवगत गराउनको लागी पनि चासोक तङनामलाई महत्वको साथ मनाउन थालिएको चासोक तङनाम मुल आयोजक समितिका संयोजक जयकुमारी चेम्जोङले बताउनुभयो ।

यस अघि ०७४ र ०७५मा दुधेमा नगर स्तरिय एकिक्रित चासोक तङनाम मनाएको भए पनि यो बर्ष भने छुटै मनाउन बाध्य भएको बताइएको छ । बिगतमा यस पर्बलाई सिमित एक स्थानमा मात्र नभई नगरका बिभिन्न स्थानमा पालैपालो मनाउने भद्र सहमति भए पनि सो कार्यनयन नभए पछि बाध्य भएर धरमपुरमा पनि मनाइने भएको आयोजकको दाबी छ । कार्यक्रम यहि मंसिर २५ र २६ गते २ दिन हुने छ भने कार्यक्रमको उद्याटन मानब शास्त्री तथा मुन्धुम खोज अनुसन्धान सोधकर्ता डिबी आङबुहाङले गर्ने कार्यक्रम रहेको सो पत्रकार सम्मेलनमा जनाइएको छ ।कार्यक्रममा खेल तमसा सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकरहरुको प्रस्तुति समेत रहने छ ।

किराँत याक्थुम चुम्लुङ, याक्थुम युवा समाज,फाक्ताङलुक केलाङ सयङ र किराँत साम्यो नालिपुङवा पोरक पान्जुम्भो को सहकार्यमा हुने कार्यक्रम चासोक तङनाम मुल आयोजक शिबसताक्षीको आयोजनामा हुने भएको हो । कार्यक्रम सम्पन्न गर्न ५ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ भने हाल सम्म २ लाख रुपैया संकलन भई सकेको आर्थिक संयोजक चेतन चेम्जोङले जानकारी दिनुभएको छ । धरमपुर स्थीत फुलबारी रंगशनामा हुने कार्यक्रममा किराँत मौलिक खेलहरु पःलुङ,(छेलो) लि तोड(धनु काँड) तथा केलाङ (च्याब्रुङ नाच)प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here